२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हवाई दुर्घटनाको जोखिम

हवाई दुर्घटनाको जोखिम

हवाई दुर्घटनाको जोखिम

हवाई दुर्घटनाको जोखिम

हवाई दुर्घटनाको जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीतर्फ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर बुधबार दिउँसो दुर्घटना हुँदा नुवाकोट शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडा र गुर्जेभन्ज्याङको बिचमा दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ । त्यसैगरी, केही दिनअघि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको निधन भयो, घाइते पाइलटको उपचार भइरहेको छ ।


    लगातार जसो हवाई दुर्घटना हुँदा नेपाली आकाश असुरक्षित भएको सन्देश प्रवाह भएको छ । नेपालको हवाई उडान असुरक्षित भएको सन्देश प्रवाह हुँदा राज्यका निकाय बेखबर झैं छन् । जिम्मेवार निकायले दुर्घटनाको कारण खोज्ने र त्यस्ता कमजोरी हुन नदिन पहलकदमी लिने काम गरेका छैनन् । नागरिक उड्डयन प्राधिकरणले दुर्घटना न्यूनीकरणलाई पहलकदमी लिनुपर्ने हो, त्यसैगरी दुर्घटनाले प्रवाह भएको सन्देश रोक्न पनि उत्तिकै जरुरी छ । दुर्घटना संयोगबश हुने विषय हो । चाहे सडक दुर्घटना होस् वा चाहे विमान । जुनसुकै दुर्घटना भए पनि त्यसले हुने मानवीय क्षति उत्तिकै हो । चितवनको सिमलतालमा दुई बस दुर्घटना हुँदा बेपत्ता तीन दर्जन अझैँ फेला परेका छैनन् ।

    दुर्घटना भएका बसको पनि अत्तोपत्तो छैन । सडक दुर्घटनाभन्दा हवाई दुर्घटना अझँै संवेदनशील मानिन्छ । हवाई दुर्घटना भइरहँदा त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह हुने सन्देशले नेपालको पर्यटन प्रवद्र्धनमा नकारात्मक असर पर्छ । हिमाली क्षेत्रमा रहेका विमानस्थलमा ठूला जहाज जान सक्ने अवस्था छैन । ती विमानस्थल अग्ला पहाडको खोँचमा र साँघुरा छन् । ती विमानस्थलमा पर्यटक नियमित जान्छन् । नेपालको उत्तरी क्षेत्रमा पर्यटक जाने भनेको हिमाल हेर्न र उत्तरी क्षेत्रको बौद्ध संस्कृति अध्ययन गर्नका लागि हो । अर्कोतिर, मौसम पनि हवाई उडानको लागि सधैं अनुकुल छैन । तराईमा जाडोयाममा लामो समयसम्म शितलहर चल्दा विमान चल्न गा¥हो छ । पहाड र हिमाली क्षेत्रमा बर्खामास कुहिरो र बादलले हवाई उडानलाई असुरक्षित बनाइरहेको छ । संभवतः बुधबार भएको हेलिकप्टर दुर्घटना कुहिरोकै कारणले भएको हुनसक्छ ।


    हवाई उडानलाई सुरक्षित बनाउन मौसमको ख्याल गर्ने र जोखिम ठानेका बेला उडान अनुमति नदिनु नै राम्रो हुन्छ । कतिपय अवस्थामा पाइलटले नै जोखिम मोलेका र कतिपय अवस्थामा यात्रुले नै पाइलटलाई उडानका लागि बाध्य पारेका दृष्टान्त बाहिर आएका छन् । हवाई दुर्घटना भएपछि छानविन टोली बनाउने गरिएको छ । टोलीले दुर्घटनाको कारण खोतल्दै प्रतिवेदन दिँदै आएको छ । विगतका प्रतिवेदनको निष्कर्ष हेरेर आगामी रणनीति बनाउन सकिन्छ । विगतका दुर्घटनाको कारण खोजेर अगाडि बढ्दा भविष्यको गन्तव्य भरपर्दो बनाउन सकिन्छ । पर्यटनबाट मुलुकको समृद्धि हासिल गर्ने लक्ष्य लिएका बेला हवाई यातायातप्रति भरोसा र विश्वास जगाउन सक्नु नै महत्वपूर्ण हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij