२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भाँडभैलो

भाँडभैलो

भाँडभैलो

भाँडभैलो

भाँडभैलो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • नेपालको राजनीतिक रंग मञ्चमा

    झपेन्द्र जिसी
    परिचय 
    पार्टीगत रुपमा यो पंक्तिकार बासी मान्छे हो । यसो भए पनि अहिलेको राजनीतिक गतिविधिलाई हेर्दा सन्तोष गर्ने ठाउँ कसैलाई पनि छैन । सत्ताधारी रास्वपा पार्टीको झण्डै दुई तिहाइको सरकार पनि सन्तोष छैन भन्ने अनुभूत हुन्छ । साँचो हो के ? अवस्था छ ! सरोकारवालाले जान्ने बुझ्ने कुरा हो । यता प्रतिपक्ष नेकपा सबै घटक पार्टी पनि सन्तुष्ट छैनन् भन्ने प्रष्टै देखिन्छ । आफूलाई सबैभन्दा जेठो पार्टी र जेठो प्रजातान्त्रिक पार्टी भनी दाबी गर्ने नेपाली कांग्रेसमा झन् भाँडभैलो छ । जेनजी विद्रोहपछि युवाको नामबाट गठित गगन थापा एण्ड विश्व प्रकाश समूहले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व गठन ग¥यो र घोषणा ग¥यो । कांग्रेस बदलियो । बदल्यौं अब देश बदल्छौं भन्ने उद्घोष त ग¥यो, तर चौधौं महाधिवेशनका सभापति शेरबहादुर देउवाले पन्ध्रौं महाधिवेशन  वडादेखि  अधिवेशन गर्दैछन् र मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी सार्वजनिक गरेका छन् । त्यसो त गगन थापा नेतृत्व कांग्रेसले पनि पन्ध्रौं महाधिवेशन  असोजको तेस्रो हप्ताभित्रै केन्द्रीय महाधिवेशन गर्ने तयारी भएको सार्वजनिक गरिसकेको छ । 


    यसैबिचमा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई रात विखयमा प्रहरीले गिरफ्तार गरेको र भोलिपल्ट दिउँसो रिहा गरी परिवारको जिम्मा लगाएको छ । स्मरणीय छ यो सरकार बनेकै राति पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरी झण्डै एक महिना पछि विनाशर्त रिहा ग¥यो ।  यो पनि स्मरणीय छ । सुर्खेततिर नेकपा एमालेको संगठन निर्माण गर्न गएका पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उतै गिरफ्तार गरी रातारात काठमाडु लगी थुनामा राखियो र विनाशर्त रिहा गरियो । किन गिरफ्तार भए उपर्युक्त नेताहरु र किन रिहा गरिए ? सरकारले पूर्वाग्रह सोध वा आफ्नो झण्डै दुई तिहाइको दम्भ प्रदर्शन ग¥यो भन्न यो कलमकारलाई डर लाग्छ एकातिर भने अर्काेतर्फ भन्न खाँचो पनि छैन । 


    मूल पाठ– सरकार भनेको राज्य होे । राज्य भनेको सबैको साझा हो र हुनु पर्छ । सरकारले पुराना पार्टीहरु विपक्षीहरुलाई पनि साथमा लिएर अघि बढ्न सक्नुपर्छ, किनकि यो उसको कर्तव्य र सरकार सञ्चालन गर्ने कलाशैलीभित्र पर्दछ । त्यो कलाशैली कहिले प्रस्तुत हुने हो यो भने भविष्यले बताउँला । 


    अर्काेतर्फ जेनजी विद्रोह किन भयो ? यो विद्रोह पछि निर्वाचन प्रक्रियाबाट गठित यो सरकारले जेनजी विद्रोहको मूल्यांकन गरी यथार्थ प्रतिवेदन सार्वजनिक गर्नुपर्ने हो । त्यो पनि गरेको छैन । ७५÷७६ जना स्कूले विद्यार्थीहरु मारिए भन्ने सुनियो । मार्ने को हो ? कसले आदेश गरेको हो ? के तत्कालीन सरकारको हात थियो त ? थियो भनेर तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई त यो सरकारले सिंहदरबारमा प्रवेश नगर्दै गिरफ्तार गरी अनुसन्धान छानविन गरेकै हो । खोइ त सरकारले के कुरा तथ्य सत्य कुरा पत्ता लगाएर सार्वजनिक गरेको ? त्यो गरेको पाइएन । जेनजी विद्रोहको नेतृत्व गर्ने ? स्वदेशी कोको हुन् र विदेशी को को हुन् ?
    जेनजी विद्रोहमा टीओबी बन्दीधारी भुसतिघ्रे को–को हुन् ? सुधन गुरुङ भन्ने मान्छेले विद्रोहमा संलग्न मानिसलाई मिनरल वाटर हातहातमै दिएर सघायो भन्ने मिडियाले लेखे ? टेलिभिजनमा पनि देखियो । को थियो त्यो सुधन गुरुङ ? उसलाई यो सरकारले किन छानविनको कानूनी दायरामा ल्याउन चाहने वा सकेन, जनता जान्न चाहान्छन्  । चाहेर कहाँ पाउने कहिले पाउने ? चोलेन्द्र शमशेर राणाले केपी शर्मा ओलीलाई भेटेकै कारण गिरफ्तार गरिएको भन्ने मिडिया सार्वजनिक छ । भेटघाट गर्नै नहुने हो र ? त्यस्तो त नहुनु पर्ने हो ? ओली र चोलेन्द्र सम्मानित नेपाली नागरिक हुन् । मन नपर्न सक्छ कसैलाई । ओली र चोलेन्द्र अपराधी त होइनन् । हुन भने त ठिंगुरीमा जाक्नुपर्छ ।


    अन्त्यमा सारतः अहिले जोगीदेखि भैंसी डराउने र भैंसीदेखि जोगी डराउने भए जस्तो छ । अहिले सत्ता पक्ष र विपक्षका बीचमा सुमधुर सम्बन्ध छैन । भोटेकोशीमा बाढी आई रसुवा, नुवाकोट, धादिङ, गोरखा आदिमा जनधनको अपूरणीय खति भयो । त्यो बेला उदार राहतका लागि विपक्षीहरुले आफूलाई विपक्ष नठानी आफू केवल नागरिक मात्र भएको सम्झेर प्रधानमन्त्री राहत कोषमा पार्टीहरुकै तर्फबाट समेत आर्थिक संकलन गरी डिपोजिट गरे । सहयोग गरे । यो उनीहरुको मानवी कर्तव्य थियो । कर्तव्य पूरा गरे, धन्यवाद दिनुपर्छ ।


    तर सरकारले अझै पनि समन्वय, सहकार्य र सद्भावको व्यवहार प्रकट गर्न तयार छैन भन्ने गुनासो सुनिन्छ । यस्तो गुनासाहरु सुन्न नपरे हुन्थ्यो भन्ने लागेको छ । 


    एक पटक निर्वाचनमा दिग्विजय गरी सत्तासीन हुनु  अद्यावधिक निर्वाचनको कुरा हो, दीर्घ अवधिका लागि होइन । किनकि ५÷५ वर्षे अद्यावधिक निर्वाचन त हुन्छ नै । हाम्रो संविधानमा यही प्रवाधान छ ।
    अर्काे स्मरण गरौं, कहिल्यै सूर्यास्त नहुने देश ग्रेट व्रिटेन हो भनी दाबी गर्ने दम्भ त थियो नै, तर त्यही देश अहिले चाउरी परेको छ । अझ  थप सुनिंदैछ ग्रेटब्रिटेन चार टुक्रा हुँदैछ र यस्तो नहोस ग्रेट व्रिटेन र अरु कसैलाई पनि शुभकामना ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij