२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कक्षाा १२ उत्तीर्ण बिद्यार्थीलाइ कालिका मानवज्ञानद्वारा बधाइ तथा सम्मान

कक्षाा १२ उत्तीर्ण बिद्यार्थीलाइ कालिका मानवज्ञानद्वारा बधाइ तथा सम्मान

कक्षाा १२ उत्तीर्ण बिद्यार्थीलाइ कालिका मानवज्ञानद्वारा बधाइ तथा सम्मान

कक्षाा १२ उत्तीर्ण बिद्यार्थीलाइ कालिका मानवज्ञानद्वारा बधाइ तथा सम्मान

कक्षाा १२ उत्तीर्ण बिद्यार्थीलाइ कालिका मानवज्ञानद्वारा बधाइ तथा सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • बुटवल । कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशित कक्षा १२ को परिक्षामा उच्च अंक सहित उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको छ । सोमबार बुटवल कालिका क्याम्पसको सभाहल मा विशेष कार्यक्रमको आयोजना गरी कक्षा १२  परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बधाई सहित सम्मान  गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा कालिका मानवज्ञान माविका पुर्व अध्यक्ष सामाजसेवी होम बहादुर गलामीले  शिक्षा क्षे त्रमा बुटवलको कालिका मावि र बुटवल कालिका क्याम्पसको भुमिका देशमै अनुकरणीय भएको बताएका थिए ।उनले विद्यालयका शिक्षक, विद्यार्थीको कडा मिहिनेतको फल स्वरुप देशमै अग्रडी स्थानमा कालिकाले एउटा ब्रान्ड स्थापना गर्न सफल भएको बताएका थिए ।

    उनले यसको लागि सबै धन्यावादको पात्र भएको भन्दै बधाई , धन्याबाद र आभार व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकलले शिक्षाको उत्कृष्ठ गन्तव्यको रुपमा बुटवलका कालिका ब्रान्ड स्थापना भैसकेको जानकारी दिदै  प्लस २ पछि विदेश जाने सस्कृतीको अन्त्य गर्नको लागि स्वदेशमा नै उद्यमशिलता विकासका लाग्नुपर्नेमा जोड दिएका  थिए ।

    स्वदेशमा नै प्राविधिक धारतर्फको शिक्षा प्राप्तीगरी स्वदेशमा नै रोजगारीका प्रसस्त्र रोजगारीका सृजना गर्न सकिने बताएका थिए । बुटवलमा नै शिक्षा को उत्कृष्ठ गन्तव्य बन्दै गएको बताउँदै पाठकलले  विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने  उत्कृष्ठ गन्तव्य बुटवल नै भएको बताएका थिए ।

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले  विद्यार्थीको समुज्वल  भविष्यको लागि कामना गर्दै देशमा केही पनि छैनन, भन्ने कुरा चिर्न जरुरी रहेको बताएका थिए । मिहिनेत गरेर केही गर्न सकिन्छ भन्ने धारणा लाई चिर्न  जरुरी रहेको बताएका थिए । 

    बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान मावि बाट परिक्षा दिएका १६ सय ६२  जना विद्यार्थी मध्ये १४ सय २७ जना  विद्यार्थी  उत्र्तीण भएका थिए । जसमा ३.६१  देखि ४ जीपीए ल्याउने विद्यार्थी २११   जना रहेका थिए । उत्कृष्ट जीपीए ल्याएका २८ जना विद्यार्थी र ६ जना इन्चार्जलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

    सोही कार्यक्रममा अन्य शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । ३.९२ देखि ३.९ जिपीए ल्याउने  विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij