२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रैथाने उद्यम र उत्पादनको संरक्षण गर

रैथाने उद्यम र उत्पादनको संरक्षण गर

रैथाने उद्यम र उत्पादनको संरक्षण गर

रैथाने उद्यम र उत्पादनको संरक्षण गर

रैथाने उद्यम र उत्पादनको संरक्षण गर
आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • पाल्पाली ढाका मुलुककै चिनारीमूलक उत्पादन हो । नेपालीको पहिचानका रुपमा स्थापित ढाका टोपीको कच्चापदार्थ ढाका पाल्पामा उत्पादन हुन लागेको चार दशक भयो । उत्पादनले निकै उत्साह थपेको थियो । अहिले ढाको उत्पादन सुनसान हुँदैछ । तानहरुको ढिकचिक, ढिकचिक आवाज सुनिन छाडेको छ ।


    स्वेदशमा उत्पादन हुने कपडामा पनि अब हामी परनिर्भर हुँदै गएका छौं । स्वदेशका घरेलु तथा साना उद्योगलाई चलायमान बनाउन सकिरहेका छौं । मुलुक व्यापार घाटाले थलिएको छ । हरेक वस्तुमा परनिर्भरता बढ्दै छ । मुलुकमा तीनतहका सरकार छन् । तीन वटै सरकारको ध्यान साना तथा ठूलो उद्योगको प्रवद्र्धन तथा उत्पादित वस्तु उपयोग गर्ने गराउनेतर्फ ध्यान दिएका छैनन् ।


    २०४१ सालतिर तानसेन १ ध्रुवघाटका हरिकृष्ण कार्कीले ढाका कपडा उद्योग खोलेका थिए । पाँच वर्षमै उनको कार्की धागो कपडा उद्योगले फड्को मा¥यो । ढाकाको कपडा बुन्न ५६ वटा तान टाँगेका थिए ।  दुई सय कामदारले काम गर्थे । तर अहिले उनको उद्योगमा कपडा बुन्ने तानको आवाज बज्न छाडेको छ । उद्योग सात वटा तानमा सीमित भएको छ । कामदार पनि सात जनामात्रै छन् । 


    यसले उद्योग सुक्दै गएको संकेत गर्छ । एकातर्फ युवाहरु रोजगारीकालागि विदेश गइरहेका छन् । अर्काेतर्फ हाम्रा उद्योगहरु बन्द हुँदै गएका छन् । राज्यका नीति निर्माताहरु यो विषयमा निकै चुकेका छन् । यसतर्फ बेलैमा सोच्नुपर्ने बेला आएको छ । 
    परम्परागत प्रविधि र रैथाने सीपको प्रयोग गरी मौलिक उत्पादन गर्ने थलोको रुपमा चिनिएको जिल्ला हो, पाल्पा । ढाका मात्रै होइन, राणाकालमा  प्रशासनिक केन्द्र हुँदादेखि नै पाल्पाली बजारमा  मौलिक प्रविधिको प्रयोगबाट उत्पादित काँसको करुवा, माटोको भाँडा र  फलामका औजारहरु बेचिन्थे  । तर ती सीपहरुको  पुस्तान्तरणमा  कसैले ध्यान दिएन ।  यस्ता काम गर्ने जिम्मेवारी स्थानीयतहको हुन्छ । वडामा प्रतिनिधिहरु यस्तै उद्यम विकासमा टेवा पु¥याउँदै रोजगारी स्थापना गर्नमा सघाउ गरुन भन्ने हेतुले चुनिएका हुन् । तर जनप्रतिनिधिले अनुत्पादक क्षेत्रमा बजेट राख्ने र सक्ने काममात्रै गरिरहेका छन् ।


    रैथाने उत्पादनको जगर्ने, सीप हस्तान्तरण तथा बजारीकरणमा सरकारले योजना बनाएर बजेट खर्च गर्नुपर्छ । यो संस्कृतिसँगै उद्यमको संरक्षण गर्ने अवसर पनि हो । यस्ता कार्यमा सरकारहरु चुक्नु हुँदैन । आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेका बेला स्थानीय उद्यम संरक्षणका योजनाल्याई बजेट विनियोजन गरे केही रोजगारी देशमै खुल्ने निश्चित रहेको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij