२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बजार अनुगमनमा पालिकाको प्राथमिकता

बजार अनुगमनमा पालिकाको प्राथमिकता

बजार अनुगमनमा पालिकाको प्राथमिकता

बजार अनुगमनमा पालिकाको प्राथमिकता

बजार अनुगमनमा पालिकाको प्राथमिकता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • बुटवलमा गुणस्तरहीन दूध बिक्री भएको पाइएको छ । उप–महानगरपालिकाको विभिन्न ठाउँबाट १० वटा नमूना संकलन गरेको मध्ये अधिकांश नमूना न्यूनतम मापदण्ड पालना नगरेको पाइएको छ । सरकारले भैंसीको दूधमा न्यूनतम फ्याट ५ प्रतिशत र एसएनएफ ८ प्रतिशत, गाईको दूधमा ३.५ प्रतिशत फ्याट र एसएनएफ ७ प्रतिशत तथा मिक्स दूधमा ३.५ प्रतिशत फ्याट र एसएनएफको मात्रा ८ प्रतिशत तोकेको छ । तर बुटवलको बजारमा १.८ प्रतिशत फ्याट भएको दूध बिक्री वितरण भएको प्रयोगशाला परीक्षणबाट थाहा लागेको छ ।


     खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीलाई लिएर उपमहानगरपालिकाको टोलीले अनुगमन गर्दा दूधमा अत्याधिक पानी मिसाएर बेच्ने गरेको पाएको थियो । त्यसमध्ये १० वटा नमूना संकलन गरी भैरहवा प्रयोगशालामा पठाएकोमा अधिकांशमा गुणस्तर कमजोर पाइएको हो । बुटवलमा केही पहिले मासु पसलमा अनुगमन गर्दा मासु पसलमा गुणस्तर नभएको मासु बेचको पाइएको थियो । खसी र बोका भन्दै बाख्राको मासु बेचेको, धेरै महिनासम्म खसी बोकाको खुट्टा फ्रिजमा राख्दै आएको र उपभोक्तालाई बेचेको तथा सरसफाइमा ध्यान नदिएको पाइएको थियो । बजारमा सबैतिर समस्या देखिन्छ । तौलमा उपभोक्तालाई ठग्ने प्रवृत्ति नियन्त्रण हुन सकेको छैन । गुणस्तरहिन समानको बिगबिगी छ । व्यापारीको कमाउ धन्दाको जालोमा उपभोक्ता पर्दै आएका छन् । बजारलाई अनुशासित र मर्यादित बनाउन गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर कार्यालयलगायतका विभिन्न कार्यालय छन् । ती कार्यालयमा पर्याप्त जनशक्तिको अभाव छँदैछ, जति जनशक्ति छ, त्यस अनुसारको काम प्रभावकारी हुन सकेको छैन । पालिकाभित्रको अनुगमनको जिम्मेवारी उप–प्रमुख वा उपाध्यक्षको संयोजकत्वमा हुने संवैधानिक प्रबन्ध छ । पालिकाभित्रको बजार अनुगमन प्रभावकारी बनाउन स्थानीय नेतृत्वलाई अधिकार दिइएको हो । बुटवलमा बेलाबखत अनुगमन भए पनि धेरै पालिकाले बजार अनुगमन गर्न चासो दिएका छैनन् । अनुगमनको काम उनीहरुको प्राथमिकतामा पर्दैन् । 


    बजारमा अखाद्य बस्तुको बिगबिगी बढिरहेको र ती बस्तुको प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको विभिन्न अध्ययनले देखाएका छन् । नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयप्रति गम्भीर नहुनु कमजोरी हो । अधिकारको सही प्रयोग र क्रियाशिलताले पालिका सरकारप्रति नागरिकको अपनत्व जगाउँछ । बुटवलले अनुगमनलाई अझ तीब्र बनाउन जति आवश्यक छ, अरु पालिकाले बजार अनुगमनलाई बेवास्ता होइन्, प्राथमिकताका साथ अघि बढाउन ढिलाइ गर्न हुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij