२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सिद्धबाबा सुरुङ्गमा वम विष्फोट गराईदै

सिद्धबाबा सुरुङ्गमा वम विष्फोट गराईदै

सिद्धबाबा सुरुङ्गमा वम विष्फोट गराईदै

सिद्धबाबा सुरुङ्गमा वम विष्फोट गराईदै

सिद्धबाबा सुरुङ्गमा वम विष्फोट गराईदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • बुटवल । सिद्धार्थ राजमार्गस्थित सिद्धबाबा सुरुङमार्गमा बम फिष्फोट गरी सुरुङमार्ग खोल्ने तयारी गरिएको छ । सुरुङ खन्नका लागि विष्पोटक पदार्थ प्रयोग गरीने भएकाले आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन लगायतका बारेमा शुक्रबार पूर्वाभ्यासको काम भएको हो । भारतले विष्फोटक सामग्री आयात रोकिदिंदा नेपालका धेरै सुरुङमार्गका काम रोकिएका थिए । तर सरकारी पहलमा आएको विष्फोटक पदार्थको प्रयोग गरी सिद्धबाबा सुरुङमार्गमा टनेल निर्माणको काम अगाडि बढेको हो । 
    सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका–३, दोभानमा निर्माण भइरहेको सुरुङमार्गमा हाल स्काभेटर तथा ब्रेकरको प्रयोग गरी खन्ने काम भएको छ भने विष्पोटक पदार्थको प्रयोगले यसको गतीलाई थप बनाउने आयोजना हेर्ने ईन्जिनीयर सविता ज्ञवालीले जानकारी दिइन् । नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकहरुको उपस्थितीमा शुक्रबार आवश्यक तयारी तथा अभ्यास बारे छलफल भएको उनले बताइन् । सुरुङका लागि आवश्यक विष्पोटक पदार्थ नेपाली सेनालेनै भण्डारण गरेर राखेको छ भने उनीहरुकै उपस्थितीमा काम हुने बताइएको छ ।
    ईन्जिनीयर ज्ञवालीका अनुसार आइतबारदेखि बिष्पोटको काम सुरु हुने छ । दैनिक ३ पटक सम्म बिष्पोट गराउने लक्ष्य राखिएको बताउँदै ज्ञवालीले अवस्था हेरीकन यसको सङ्या बढाउन सकिने उल्लेख गरिन् । बिस्पोटको समयमा निश्चि दूरीमा मानवीय गतिविधिलाई रोक्नुका साथै उक्त सडक हुँदै गुड्ने सवारीका साधनलाई समेत केही समय रोक्ने तथा सुचारु गर्नका लागि ट्राफिक प्रहरीको परिचालन गरिने छ । पूर्वाभ्यासमा कायम गर्नुपर्ने दूरी, विष्पोटका समयमा बज्ने साइरन, समभावित जोखिम लगायतका बारेमा जानकारी गराइएको थियो ।
    मृत्यु मार्गुले परिचित बुटवल–पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ मार्ग निर्माणको पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङसँग २०७८ फागुनमा सम्झौता भएको थियो ।
    अप्ठ्यारो र जोखिमयुक्त माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङमार्ग निर्माण भइरहेको छ। हालसम्म मुख्य सुरुङमार्ग ८५ दशमलव ७ मिटर खनिएको छ । दक्षिण पोर्टलबाट ४८ दशमलव ३ मिटर सुरुङ खनिएको छ। उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान भई ३७ दशमलव ४ मिटर खनिएको छ । दक्षिण र उत्तरतर्फका दुवै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सनलगायत काम एकसाथ भइरहेको छ। १५ दशमलव ६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ।

    आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी हरेक ३०० मिटरको दूरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको छ। सात अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। आगामी आर्थिक वर्षमा करिब तीन अर्ब, २०८२÷८३ का लागि दुई अर्ब र २०८३÷८४ मा एक अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ।
    आयोजना अन्तरगत जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सनलगायत प्रविधिमार्फत साढे दुई किलोमिटर सडक सुरक्षित बनाइने छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij