२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विश्वआदिवासी दिवसका दिन नवलपुरका आठ वटै पालिकामा स्थानीय विदा

विश्वआदिवासी दिवसका दिन नवलपुरका आठ वटै पालिकामा स्थानीय विदा

विश्वआदिवासी दिवसका दिन नवलपुरका आठ वटै पालिकामा स्थानीय विदा

विश्वआदिवासी दिवसका दिन नवलपुरका आठ वटै पालिकामा स्थानीय विदा

विश्वआदिवासी दिवसका दिन नवलपुरका आठ वटै पालिकामा स्थानीय विदा
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • नवलपुर । ३० औं विश्व आदिवासी दिवसको अवसरमा नवलपुरका आठ वटै स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ । 

    नवलपुरमा रहेको कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, गैडाकोट नगरपालिका, हुप्सेकोट गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाले स्थानीय विदा दिएको हो । 

    गैडाकोट नगरपालिकाले राजपत्रमा नै सार्वजनिक विदा दिएको छ भने अन्य पालिकाहरुले कार्यपालिकाको निर्णय अनुसार साउन २५ गते शुक्रबार विश्व आदिवासी दिवसको अवसर पारेर सार्वजनिक विदा दिएको सूचनामा जनाएको छ । 

    नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले साउन २५ गते शुक्रबार आदिवासी जनजातिका अधिकारका सवालमा नवलपुरका राजनीतिक दलका प्रतिनिधि र नवलपुरका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरी मनाउने भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । 

    त्यसैगरी साउन २६ गते नेपाल आदिवासी जनजाति पत्रकार महासंघको २५ औं स्थापना दिवस आदिवासी जनजातिका अधिकारका सवालमा पत्रकार र जनप्रतिनिधिहरुसँग अन्तरक्रिया र शुभकामना आदानप्रदान गरी मनाउने भएको छ भने साउन २७ गते अहिंसा बौद्ध पार्क कावासोतीमा वृद्धा रोपण गरी मनाउने भएको छ । 

    त्यसैगरी नवलपुरका गैडाकोट, विनयी त्रिवेणी लगायतका पालिका तथा वडा स्तरमा पनि विविध कार्यक्रम गरी विश्वआदिवासी दिवस मनाउने भएको छ । 

    विश्वभरका आदिवासी जनजातिहरुले यस बर्ष अगष्ट ९ का दिन ३० औं विश्व आदिवासी दिवस ‘‘संविधान प्रदत्र् अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्र् क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर” भन्ने नाराका साथ मनाउने तय गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij