२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उत्पादन र रोजगार केन्द्रित बजेट बनाऊ

उत्पादन र रोजगार केन्द्रित बजेट बनाऊ

उत्पादन र रोजगार केन्द्रित बजेट बनाऊ

उत्पादन र रोजगार केन्द्रित बजेट बनाऊ

उत्पादन र रोजगार केन्द्रित बजेट बनाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • तीन तहकै सरकारले बजेटको अन्तिम तयारी गरिरहेका छन् । बजेट यस्तो समयमा बनिरहेको छ, जुन समय मुलुक आर्थिक संकटले गुज्रिरहेको छ । सरकारले प्रस्तुतगर्ने आर्थिक सूचकहरु सुदृढ नै देखिए पनि नागरिकसंग पैसा छैन । व्यवसाय चलायमान छैनन् । उत्पादन निरन्तर निराशाजनक छ । किसानहरु पलायन भइरहेका छन् । युवाहरु विदेशिएका छन् । सरकारले विनियोजन गरेको बजेटसमेत कार्यान्वयन हुन नसकिरहेको अवस्था छ । बजेट केवल अंकको खेल मात्रै होइन्, ताकि सरकारमा बस्नेहरुले आफ्नो क्षेत्र लक्षित गरेर अंक विनियोजन गरुन । बजेट जनताको पसिनाबाट संकलन भएको राजश्व हो, टाउकोमा भार बढ्दै गइरहेको ऋण हो । सरकारमा बस्नेहरुले आफ्नै पेवा ठानेर भ्यू टावरदेखि धार्मिक भवन बनाउन खर्च नगरुन भन्ने जनताको माग छ ।


    बजेट उत्पादनमूखि हुनुपर्छ । रोजगार स्थापना गर्ने कार्यक्रम ल्याइनुपर्छ । रुग्ण हुन लागेका उद्योग, कलकाखानालाई मलजल गर्ने बजेट हुनुपर्छ । तीन तहकै सरकारले यसतर्फ ध्यान दिनुपर्छ । शहरमा सडक कालोपत्रे, गाउँमा नयाँ ट्याक खोल्ने गरी बजेट विनियोजन गर्नु हुँदैन । आगामी आर्थिक वर्षका लागि मात्रै उत्पादनमूखि योजनामा बजेट राख्नुपर्छ । नागरिकलाई उत्पादनमा जोड्दै उपजको बजारीकरणमा सहयोग गर्ने नीति सरकारको हुनुपर्छ । सरकारका हरेक नीति कार्यक्रममा नेपाल कृषि प्रधान देशका रूपमा परिचित छ । कृषिको जेडिपिमा योगदान २३ प्रतिशतको हाराहारीमा छ । कृषिका लागि तराई र पहाडीक्षेत्र परिचित छ । त्यसमध्ये पहाडी क्षेत्रमा रहेको अधिकांश जनशक्ति कृषिमा संलग्न छ । पहाडी भू–भागमा बसोबास गरिरहेकाहरूको जीविकोपार्जनको मुख्य स्रोत नै कृषि उत्पादन हो । मकै प्रमुख बाली रहेको छ ।


    बसाइँसराइले सुनसान हुँदै गरहेको क्षेत्रमा रहेका किसानहरू कृषि पेशाप्रति निराश छन् । यसको मुख्य कारण कृषि उपजमा वन्यजन्तुले गर्ने क्षति हो । पूर्वी नेपालदेखि पश्चिमसम्मको पहाडी क्षेत्रमा बाँदरलगायतका बन्यजन्तुको आतंक छ । किसानहरूले उत्पादन गरेको फसल  भित्र्याउन पाएका छैनन् । परिवारका सदस्यहरू बारीमा नै दिन बिताउनु पर्ने अवस्था छ । यसले किसानलाई नराश बनाएको छ, पहाडको उत्पादनभूमि बाँझिदै गएको छ । वनजंगलमा रहने बाँदरलगायतका बन्यजन्तु गाउँ पसेको छ । यसले कृषि  उत्पादनलाई किसानबाट विमुख गरिरहेको छ । यसले कठोर मेहनतले उत्पादन गर्नुपर्ने खेतीबाट किसानले लाभ पाउन सकेको छैन । गुल्मी, अर्घाखाँची, प्यूठान, पाल्पासहितका जिल्लामा बसाइँसराइको  एक कारणमा वन्यजन्तुले कृषि उत्पादनमा पु¥याउने क्षति बनेको छ । यहाँका कतिपय क्षेत्रमा मानवबस्ती शून्य भइसकेका छन् । किनभने उनीहरूले वन्यजन्तुको सामना गर्न सकेका छैनन् । मानिसहरू घर जमिन त्यसै छाडेर तराई वा सुगम क्षेत्रमा झरिरहेको छ । यसले सयौं रोपनी जमिन बाँझिएको छ । जमिन बाँझिदा कृषि उत्पादन घटेको छ ।


    बाँदर र निकुञ्ज क्षेत्रमा वन्यजन्तुको त्रास व्यापक छ । किसानको समस्याप्रति तीन तहकै सरकार बेखबरजस्तै छन् । यो निकै विडम्बना हो । सरकार अभिभावक हुनुपर्ने थियो । तर त्यसो हुन सकिरहेको छैन । किसानको मर्का बुझ्ने निकायले नै बेवास्ता गर्दा जसोतसोको उत्पादन समेत घटिरहेको छ । मकै, फलफूल, तरकारी खेतिको उत्पादन भित्र्याउन नसक्ने अवस्था छ । सरकारी निकायले सामान्य क्षतिपूर्तिको व्यवस्था समेत गर्न सकेको छैन । वर्षभरीको मेहनतसमेत भित्र्याउन नसक्नुले किसानलाई भोकमरीतर्फ धकेिलिरहेको छ । बाँदरको पहिलो आक्रमण मकै खेतीमा छ, यसकै कारण मकैको उत्पादन घटी आयातमा भर पर्नुपर्ने अवस्था बनेको छ । आयात बढरहेको छ । 


    कृषिभूमिलाई उत्पादनमै प्रयोग गर्ने नीति नहुने हो भने पहाड जंगलमा परिणत हुन कत्तिबेर हुनेछैन । तराईमा र शहरमा जनसंख्याको उच्चचाप र पहाड रित्तिंने अवस्था हुन नदिन सरकारले बेलैमा किसानको मर्का बुझेर नीति निर्माण गर्नुपर्छ । यसमा किन्चित ढिलाइ गर्ने छुट सरकारलाई छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij