काशीनाथ गौतम
स्थान : साँगुरो कोठा
समय: रातिको १० बजे
हो आज म तिमीलाई यो कोलाहल सहरको बिचमा रहेको एउटा ठुलो महलको साँगुरो कोठा बाट तिमीलाई एक आग्रह भएर लेखि रहेको छु ।
हुन सक्छ यो समयमा तिमी कसैको सपनाको निद्रामा सुति रहेकी छौ । तर पनि समय सँगैको परिवर्तनले मलाई भने कता कता यो रातको समयमा पनि तिम्रो भावनामा डुबाई रहेको छ ।
कुनै बेला त्यो आफ्नो सानो खरले छाएको झुुपुडीमा सुत्दा जसरी आनन्द आउँथ्यो तर आज त्यो भने पाउन सको छैन । जुन सपना बोकेर आफ्नो घरबाट बाहिरिएको थिए । हो त्यो पनि घर छाडेको छ , सात वर्ष पुरा भएछ । जुन बेला आफ्नो घर, नाता गोता, इष्ट मित्रलाई छोडेर सुन्दर भविष्य बनाउने उद्देश्यले सहर छिरेको थिए ।
हो त्यस बेला आफूलाई सहरिया भनैदाहरुले पहाडिया पाखे, बोल्न नजान्ने भनेर भन्दा कता कता मन दुख्थ्यो साँच्चै कोही जन्मने समय देखिनै बोल्न जानेको हुन्छ र आखिर मान्छे त्यस परिवेशमा बसिसके पछि मात्र त्यहाँको रहन सहन बुझिन्छ तर त्यो सोचिँदो रहेनछ ।
समयले बिस्तारै कोल्टे फेदे केही पर धकलेको छ । कहीँ कतै कर्तव्य बोध भएको अनुभूति भएको छ हुन सक्छ यो सबै उमेरको प्रभाव, समयको आवश्यकता त्यसैले होला मलाई पनि बिस्तारै किशोर अवस्था पार गरेर यौन अवस्था तिर धकलेको छ ।बिस्तारै विपरीत लिङ्गतिर आकर्षण बढ्न थालेको छ ।
तिमीलाई लाग्न सक्छ कस्तो बिग्रेको केटा भनेर तर तिमीमा पनि यस्तो हुन सक्छ यो जवानी उमेर हो । यो मात्र नभएर हाम्रो सदियौ देखी चलिएको परम्परा हो हुन त हामीले यसलाई तोडेर पनि तोड्न सकिँदैन ताकी यो मानिसको एउटा नभई नहुने चिज हो ।
हो आज भोली माया गर्ने नाममा विकृति विसङ्गति मौलाएका छन् हो माया गर्ने नाममा सामूहिक बलात्कार भएका छन् । त्यति मात्र नभएर आज भोली तिमी आफ्नै अभिभावक बाट असुरक्षित बन्दै आएकी छौँ ।
लाग्न सक्छ तिमीलाई आफू जताततैबाट असुरक्षित भान भएको छ । तर आज म त्यही पुरुषले तिमीलाई एउटा सन्देश लेखेको छु। यो सन्देश पढ्दैमा मलाई अपराधी नठानी दिनु यो त केबल सचेत मात्र तुल्याएको छु ।
त्यति भन्दैमा तिमी यो विषयबाट भने टाढा जान पाउँदिनौ । यसमा पनि तिमी भित्र केही गल्ती हुने गरेका छन् हुन त तिम्रा न्यायको लागि लड्ने निकायहरू धेरै छन् जसले महिलाले नै गल्ती गरे पनि धेरै पुरुष महिलाबाट अन्याय सहन बाध्य भएका छन् ।
यसको कारण पुरुष लागी त्यस्तो सङ्गठन निर्माण भएका छैन जसले खुलेर आफ्नो कुरा राख्न नसकेको अवस्था हो । तर यति भन्दैमा ती गल्तीबाट टाढा हुन खोजेको हैन । तिम्रो शारीरिक परिवर्तन सँगै तिमीलाई हेर्ने दृष्टिकोण फरक फरक हुने गरेको छ ।
आज भोली तिमी सडकमा हिँड्दा तिम्रो सौन्दर्य माथि आँखा लगाउने सानो बच्चा होस त वृद्धा जोसुकै मोहित हुने गर्छन् हो ती नै पुरुषले तिमीलाई स्वतन्त्र हुन दिइरहेका छैन हो तिमीलाई हरेक तह तप्कामा गलत दृष्टिकोणले हेरिएको छ ।
यस्तै कारणले यो समाज महिला र पुरुष बिच धेरै असमान ता रही आएको छ । भन्न त भनिन्छ महिला र पुरुष दुई रथका पाङ्ग्रा एउटा नभए अर्कोको कुनै अस्तित्व नै छैन तर पनि यो समाज तिमीलाई यौनको नाममा तिमीलाई बिक्री गरिरहेको छ । यो समाज तिमीलाई ढाल बनाएको छ । विवाह गरिसके पछि पनि विभिन्न बाहानमा यातना दिएको छ ।
ज्युँदै जलाइएको छ । घर निकाला गरिएको छ । यस्ता यावत अन्याय सहन बाध्य भएकी छौ । त्यसमा पनि कथित ठुला जात भन्नेहरूले आफूलाई इमानदारता देखाउन खेज्छन आफूलाई ढाक छोप गर्ने कोसिस गर्ने गर्छन् । मैले यति धेरै लेख्नुको पछाडि धेरै कुरा रहेको छ ।
हुन सक्छ तिमीमा पनि धेरै इच्छा, राम्रो बन्ने चाहाना राम्रो तामझाम सँग विवाह गर्ने रहर हुन सक्छ । तिम्रो घर परिवारले धनी व्यक्तिलाई विवाह गर्ने सोच हुन सक्छ । तर आज म त्यो पक्षमा छैन मेरो आफ्नै कारण छन् मैले तिमीलाई पहिले नै जनाई सकेको छु कि म एउटा बिकट गाउँको खरले छाएको सानो झुपडी त्यसमा पनि अभावै अभावको जिन्दगी बिताई रहेको छु ।
तर पनि यो समयले मागे अनुसार आज म तिमीलाई कुनै विवाहको निम्ति ठुलो भोजभतेर गर्ने छैन र मेरो त्यो हैसियत पनि छैन । तिमी त्यो कोलाहल सहरको ठुलो महलमा बसेको छोरी तिमी ती दूर दराजको व्यक्ती सँग विवाह गर्नु पर्ने कारण त छैन । तर पनि मैले यहाँ देखिएको तमाम विकृतिलाई हटाउनको निम्ति तिम्रो आवश्यकता छ भनेर नै तिमी सँग विवाहको निम्ति आग्रह गरेको हुँ ।
हो यो समाज धनी र गरिबको बिच ठुलो खाडल रहेको छ । सो खाडललाई पुर्नको निम्ति पनि तिम्रो आवश्यकता छ भने अर्को तर्फ यो समाजमा जातको नाममा बढाइएको छ जसले गर्दा यी यावत कुराहरूलाई समानतामा ल्याउनको लागी सर्वप्रथम तिम्रो मेरो बिचमा सम्बन्ध हुनु पर्ने देखिन्छ ।
तर मैले चाहँदैमा ती सबै कुरा पुरा हुन सक्दैनन् तर पनि भनिन्छ थोपा थोपा मिली सागर बन्छ भने जस्तै आज ती हामी बिचबाट थालनी गर्नु पर्ने देखिन्छ । अर्को पक्ष तिमीलाई लिन आउँदा कुनै बाजा बजाउने छैन, जन्ती ल्याउने छैन हो त्यसमा पनि गहनाको कुरै नगरौँ किनकि त्यो मेरो धेरै टाढाको विषय हो । हो यो बिचमा तिमीलाई नराम्रो लाग्न सक्छ ।
तिमीलाई लिन आउँदा केबल तिमी मात्र आए पुग्छ । हुन सक्छ तिम्रो घरमा सुनै सुनको भण्डार पैसै पैसाको खात तर त्यो छ भन्दैमा मेरो लागी केबल तिमी भए पुग्छ मलाई तिम्रो पछाडि केही चाहिदैन् जे छ त्यो सानो झुपडीमा रहेको छ जे छैन त्यो अवश्य तिमी र म मिलेर एक दिन अवश्य ल्याउने छौ हो त्यही झुपुडिनै मेरो लागी प्यारो बन्ने छ , कोलाहल सहरको गगन चुम्बी भवनले मलाई आकर्षण गर्ने छैन र तराईको मसिनो चामलले आकर्षण गर्ने छैन मलाई त्यही झुपडी तलको पाटोमा फलेको मकै कादो भएका पुग्छ जलाई मैले मसिनो चामल सरह सम्झने छु ।
तिमीलाई हरेक तह तप्कामा तिमीलाई सन्तुष्टि गर्ने छु ।हो तिमीलाई पालन पोषणको लागी कुनै विदेशी भूमिको गुलाम बन्ने छैन । हुनसक्छ तिमीलाई सहरबाट आउँदा अफ्टार्यो लाग्न सक्छ । यी सबै बिस्तारै परिवर्तन हुने छन् ।
हो तिम्रो सहरमा भेसभुसा फरक छ तिमी सहरमा मिस्कट लगाएर हिड्छौं भने हाम्रो समाजमा गुनियो चोली लगाउने गरेका छन् जब तिमी गुनियो चोलीमा सजिने छौँ तब तिमीमा गाउँले परिवेश आउँने छ । तब यो समाजले तिमीलाई एउटा सच्चा नेपाली नारी भनेर चिन्ने छ । सहरमा तिम्रो साधन थियो भने यहाँ आफ्नै खुटले उकाली ओराली गर्नु पर्ने छ । हो यहाँ धेरै अफ्टार्यो छ अभावे अभाव छ तब पनि तिमी र म मिलेर छुटै संसार निर्माण गर्नु छ त्यसैले यहाँ तिमी आए पुग्छ अरू चाहिँदैन ।




