बुटवल ।सुनको मूल्य फेरि बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाला सुन शुक्रबार एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि छापावाल सुन बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला एक हजार छ सय ९० मा कारोबार भएको चाँदी शुक्रबार एक हजार सात सय ३० रुपैयाँ कायम भएको छ ।




