भैरहवा । रुपन्देहीको गैडहवामा वडाध्यक्षमाथि चप्पल प्रहार भएको छ । सिफारिसका लागि वडाध्यक्षले १ लाख लिएर काम नगरेको भन्दै स्थानीय महिलाले कार्यालयमै गई चप्पल प्रहार गरेकी हुन् ।
काम पनि नगरेको भन्दै पैसा फिर्ता माग्दा राजकुमारी तेली र वडा नम्बर ७ का वडाध्यक्ष लाल बहादुर केवट बिच भनाभन भएको थियो । जुन भिडियो सामाजिक सञलमा बाहिरिएको छ । केवट जनमत पार्टीबाट निर्वाचित वडा वडाध्यक्ष केवट हुन । उनले पैसा नलिएको दाबी गरेपनि महिलाले पैसा दिएको आरोप उनीमाथि लगाएकी छन् ।
जग्गा सम्बन्धि सिफारिसमा ३ भाई रहेकोमा जग्गा २ भाईलाई मात्रै दिएकोमा त्यसैको दाबीका लागि वडा कार्यालय सिफारिसका लागि पुगेकी थिइन् । वडाध्यक्षले कानुन सम्मत रुपमा आफुले काम गरेको बताएका छन् । यो शुक्रबारको घटना हो ।
रघुनाथ तेलीको ३ भाई छोरा छन् । जेठो छोराले शेष बकसपत्रको दाखा नामसारीको सिफारिस, चौकिल्ला प्रमाणितका लागि ७ महिना पहिला निवेदन दिएका थिए । सो बमोजिम वडाले प्रशासन सर्जमिनका लागि फिल्डमा जादा अर्का भाई जवाहिरलाल प्रसाद तेलीको छोरा र श्रीमतिले मेरो पनि अंश हुनु पर्छ भनेपछि वडाको टोली फर्केको थियो ।
अर्को पक्ष राजकुमारीले सिफारिस दिने भए तिनै भाईलाई दिनुपर्ने नभए नदिने भन्दै सिफारिस रोक्काको लागि निवदेन दिएको थियो । पछि मेलमिलापबाट पटक पटक छलफलको प्रयास भयो, छलफलमा अदालतले २ भाईलाई शेष बकस पत्र गरेको फैसला गरेको प्रमाण भएको पाइएकोले नियमसंगत अदालतको फैसलाको आधारमा वडाले २ भाईलाई प्रमाणहरु दिन लाग्दा म माथि विभिन्न किसिमको आरोप लगाएको वडाध्यक्ष केवटले बताए ।
कुनै पक्षबाट केही नलिएको वडाध्यक्षको दावी छ । आवेशमा आई वडा कार्यालयमा ताला लगाई राजकुमारी तेली र छोरा व्रिजेशले कुटपिट र अभद्र व्यवहार गरेको केवटले बताए । अभद्र व्यवहार गरेकोले म न्यायको लागि कानुनी प्रक्रियामा गएको र कारवाहीको माग गरेको बताए ।
यता छोरा व्रिजेशले सिफारिस दिने भन्दै वडाध्यक्ष केवटले खर्चपानीको लागि केही रकम माग गरेको बताए । फोनमा डिल भयो, पैसा दिएको भिडियो पनि गरेका छौ जस्मा वडाध्यक्षको आवाज पनि प्रष्ट रहेको छोरा व्रिजेशको दाबी छ । पैसा पाए मात्रै काम गर्ने भनेकोले बेला बेलामा टर्चर समेत गरेकोले १–२ लाख दिएर जग्गा पाइन्छ भन्ने मनशायले लोभको कारण पैसा दिएको बताए । हाम्रो पैसा पाएपछि हाम्रै तर्फबाट रहेपनि पछि ४ महिना पछि अर्को पक्षसँग मिलेको उनको आरोप छ ।
सिफारिस अर्को पक्षलाई गएपछि पैसा लिनका लागि राजकुमारी वडाध्यक्षको घर जदा वडाध्यक्ष केवटले यहाँ नभई वडा कार्यालय बोलाएका थिए । एक हप्ता देखि पैसा फिर्ताको लागि पहल गरेको र शुक्रबार वडा कार्यालयमा काम नभएकोले पैसा फिर्ता दिनका लागि कार्यालय बाहिर बोलाई आग्रह गर्दा समेत प्रमाण के छ भनि नकारेका थिए ।
महिलाले आफ्नै हातबाट पैसा दिएपनि वडाध्यक्षले नलिएको बताउदै आएका छन । पैसा दिएको प्रमाण के छ, जे गर्न छ गरे हुन्छ भनेपछि महिलाले आक्रोश पोख्दा वडाध्यक्षले धकेले पछि महिलाले पनि चप्पल निकालेर हानेको तेलीका छोरा व्रिजेशले बताए ।




