२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

४ वटा साना उद्योगले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको महसुल तिरे, ठूला उद्योगी दबाबमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • काठमाण्डाै । केही ठूला उद्योगले डेडिकेटेड फिडर र ट्रङ्कलाइन सेवाको प्रिमियम महसुल तिर्न आनाकानी गरिरहेका बेला चार वटा साना उद्योगले भने विद्युत् महसुल तिरेका छन् ।

    डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोग गरेका भैरहवा क्षेत्रका चार वटा उद्योगले २५ प्रतिशत जरिबानासहित प्रिमियम बक्यौता रकम बुझाएका हुन् । यशोदा फुड्स प्रालीले चार लाख २५ हजार दुई सय ३१ रुपैयाँ, जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार पाँच सय ३२ रुपैयाँ, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६७ रुपैयाँ र सोना पोलिमर्स इन्डस्ट्रिजले तीन लाख ४६ हजार तीन सय ८९ रुपैयाँ महसुल बुझाएका हुन् ।

    प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि उद्योगीले बक्यौता तिरेका छैनन् । साना उद्योगले बक्यौता तिर्दा ठूला उद्योगीलाई दबाब पुगेको प्राधिकरणले जनाएको छ । २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरेको ट्रङ्क र डेडिकेटेड लाइनबापतको महसुल बुझाएको उद्योगीहरूले बताएका छन् ।

    विभिन्न उद्योगको जरिबानासहित आठ अर्ब २६ करोड रुपैयाँ बक्यौता देखिएको थियो । बक्यौता नतिर्ने उद्योगको लाइन प्राधिकरणले काटेको थियो । प्राधिकरणले काटेको लाइन जोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनमा असहमति जनाउने विद्युत् प्राधिकरणका दुई जना सञ्चालकलाई सरकारले बर्खास्त पनि गरिसकेको छ ।

    अहिले झन्डै आठ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी उद्योगको बिजुली जोडिएको छ भने यो विषय थप गिजोलिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij