२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देहीका ३ पालिकाले प्रशासकिय भवन बनाउन नसक्दा २ करोड बढि भाडामा खर्च

रुपन्देहीका ३ पालिकाले प्रशासकिय भवन बनाउन नसक्दा २ करोड बढि भाडामा खर्च

रुपन्देहीका ३ पालिकाले प्रशासकिय भवन बनाउन नसक्दा २ करोड बढि भाडामा खर्च

रुपन्देहीका ३ पालिकाले प्रशासकिय भवन बनाउन नसक्दा २ करोड बढि भाडामा खर्च

रुपन्देहीका ३ पालिकाले प्रशासकिय भवन बनाउन नसक्दा २ करोड बढि भाडामा खर्च
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • भैरहवा । रुपन्देहीको ३ पालिकाले अझै पनि प्रशासनिक भवन बनाउन सकेका छैनन । संघीय प्रणालीमा गएपनि निर्वाचित जनप्रतिनिधिले एक कार्यकाल सकेर अर्को कार्यकालमा आउदा पनि भाडाकै भवनमा कार्यालय संचालन गरिरहेका छन ।

    १६ पालिका रहेको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी र रोहिणी गाउँपालिका बाहेक सबैको प्रशासनिक भवन छ । पुरानो पालिका मध्ये बुटवलले नयाँ भवन बनाएर कार्यालय स्थानान्तरण गरिसकेको छ भने, सिद्धार्थनगरले पनि नया भवन बनाउदै छ । नयाँ पालिका मध्ये २ गाउँपालिका र एक नगरपालिकाले विविध कारण देखाउदै अझै पनि भवन बनाउन सकेका छैन ।


    लामो समयको प्रयास पछि जग्गाको सुनिश्चतता पाएको रोहिणीले २०७९ मंसिरमा भवन निर्माणका लागि शिलान्यास गरेपनि अझै निर्माण सम्पन्न गर्न सकेको छैन । एक कार्यकाल सनोज कुमार यादवको अध्यक्षतामा भएपनि जग्गा सुनिश्चत हुन नसकेकै कारण हालका अध्यक्ष विद्या यादव सहित निवर्तमान अध्यक्षको पहलमा ३ वर्षमा पुरा गर्ने लक्ष्यका साथ ६ तल्ले भवनको शिलान्यास भएको थियोे ।


    भाडाको भवनमा संचालन हुदै आइरहेको कार्यालयलाई व्यवस्थित गर्न पलिकाले पटक पटक पहल गर्दा समेत जग्गा निश्चित नभएकोले जग्गाको सुनिश्चतता सँगै आफ्नै कार्यकालमा सम्पन्न हुने गरी बहुबर्षिय योजनामा भवन निर्माणको थालनी गरिएको गाँउपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

    भाडाको भवनमा संचालन हुदै आइरहेको कार्यालयलाई व्यवस्थित गर्न पािलकाले पटक पटक पहल गर्दा समेत जग्गा निश्चित नभएकोले जग्गाको सुनिश्चतता सँगै आफ्नै कार्यकालमा सम्पन्न हुने गरी बहुबर्षिय योजनामा भवन निर्माणको थालनी गरिएको गाँउपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताए । 


    सबैको सहजताका लागि धकधईदेखि ५०० मिटर पश्चिम भैरहवा-परासी सडकमा भवन निर्माण भइरहेको उनले भने । पहिलो चरणमा पालिकाले ३ करोड ४० लाख बजेट छुटयाइएर भवन निर्माण सुरु गरेको थियो । कुल करिब १५ करोडको लागत अनुमानमा अन्डर ग्राउण्ड पार्किङ, भुकम्प रहित र आपाङमैत्री भवन ३ कठ्ठा क्षेत्रफलमा बन्न लागेको यादवले बताए ।


    कुल ७ कठ्ठा क्षेत्रफलमा फैलिएको जिल्ला समन्वय समितिको अधिनमा रहेको जग्गा मध्ये ३ कठ्ठा पालिकाको नाममा आएपछि काम सुरु भएके हो, बाकी जग्गाको उपयोग गर्दै मन्दिर, फुलवारी र पार्किङ समेत बनाइने योजना पालिकाको छ ।


    प्रशासनिक भवन बनाउन नसकेका रुपन्देहीको ३ पालिकालेमात्रै २ करोड बढि भाडामा खर्च गरेका छन । कार्यालय संचालनका लागि मात्रै उनीहरुले निजि भवन भाडामा लिएर सेवा दिएका छन । विविध कारण देखाउदै भवन निर्माण गर्न नसकिएको बताउदै निर्वाचित पालिका प्रमुखहरुले भने अबको कार्यकालमा भवन बनाउने दाबी गरेका छन । 


    रोहिणीले निजि भवन मासिक ८० हजार भाडा खर्चेर कार्यालय संचालन गरिरहेको छ । हाल सम्म कार्यालय भाडामा मात्रै ७० लाख बढि खर्चेको छ । यस्तै मर्चवारी गाउपालिकाले पनि सोही हाराहारीमा खर्चेको छ भने लुम्बिनी सास्कृतिक नगरपालिकाले मासिक २ लाख ५० हजारमा भाडामा भवन लिई कार्यालय संचालन गरि रहेको जसबाट हाल सम्म १ करोड बढि रकम भाडामा खर्चेको छ ।  


    गुणस्तरीय सेवा दिनका लागि प्रशासकीय भवन निर्माण तत्काल बनाउनु पर्ने हो तर कार्यकाल सकिदा समेत बनाउन नसक्नु उनीहरुकै कमजोरी हो, प्रयास त गरेको हो तर सफल हुन सकिएन निवर्तमान प्रमुखहरु भन्छन ।  भवन बनाउने प्राथमिकता थियो, सबैको पहुचका सहजता, उपयुक्त जग्गा, राजनीतिक र विवादका कारण भवन निर्माण हुन सकेन ।
    रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकाले फरक फरक ३ वटा भवनबाट पालिकाको सेवा दिईरहेको थियो, अहिले भने फरक ठाँउमा एकै भवनबाट सेवा दिइरहेको छ ।

     लुम्बिनीले सुरुवातमा ५७ लाख मासिक भाडामा चलेको कार्यालयले पछि ३ वटा भवनका लागि मासिक १ लाख ६१ हजार भाडा दिएर सेवा प्रवाह गरेको थियो । अहिले एक वर्षदेखि  २ लाख ५० हजार भाडा दिदै कार्यालय संचालन भइरहेको छ । 


    यस्तै रोहिणीले सुरुवातमा लिएको भाडाको भवन सागुरो र अपायक पर्न थालेपछि नयाँ स्थानमा कार्यालय संचालन गरेको छ । अहिले भने एकै स्थानबाट कार्यालयले सेवा दिइरहेको छ भने एउटा शाखा सरकारी भवनबाट सेवा दिइरहेको छ । 


    त्यसैगरी मर्चवारीले सुरुमा २ वटा भवन भाडामा लिएर कार्यालय संचालन गरेपनि निवर्तमान पालिका अध्यक्षले आफ्नै भवन निर्माण गरी कार्यालय संचालन सारेका थिए ।  मर्चवारी गाउँपालिकाले पनि प्रशासकीय भवनमा मासिक ८० हजार खर्चिदै आएको छ । भाडाको घरमा संचालन हुदै आएको पालिका निवर्तमान गाउँपालिका अध्यक्ष केशव नन्द बानियाले घर बनाएर आफ्नै घरमा सारेका थिए । ४ वर्ष देखि ७० हजारमा भाडामा रहेको प्रशासनिक भवन अध्यक्षले छोराका नाममा भवन गराएर सम्झौता गरे ।

    पहिला वडा नम्बर ३ रायपुर बनाउन भनिएको थियो, आवश्यक जग्गा नभेटिएपछि केन्द्र परिर्वतन गर्न खोज्दा विवाद भयो अहिले वडा नम्बर ४ खैरा मा केन्द्र राख्ने सहमति भएको छ । करिब २ विद्या जग्गा छ, प्राप्तीका लागि मन्त्रीपरिषदको निणर्य चाहिन्छ प्रदेश सरकारबाट सिफारिस भई निणर्यको प्रतिक्षामा रहेको पालिकाले जानकारी दिएको छ । 


    लुम्बिनी सास्कृतिक नगरपालिकाले पनि ३ वटा फरक ठाँउबाट सेवा प्रवाह गरि अहिले एकै भवनबाट पालिकाको सेवा दिईरहेको छ ।

    सडक, पुर्वाधार र स्वास्थ्यलाई प्राथमिकतामा दिएर काम गर्दा  प्रशासकीय भवन बनाउन नसकिएपनि अब प्रशासकीय भवन नै प्रथमिकतामा रहेको छ, जग्गा निश्चित भई टेन्डरको लागि प्रक्रियामा रहेको छ ।

    एडीबीको प्रोजेक्ट बाट नै भवन बनाउने योजना छ, टेन्डरको लागि अझै केही समय लाग्ने नगरपालिकाले जानकारी दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij