२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संसदको यो तमासा

संसदको यो तमासा

संसदको यो तमासा

संसदको यो तमासा

संसदको यो तमासा
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • विन बहादुर कुँवर
    संसद् र संसदीय राज्य व्यवस्थाको असली चरित्र हालै मात्र चालु नेपालको संसद् र यसका सभासदहरुले प्रदर्शन गरिरहेका छन् । नारा, जुुलुस, घेराउ, तँत र मम, हात हालाहाल, अपशब्द, गालीगलौज आदि हुने नहुने, गर्ने नगर्ने सबै भइरहेको छ । गर्नेलाई भन्दा देख्नेलाई लाज । व्यवस्थापिका सदन देश र जनताको हितका लागि नीति नियम बनाउने जनताबाट छानिएका जननिर्वाचित उच्च प्रतिष्ठित व्यक्तिहरुको पनि थलो भन्ने बुझिन्थ्यो । तर अहिले नेपालको त्यो थलो अर्थात् सदन गालीगलौज, मारपिट, झुट र बकवास गर्ने थलोको रुपमा चिनिन थालेको छ । हुनत आजभन्दा सय वर्ष पहिले नै कमरेड लेनिनले यस्तै संसद् र संसदीय राज्य व्यवस्थाको खिल्ली उठाउँदै बाहिर खसीको टाउको देखाएर भित्र कुकुरको मासु बच्ने थलो भनेका  थिए । तर नेपालमा त भित्रभित्रै मात्र होइन बाहिर देखावटी खुलमखुला त्यस्तो घृणित कार्य भइरहेको छ । नेपालका सांसदहरुले देखाइरहेको यो तमसा, गाईजात्रा र नौटंकीले दुनियाँलाई हँसाएको छ भने देश र जनतालाई रुवाएको छ । देश र जनताको हितका लागि चुनिएका भनिनेहरुबाट नै हुने यस्तो चर्चिकलाले यो राज्य व्यवस्था नै असफल भएको प्रमाणित भइसकेको छ । 


    हुनत जुनसुकै यी सबै सामन्ती दलाल र नोकरशाही राज्य व्यवस्थाहरु नै यस्तै हुन् । यिनीहरुलाई यहाँ जे गर्दा पनि छुट छ । खुलमखुला कमिशन दिने लिने भनिरहेका छन् । हालै मात्र विवादमा चलिरहेको सहकारी ठगी कै प्रसंगमा श्रम तथा रोजगार मन्त्री तथा रास्वपाका नेता डोलप्रसाद अर्यालले सहकारी रकम अपचलनमा आफ्नो लाखौं रुपैयाँ डुबेको भन्दै उठाइदिनेलाई दुई तीन लाख जति रुपैयाँ कमिशन दिने भनेका थिए । सहकारी रकम ठगीमा गृहमन्त्री रवि लामिछानेसहित उनको पनि नाम मुछिएको थियो ।  मन्त्री जस्तो राज्यको गरिमामय पदमा बसिरहेको व्यक्तिले सार्वजनिक रुपमा के भन्ने र के गर्ने हेक्का नै नगरी बोल्ने यस्ता भनाइले समाजलाई नै दुषित पारिरहेको छ । भ्रष्टाचार गर्ने, कमिशन कुम्लाउने स्वाभाविक नै भए जस्तो भाव यसले जनतालाई पारेको छ भने भ्रष्टाचारी र कमिशन खोरलाई यसले राहत पु¥याएको छ । हुन पनि यस प्रकारको सामन्ती, दलाल र नोकरशाही बुर्जुवा पुँजीवादी राज्य व्यवस्थामा खास हुने भनेकै यही नै हो । 


    यस्ता अनेकौ काण्डहरु यहाँ हुने गरेका छन् । हालै मात्र सर्वाेच्च अदालतको फैसलाले झापास्थित गिरीबन्धु चिया कम्पनीको जमिन सट्टा भर्नालाई खारेज गरिदिएको छ । तर यो गर्ने नीति नियम बनाउने तत्कालीन प्रधानमन्त्री केपी ओलीले उल्टो अदालतलाई नै चुनौती दिँदै भन्ने गरेका छन् । यस्तो काम कांग्रेसी सरकारका पाला पनि कैयौं विगाहा जमिन त्यहाँ यसरी नै ठूलो कमिशन खाएर बिक्री वितरण गरिएको बताएका छन् ।  यसको अर्थ यस्तो अपराध कांग्रेसले गर्न हुने तर एमालेले किन गर्न नहुने ? भन्ने तर्क एमाले अध्यक्ष ओलीको छ । यस्तो एकले अर्काप्रतिको पोलापोल यो एक प्रकारको अपराध स्वीकारोक्ति पनि हो । 
    निश्चय नै यो देशमा यस प्रकारको दलाल पूँजीवादी राज्य व्यवस्थाअन्तर्गत शासक दलका नेता जो कोही पनि एकदम जोखा हुनै सक्दैन । सबै कुनै न कुनै यस्ता काण्डमा डामिएका हुन्छन् र छन् । केही प¥यो कि त एकले अर्कालाई यस्तै काण्ड अघि सारेर धम्काउने गरिरहेका छन् । कुनै बेला एमाले अध्यक्ष ओलीलाई यसैगरी धम्काउन प्रधानमन्त्री प्रचण्डले गिरीबन्धु चिया कम्पनीको फाइल खोल्ने कुरा गरिरहन्थे । तर अहिले त्यसको फाइल स्वयं सर्वाेच्चले खोली भ्रष्टाचार भएको फैसला नै गरिसकेको छ । तर अहिले यसमा प्रचण्ड मौन छन् । मौन मात्रै होइन अझ उल्टो ओली बचाउमा उनी तल्लिन छन् । किनभने हिजो प्रचण्ड कांग्रेसी बुई चढेर एमालेलाई ठेगान लगाउनेमा थिए तर आज फेरि एमाले बुई चढेर कांग्रेसीलाई तह लगाउनेमा छन् । त्यस्तै फेरि हिजो गृहमन्त्री हुँदा नारायण काजी श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेलाई तह लगाउन सहकारी ठगी प्रकरणलाई अघि बढाउने भन्थे । तर उक्त ठगी प्रकरणले मुलुक नै तातिरहेको बेला उनी चुप छन् । एउटै सरकारमा मन्त्री भई एकले अर्कालाई संरक्षण गर्न तल्लिन भइरहेका छन् । यसरी यी सबै चाहे सत्ताधारी चाहे प्रतिपक्षी जो केही पनि शुद्ध र चोखा छँदै छैनन् ।  न त यहाँको अदालत, सेना, पुलिस कर्मचारी कोही शुद्ध र चोखा नै छैनन् । सबैबाट कुनै न कुनै भ्रष्टाचारजन्य अपराध भएकै छन् र हुन्छन् । त्यसैले यस्ता घटनाक्रम र काण्ड न हुनका लागि यस प्रकारको सामन्ती दलाल र नोरकरशाही बुर्जुवा राज्य व्यवस्थाको खारेजी र जन राज्य व्यवस्था–जनसत्ता नै चाहिन्छ ।
    अहिले सत्ता राजनीतिमा सहकारी ठगी काण्डको तरङ्गले एकातिर सत्ताधारी दल नेता प्रम प्रचण्ड, एमाले अध्यक्ष ओली अनि रास्वपाका सभापति रवि लामिछानेहरु रुवाबासीमा पारेको छ भने अर्काेतिर कांग्रेसी नेताहरुलाई एक प्रकारको विद्रोही नेताहरु जस्तो देखिएका छन् । सदनमा नारा, जुलुस, होहल्ला, जिन्दावाद र मूर्दावाद, हात हालाहाल, गाली गलौज र अपमान गर्ने काम भइरहेको छ । एक प्रकारले सदनको प्रतिपक्ष विद्रोही नै हो । सत्ता पक्षको विरोध गर्नु उसको धर्म नै हो । तर यसलाई नबुझी सत्ता पक्षले प्रतिपक्षलाई एकोहोरो पेलेर लैजान  थालेपछि कांग्रेसी नेताहरुको आक्रोशले सिमा नाघेको छ । त्यो स्वाभाविक पनि छ । विद्रोह गर्ने अधिकार जनताको हो भने जस्तै सदनमा विरोध गर्ने अधिकार प्रतिपक्ष दल सभासदहरुको पनि छ । सामान्यत सदनभित्र विरोधको स्वर सुनिसकेपछि यतिसम्मकि एउटा मात्रै सभासद आफ्नो आसनबाट उठी विरोध जनाउँदा बित्तिकै पनि सभामुखले उसको आवाज सुन्नु पर्दछ । त्यतिकै नटेरी सदन चालु गर्न मिल्दैन । तर अहिले नेपाली कांग्रेस त सदनको पहिलो ठूलो दल त्यसको आवाज नसुनी त्यसरी जबर्जस्ती सदन चालुु गराउन खोज्नु सभामुखको दादागिरी हो । त्यसैको परिणाम प्रम प्रचण्ड र एमाले अध्यक्ष ओलीमाथिको कांग्रेसी अभद्र व्यवहार हो । 


     लोकतन्त्र दुहाइदिने, संसदीय प्रजातन्त्रको बखान गाउने, सदनको गरिमामय बढाउने गफ छाँट्ने तर काम ठीक यसको विरुद्ध  निरंकुश दादागिरी गर्ने काम भएको छ । जस्तालाई तस्तै भने जस्तै कांग्रेसीहरु पनि के कम ओली माथि धनराज झम्टिए भने प्रम प्रचण्डलाई एउटा कैदीलाई जस्तो गरी मर्यादा पालकहरुको घेरामा पारी रोस्टममा जानु प¥यो ।  अलिकति संयमता भएको भए त्यस्तो अपमान ओली  प्रचण्डले भोग्नुपर्ने थिएन । सामान्यतः सदनमा विरोध स्वरुप प्रतिपक्ष आसनबाट उठे मात्र पनि त्यस्तो कुनै पनि संसदीय गतिविधि सञ्चालन गरिंदैैन । विचरा ओलीले कस्सो कांग्रेसी नेता धनराज गुरुङको थप्पड खान परेन । ७० वर्ष काटेको वृद्ध र किड्नीको रोगी ओली तै पनि सकी नसकी आसनबाट उठी धनराजमाथि जाईलाग्न खोज्दाको तमसा सबैले देखेर बुझे । एकातिर बलिया बाङ्गगा एमाले नेता सभासद पछि नेता ओली चाहि एक्लै अघि बढी जवाफ सवाल गर्दै थिए । तर त्यही नजिकै हाँस्दै त्यो रमिता हेरिरहेका उर्जा मन्त्री शक्तिबहादुर बस्नेत र सूचना सञ्चार मन्त्री रेखा शर्माको हँसिलो हाउभाउले त्यो साँच्चैको एउटा सफल संसदीय नाटकको टियलसलको भान सबैले गरिरहेका थिए । 


    साँच्चैको संसदीय राजनीतिको नौटंकी कहंी नभाको जात्रा हाडिगाउँमा । कस्ता कस्ता संसदीय हास्यकलाकार र  जोकर अनि गुण्डा र डन ? कहिल्यै नबिर्सने एमाले र माओवादीका लागि त्यो कालो दिन भने कांग्रेसीहरुका लागि भने विजय उत्सवको दिन भयो त्यो । तर आम नेपाली जनताका लागि कस्तो दुःखद उदेक लाग्दो त्यो दिन । कस्ता कस्ता मान्छेलाई मत हाली त्यहाँ पठाइएछ धिक्कार छ । अब पनि नेपाली जनताले यो बुझ्नु पर्ने हो कि होइन ? माथि लेनिनले संसद र संसदीय व्यवस्थाको चर्चा गरे भन्दा फरक नेपालमा संसद र संसदीय राज्य व्यवस्था गुण्डा, मण्डले, डन र दादागिरी प्रदर्शन गर्ने थलो बनेको छ । निर्धा, कमजोर, बिरामी, दुब्ला, पातला धेरै पढे लेखेका विद्वान जनप्रतिनिधिहरुको स्थान नै रहेन । कोही यस्ता भएकाहरु बकुलाको बथानमा हाँसको जस्तो उपहास भए । केही दिन पहिले कुनै एक कार्यक्रममा एमाले अध्यक्ष केपी अलि बढी ठटौलीको रुपमा भन्दै थिए अबको २० वर्ष एमाले पार्टीको नेतृत्व अरु कसैले गर्न आशै नगरे हुन्छ । युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रश्न जोडतोडका साथ उठिरहेको बेलामा ओली आफैँ अझैँ पनि युवा नै भएको भन्दै सेतो कपाल कालो हुँदछै बल्ल दारी जुगा पलाउन थालेका छन्, एमालेमा केपी ओली नेतृत्वको विकल्प नै छैन भन्दै थिए । हो त्यही भनाइलाई व्यवहारमा उतार्ने काम अर्थात् आई लाग्ने कांग्रेसमाथि जाइ लाग्ने काम उक्त दिन कमरेड ओलीले प्रदर्शन गरे । तन्नेरी भएको पहिचान । 


    यो कांग्रेस–एमाले बीचको द्वन्द्वको मूल कारण प्रचण्ड र रवी हुन् । प्रचण्डलाई सदा प्रधानमन्त्री चाहिएको छ भने रविलाई गृहमन्त्री । यसैका लागि संसदीय गणितमा ठूला दल भए पनि यी दुवै प्रचण्ड र रवीबाट उपयोग हुँदै आएका छन् । फुटाउ र लडाउ अनि सत्तामा रमाउ प्रचण्डको तत्कालीन रणनीति हो । भनिन्छ साँडेको जुधाई बच्छाको मिचाई । तर यहाँ कांग्रेस र एमाले दुई साँडेको जुधाई प्रचण्ड–रवी दुई साना ठूला बाच्छाको रजाई जस्तै भएको छ । जब यी दुई ठूला साँडे कांग्रेस–एमाले जुधाईमा सिंङ भाँची थला पर्दैनन्, तब सम्म यो क्रम चलिरहनेछ । अन्त्यमा हामी जनता यी सबैको यो रमिता हेर्दै कहिले कांग्रेसको पक्षमा भने कहिले एमाले अनि प्रचण्ड र रविको पक्षमा मात्र ताली बजाई यिनीहरुको तमसा हेरी बसिरहने कि यी सबैको विकल्पमा अरु केही गर्ने ? अब सोँच्ने बेला भएन र ? 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij