२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अब्बल रूपन्देही

अब्बल रूपन्देही

अब्बल रूपन्देही

अब्बल रूपन्देही

अब्बल रूपन्देही
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  •  

    रूपन्देही जिल्ला प्रशासन कार्यालय देशमै उत्कृष्ट घोषणा भएको छ ।कार्यसम्पादनमा गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसार उत्कृष्ट सम्पादन गरी रूपन्देही पहिलो भएको हो । गृह मन्त्रालयले हरेक वर्ष ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग कार्यसम्पादन सम्झौता गर्छ । आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ७७ जिल्लामध्ये रूपन्देही जिल्ला प्रशासनले ९८ अंक ल्याउन सफल भयो ।

    जिल्ला प्रशासन कार्यालय भनेको जिल्लाका सबै कार्यालयको मियो हो । यो कार्यालयको आन्तरिक कामको चाप छँदैछ,त्यसैगरी जिल्लाभरका कार्यालयसँग समन्वय र सहकार्य गर्नुपर्ने जिम्मेवारी छ । अझ तहगत सरकारको अभ्यास भइरहेको बेला तीनै तहका सरकार मातहत रहेका कार्यालयसँग समन्वय गरी कामकाज छरितो र चुस्त बनाउन सहजीकरण बनाउने जिम्मेवारी छ । जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनदेखि जिल्लाका कार्यालयले कार्यसम्पादनका क्रममा कुनै समस्या आइपरे सहजीकरण गर्ने जिम्मेवारी पनि भएकाले कामको चाप छ ।

    यी सबै कामको चुस्त व्यवस्थापन गरी उत्कृष्ट हुनुलाई प्रमुख जिल्ला अधिकारीको नेतृत्व कौशल मान्नुपर्छ । कार्य सम्पादन सम्झौता र मुल्याङ्कनले जवाफदेही बन्न प्रेरित गर्छ । काममा प्रतिस्पर्धा हुँदा सेवाग्राहीले लाभ लिन पाउँछन् । सरकारी कार्यालयबाट हुने कामकाजबाट सेवाग्राही जति सन्तुष्ट हुन्छन्, राज्यप्रति उनीहरुको भरोसा र विश्वास बढ्छ । राज्यप्रति भरोसा र विश्वास बढ्नु भनेको राजनैतिक प्रणालीप्रति अपनत्व बढ्दै जानु हो । अहिले नागरिकले हरेक कार्यालयबाट छिटोछरितो र चुस्त सेवा उपलब्ध हुनुपर्छ भन्ने अपेक्षा राख्छन् । कुनै कमजोरी भए त्यसप्रति प्रश्न उठाउँछन् । नागरिकको यो खबरदारीले राज्यका निकायलाई जवाफदेही र जिम्मेवार बन्न प्रेरित गरेको  छ ।

    नेपालको प्रशासन संयन्त्र अझै नागरिकमैत्री बन्न नसकेको, राणाकालीन र पञ्चायतकालीन मानसिकता कायमै रहेको टिप्पणी हुन्छ । राजनैतिक आन्दोलनले गरेको परिवर्तनप्रति प्रशासन संयन्त्रले आत्मसात गर्न नसकेको पनि बेलाबखत छलफल र बहस हुँदै आएको छ । परिवर्तनको आन्दोलनमा लागेको राजनैतिक नेतृत्वमा हुने हुटहुटी कर्मचारी संयन्त्रमा नहुँदा नागरिकका तमाम गुनासा छन् र ती गुनासा हुुनु स्वाभाविकै हो । कर्मचारी संयन्त्रलाई परिवर्तनको मार्गमा हिडाउन नसक्नु राजनैतिक नेतृत्वको पनि कमजोरी हो । संविधान कार्यान्वयनको महत्वपूणर् कडी संघीय निजामती ऐन अझै बन्न सकेको छैन् । संघीय प्रहरी ऐन नआउँदा प्रहरी प्रशासन खलबलिएको छ । राजनैतिक र कर्मचारी नेतृत्वविचमा संयोजनको खाँचो छ ।

    रूपन्देही जिल्लाले पाएको यो उत्कृष्टता आगामी वर्षहरुमा पनि कायम राख्न सक्यो भने जवाफदेही बन्ने संस्थागत प्रयास अझै सबल हुँदैजाने छ । प्रमुख जिल्ला फेरिने बित्तिकै अहिलेको उत्कृष्टता ओरालो लाग्यो भने निराशाका दिन शुरु हुनेछन् । तसर्थ,रूपन्देही जिल्ला प्रशासन कार्यालयलाई अब्बल काम गर्नका लागि प्रेरित गरौं । यहाँको अब्बल काम अरु जिल्ला प्रशासन कार्यालयका लागि पनि प्रेरणादायी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij