पाल्पाको वैभव प्रवद्र्धन गर्ने अवसर
पाल्पाको संस्कृति, सम्पदा र ऐतिहासिक पहिचानलाई प्रवद्र्धन गर्न लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ पाल्पा सांस्कृतिक र ऐतिहासिक वैभव भएको ठाउँ हो प्राकृतिक रूपमा सुन्दर पाल्पामा सेनकालीन सम्पदास्थलहरु जीवन्त छन् यहाँको मगर संस्कृतिको मौलिकताले धेरैलाई लोभ्याउँछ पाल्पाको वैभवलाई प्रचार गर्न महोत्सवले सघाउ पु¥याउनेछ ।
पाल्पाको संस्कृति, सम्पदा र ऐतिहासिक महत्वलाई प्रवद्र्धन गर्न सक्दा धेरै लाभ लिन सकिन्छ तर माल पाएर चाल नपाएझैं पाल्पाले अपेक्षित लाभ लिन सकिरहेको छैन् पर्यटन प्रवद्र्धन गर्न सकिने धेरै चीज भएको पाल्पामा प्रवद्र्धनका कार्यक्रम अघि बढ्न नसकिरहेका बेला चलचित्र महोत्सव हुनु खुशीको विषय हो महोत्सवमा नेपालसहित विश्वका विभिन्न देशका २६ वटा चलचित्र प्रदर्शन गरिनेछ महोत्सव केवल चलचित्र प्रदर्शन मात्र नभई लुम्बिनी प्रदेशका १२ वटै जिल्ला र पाल्पाको मौलिक संस्कृति, खानपान, भेषभुषा र पर्यटकीय स्थलमा चलचित्र छायाङ्कनको वातावरण निर्माण गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ तानसेनलाई ‘फिल्म सिटी’को रूपमा विकास गर्न यो महोत्सवले मार्गनिर्देश गर्ने अपेक्षा गर्न सकिन्छ धेरै पहिलेदेखि सुन्दर नगर तानसेनलाई फिल्म सिटीको रुपमा विकास गर्ने आवाज उठे पनि त्यसअनुसार पूर्वाधारको विकास र प्रवद्र्धन हुन नसक्दा फिल्म सिटीको पहिचान पाएन् अहिले पूर्वाधार विस्तारले पाल्पाको मुहार फेरिएको छ ।
महोसत्व आफ्नो संस्कृति अरुलाई बुझाउन र अरुको संस्कृति बुझ्ने महत्वपूर्ण अवसर हो महोत्सवमा नेपाली फिचर कथानक चलचित्र, लघु कथानक चलचित्र, वृत्तचित्रका साथै अन्तर्राष्ट्रियस्तरका फिचर तथा लघु चलचित्रहरु समावेश छन् चलचित्र छनौटमा सामाजिक महत्व,मौलिक कथा, सांस्कृतिक पक्ष र कलात्मक गुणस्तरलाई मुख्य प्राथमिकता दिइने बताइएको छ चलचित्र प्रदर्शनपछि सम्बन्धित चलचित्रका निर्देशक, निर्माता तथा कलाकारहरु बिच प्रत्यक्ष संवाद हुने भएकाले दर्शकलाई चलचित्र निर्माण प्रक्रिया, विषयवस्तु र सिर्जनात्मक पक्ष बुझ्न मद्दत पुग्नेछ लुम्बिनी प्रदेशको कला, संस्कृति, पर्यटन र समृद्धिका विविध विषयमा क्षेत्रगत विशेषज्ञ, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि र चलचित्रकर्मीहरुको सहभागितामा प्यानलगत छलफलले कला संस्कृति, पर्यटन र समृद्धिलाई जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
तीन दिनसम्म चल्ने यो महोत्सवलाई सार्थक बनाउन सक्दा पाल्पाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ आन्तरिक र बाह्य पर्यटकका लागि पाल्पा राम्रो गन्तव्य बनिरहेको बेला यस्ता कार्यक्रमले पाल्पामा पर्यटकलाई आर्कषित गर्न सघाउ पु¥याउँछन् आयोजक कथा मण्डला र सञ्चार मञ्च पाल्पा मात्रै नभएर स्थानीय तह, पर्यटन व्यवसायी, राजनैतिक दल सबैले महोत्सवलाई सार्थक बनाउन पहलकदमी लिनु राम्रो हुनेछ ।




