झपेन्द्र जिसी
परिचय
स्वर्ग, नर्क, धर्म, ईश्वर आदिबारे दार्शनिकहरु, चिन्तक र साधकहरुले मानव समाजलाई सही मार्ग प्रदर्शन गर्न आफ्ना दृष्टिकोण अवधारणा ज्यानको बाजी लगाएर प्रस्तुत गरेका छन् । ती समस्त दार्शनिकहरुको अवधारणालाई मानवले कसरी लागू गर्छन् त्यसले वर्तमान र भविष्यको मार्ग प्रशस्त गर्दछ ।
मूल पाठ
शुकरात (सोक्रेटिस) यिनी युनानी दार्शनिक हुन् । उनको जन्म इ.पू. ३५०–४०० मा एथेन्समा भएको मानिन्छ । अहिले युनान र एथेन्स इटलीमा पर्दछन् । उनको मान्यता थियो–ईश्वर केवल शोषणको नाम हो । ईश्वरको विरोध गरेको नाममा उनलाई माफी माग्न त लगाए तर माफी मागेनन् । र उनलाई विषको प्याला दिए । उनले सार्वजनिक रुपमै विष पिएर आफ्नो आत्महत्या गरे । यिनलाई विश्वले प्रथम दार्शनिक शहीद मान्दछ ।
कार्लमाक्र्स र एंगेल्स ईश्वरको जन्ममा गहिरो षड्यन्त्र साजिश छ । जर्मन दार्शनिक विश्व कम्युनिष्ट घोषणा पत्रको लेखक सम्पादन माक्र्स र एंगेल्स मिलेर गरेका हुन् । विश्व समाजमा राजनीतिमा दर्शनमा समेत युगान्तकारी परिवर्तन ल्याउन सक्षम कार्लमाक्र्स विश्वभरिका सम्पूर्ण श्रमजीवी जनता एक होऔं उनकै नारा हो । श्रमजीवी उत्पादक वर्गलाई उत्पादनका साधनहरु (जमिन, पूँजी र प्रविधि)को स्वामित्व स्थापित गरी समाजवादको स्थापना गर्नु उनको मूलभूत उद्देश्य हो ।
खगोल शास्त्री (वैज्ञानिक) स्टेफन हकिङ
यो पूरा विश्वमा यदि कसैले ईश्वर वा भगवान (गड) छ भनी प्रमाणित गर्दछ भने म आफ्नो आत्म (शरीर) र मेरो सम्पूर्ण श्रीसम्पत्ति उसलाई दिन तयार छु ।
जवाहारलाल नेहरु–ईश्वर अज्ञानताको प्रतीक हो वा ईश्वरको जन्म नै अज्ञानताबाट भएको हो ।
भगतसिंह–यो देश (भारतमा) कोही नौ जवान ईश्वरवादी छ भने मेरो नजरमा ऊ नालायक हो ।
माथि हेरिसक्नु भयो दार्शनिकहरु चिन्तकहरु समाजशास्त्रीहरु र सामाजिक रुपान्तरणकारीहरुले के भनेर किन भने ? सनातनी मान्यताकाविरुद्ध जान कसैलाई रहर थिएन । यहीनेर भन्नै पर्छ वैज्ञानिक ग्यालिलियोले बनाएको टेलिस्कोपबाट आकाशीय पिण्डहरुको अध्ययन गर्दा इटलीका वैज्ञानिक जदानो ब्रुनोले पृथ्वीले सूर्यको परिक्रममा गरेको देखेर घोषणा गरे । पृथ्वीले सूर्यको परिक्रमा गर्छ । पादरीहरुले यो धर्म विरोधी रहेछ । लौ ज्यानको माया छ भने पृथ्वीलाई सूर्यले परिक्रमा गर्छ भन भनेर आदेश दिए ।
वैज्ञानिक ब्रुनोले निर्भिकताका साथ भने पृथ्वी सूर्यको ग्रह हो र पृथ्वीको बाबुआमा भनेको सूर्य नै हो भनेर अड्डी लिए । आक्रोशित पादरीहरुले वैज्ञानिक ब्रुनोको जिब्रोे काटिदिए । अनि विचित्रको चुच्चे टोपीमा यो धर्म विरोधी अपराधी हो भन्ने लेखेर रोम–शहरभरि घुमाएर र्हुहुति बलेको आगोमा हालेर जलाएर मारे । यिनलाई विश्वकै प्रथम वैज्ञानिक शहीद मानिन्छ ।
अब फैसला गरौं त ! सत्य कुरा गर्ने बु्रनो र हत्यारा पादरी मध्ये को ठीक ?
इ.पू. ५६३ मा लुम्बिनीमा शुद्धोदन र महा मायादेवीको पुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतमले उद्घोष गरे– ‘कहीं ईश्वर छैन ।’
सिद्धार्थ गौतमको वाद वा सिद्धान्तलाई बौद्ध दर्शन र धर्म भनेर लोकले भन्ने गर्दछन् । लोकले सम्मानसूचक शब्दका रुपमा सम्बोधन गर्दा बुद्धलाई भगवान पनि भन्ने गर्दछन्् । बौद्ध धर्म होइन किनकि स्वयं बुद्धले आफू देवता वा ईश्वर नभएको आफ्ना भिक्षुहरुलाई भनेका छन् । मलाई न्वारनमा सिद्धार्थ भनियो । अब त म बुद्ध भएँ । बुद्धको अर्थ हो संसारको प्राकृतिक नियम र सामाजिकलाई बुझेको । लुम्बिनी वा सारनाथमा वा अन्यत्र बुद्ध विहार, चैत्यमा जाँदा फूलप्रसाद नैवेद, फलफूल केही लैजान पर्दैन । बुद्धको मत भनेको चारआर्य सत्य हुन् । संसारमा दुःख छ, दुःखको कारण छ, दुःखबाट मुक्त हुने उपाय पनि छन् । त्यो उपाय भनेको अष्टाङ्गिक मार्ग हो । संयक् दृष्टि, संयक् ध्यान, संयक् समाधि, संयक् व्यायाम, संयक् कर्म, संयक् संकल्प र संयक् स्मृति, संयक् वचन नै हुन् । दुःखलाई हटाउने यी आठ उपाय हुन् ।
बुद्धको धर्म भनौं वा मत भनौं आज संसारका प्रयाशः हरेक देशमा फैलिएको छ र फैलिंदैछ । चीन, चीनको स्वशासित क्षेत्र तिब्बत, जापान, श्रीलंका, लाओस, कम्बोडिया, भुटान, भियतनाम जस्ता देशहरुमा व्यापकता पाएको छ । तर नेपाल भारत आदिमा भने बुद्ध मतले औसत स्थान मात्र पाएको छ ।
दुःखद पक्ष यो हो कि नेपालमा जुन नेपालमा बुद्धको जन्म भयो त्यही देशमा बुद्ध मतले कम स्थान पाएको छ । सिन्धु मत अर्थात् हिन्दु मतले शासन गरेको छ । हिन्दु मत वा धर्मले जातजातिका बिचमा छुवाछुत तथा जातीय विभाजन गरेको छ, त्यही देशमा विभाजनकारी हिन्दु मतलाई आफ्नो मत परम्परा वा धर्म भन्ने कुराले राज गरेको छ ।
हुन पनि हो नदेखेको नभोगेको काल्पनिक ईश्वरमा विश्वास गरेर कोही हिन्दु, कोही इसाई, कोही हिन्दु, कोही पादरी, पुरोहित भएका छन् । धर्मका व्याख्यता भएका छन् । श्रमजीवी जनता शोषण दमनमा परेका छन् । मानिसहरुका बिचमा पनि उच्च जात निच जात भनिएको छ । कस्तो दुःखद पक्ष हो । पुरोहित समूहको दान दक्षिण संकलन गर्ने माध्यम ब्राह्मणिक हिन्दु धर्म बनेको छ ।
अन्त्यमा सत्यको खोजीमा नागरिक अधिकार प्राप्ति र राणा जहानियाँ शासनको विरुद्धमा बोले बापत राणा शासकहरुले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गिरफ्तार गरी कठघरामा उभ्याए । माफी माग्न हुकुम दिए तर सुपतहरुले माफी मागेनन् । हत्या गर्ने फैसला सुनाए । अन्तिम पटक झुण्ड्याउने फाँसी दिने बेलामा पनि माफी माग्न हत्यारो नर शमशेरले हुकुम दिंदा ठाडै इन्कार गरे ।
अन्ततः शुक्रराजलाई रुखमा झुण्ड्याएर वि.सं. १९९७ साल माघ १० गते फाँसी दिए । धर्मभक्त माथिमालाई सोही वर्ष माघ १३ गते फाँसी दिए । गंगालाल र दशरथ चन्दलाई सोही वर्ष माघ १५ गते गोली ठोकेर हत्या गरे । सपुतहरु डराएनन् । ज्यानको बाजी लगाए यसरी देशमा २००७ साल मा प्रजातन्त्रको ढोका खोलिएको इतिहास छ । तर सपुतुहरुको व्यापक चर्चा भएको छैन हुन बाँकी छ ।
प्रथम दार्शनिक शहीद शुकरात, प्रथम वैज्ञानिक शहीद जदानो ब्रुनोप्रति हामी धेरै ऋणी छौं । लुम्बिनीमा जन्मेका बुद्ध र बौद्ध दर्शन नेपालबाट लेखिट्दा हामी दुःखी हुने कि नहुने ? सिन्धु धर्म वा हिन्दु धर्म जसलाई ब्राह्मिक धर्म पनि भनिन्छ । यसले नेपाली जातजातिलाई उचनिच बनाएर समाजमा विभाजनको रेखा कोरेको उसैलाई सनातन धर्म भन्छौं । के यो साँचो हो ।




