२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आफ्नो खातामा स्थायी लेखा नम्बर अपडेट गर्न ग्राहकलाई एनआईसी एसियाको आग्रह

आफ्नो खातामा स्थायी लेखा नम्बर अपडेट गर्न ग्राहकलाई एनआईसी एसियाको आग्रह

आफ्नो खातामा स्थायी लेखा नम्बर अपडेट गर्न ग्राहकलाई एनआईसी एसियाको आग्रह

आफ्नो खातामा स्थायी लेखा नम्बर अपडेट गर्न ग्राहकलाई एनआईसी एसियाको आग्रह

आफ्नो खातामा स्थायी लेखा नम्बर अपडेट गर्न ग्राहकलाई एनआईसी एसियाको आग्रह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • बुटवल । एनआईसी एसिया बैंकका ग्राहकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्नुपर्ने भएको छ।


    ‘ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले’ प्यान अपडेट गर्न ग्राहकलाई आग्रह गरेको हो। 

    बैंकका अनुसार बैंकको पोर्टल(https://panupdate.nicasiabank.com/) वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिनेछ। ‘ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ’, बैंकले भनेको छ।

    यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक छ।उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ। 

    जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ।ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने बताइएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij