२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चाडपर्व लक्षित सुरक्षा योजना

चाडपर्व लक्षित सुरक्षा योजना

चाडपर्व लक्षित सुरक्षा योजना

चाडपर्व लक्षित सुरक्षा योजना

चाडपर्व लक्षित सुरक्षा योजना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • नेपालीको ठूलो पर्व दसैँ आइरहेको छ । घटस्थापनादेखि चाड मान्न घर फर्कनेको लर्को लाग्छ । बहुसंख्यक नेपाली हिन्दु धर्म संस्कृति मान्ने भएकाले यो पर्व राष्ट्रिय पर्वको रुपमा स्थापित भएको छ । अध्ययन, रोजगारी र व्यवसायका लागि घर छाडेकाहरु पर्व मनाउन घर फर्कन्छन् । पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वको रूपमा दसैँलाई मानिन्छ ।
    एकैपल्ट गाउँमा जनसंख्याको चाप हुन्छ । त्यसैगरी, दसैँमा घर फर्कनेहरु र दसैँ सकिएपछि शहर फर्कनेहरुको चापले यातायात आवागमनको चाप हुन्छ । यो बेला आपसमा झैझगडाका साथै अन्य सुरक्षा जोखिम उच्च हुन्छ । बसेको घर छाडेर दसैँ मनाउन गाउँ जाँदा चोरीको समस्या बढ्न सक्छ । यातायातका साधन आवागमनको चापले दुर्घटना बढ्न सक्छ । यही बेला हो, प्रहरीको आवश्यकता र महत्व । प्रहरीको निगरानी र सर्तकताले चोरी डकैती रोकिन सक्छ । प्रहरी सर्तकताकै कारण राजमार्गमा यात्रा सुरक्षित हुनसक्छ । राजमार्ग लक्षित सुरक्षा योजना बनाएर प्रहरीले काम सुरु गर्दा यो वर्ष प्राकृतिक विपतलाई ख्याल गर्नुपर्छ । केही दिनअघि लामो झरी लागेको र अहिले पनि बेलाबखत वर्षा भएकाले त्यसले निम्त्याउने जोखिम व्यवस्थापन गर्न चनाखो हुनुपर्छ । हरेक वर्ष प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागु गर्दै आएको छ । अहिले नेपाल प्रहरीको संख्या ८० हजार हाराहारीमा छ । यो जनशक्ति परिचालनले मात्रै सुरक्षा योजना कार्यान्वयन प्रभावकारी बनाउन चुनौतीपूर्ण छ । प्रहरीलाई समुदायको साथ र सहयोग आवश्यक पर्छ । समुदायप्रति प्रहरीको जति सकारात्मक भाव आवश्यक छ, प्रहरीप्रति नागरिकको सहयोग जरुरी छ । गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र आगजनीपछि गिरेको प्रहरीको मनोबल उस्कन सकेको छैन । प्रहरीको गिरेको मनोबल उकास्न सक्दा मात्रै नागरिकको सुरक्षा प्रभावकारी हुनसक्छ । प्रहरीको गिरेको मनोबल उकास्ने काम सरकारको प्राथमिकतामा पर्नुपर्छ । त्यसैगरी, राजनैतिक दल र विभिन्न संघसंस्थाले पनि प्रहरीको मनोबल उकास्ने काम गर्न सक्छन् । जेलबाट भागेका १४ हजार कैदी बन्दीमध्ये अझै ८ हजार फर्केका छैनन् । कतिपय पुनः अपराधिक क्रियाकलापमा संलग्न भइसकेका छन् ।  ठूलो संख्यामा कैदी बन्दी भागेकाले समाजमा त्रास बढेको छ । भागेका कैदी बन्दी यही बेला अपराधिक क्रियाकलापमा संलग्न हुने जोखिम छ । प्रहरी निगरानीले मात्रै अपराधीको मनोबल कमजोर पार्न सम्भव छ ।


    चाडपर्वमा कतिपय प्रहरीले गर्ने कमजोरीका कारणसिंगो प्रहरी संगठन बदनाम हुने जोखिम छ । कतिपय प्रहरीका कमजोरीप्रति नजर अन्दाज गर्ने नभई विभागिय कारवाही हुनुपर्छ । ओभरलोड बोक्ने र सवारी साधनको क्षमता भन्दा बढी यात्रु बोक्नेलाई कानुनी कारबाही गर्नुको साटो आँखा चिम्लिएर छुट दिने प्रवृत्ति पनि छ । प्रहरीले आँखा चिम्लिएर मनपरी गर्न छुट दिँदा दुर्घटनाको जोखिम छ । चाडपर्वमा हुने दुर्घटना सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोकेकै कारणले धेरै भएका छन् । गाडीको गति नियन्त्रण नगर्ने, सवारी साधन चालकले चलाउनुको साटो सहचालकले चलाउने जस्ता प्रवृत्ति नियन्त्रण गर्न पनि प्रहरी कतिपय बेला चुकेको छ । 


    दसैँ लक्षित सुरक्षा योजनालाई कार्यान्वयन गरी समाजमा सकारात्मक नतिजा दिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको संयोजन महत्वपूर्ण छ । नागरिक–प्रहरी हातेमालोले पनि प्रहरीको भूमिका फराकिलो बनाउँछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij