२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्कलर्स होममा  ग्रिन डे सेलिब्रेसन

स्कलर्स होममा  ग्रिन डे सेलिब्रेसन

स्कलर्स होममा  ग्रिन डे सेलिब्रेसन

स्कलर्स होममा  ग्रिन डे सेलिब्रेसन

स्कलर्स होममा   ग्रिन डे सेलिब्रेसन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • बुटवल । बुटवल उपमहानगरपालिका ९ मा रहेको स्कलर्स होम बोर्डिङ स्कुलमा  ग्रिन डे सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको छ । 
    बालबालिकाहरूमा प्रकृति र वातावरण संरक्षणको सचेतना प्रदान गर्नका लागि  कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । 


    वातावरण हरियो राख्न तथा प्रकृति र वातावरण संरक्षणको महत्वको बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जानकारी दिए । 

    20937145-c7b7-4bb7-9c71-885aa591ead8.jpg


    प्रत्येक वर्ष गर्ने कार्यक्रम अन्तरगत यो वर्ष पनि साउनमा यो कार्यक्रम आयोजना गरिएको उनले बताए । संस्कार सहितको व्यवहारीक शिक्षा सिकाउँदै गर्दा प्रकृतिको रक्षाको बारेमा जानकारी गराउनको लागि यो कार्यक्रम गरिएको बताए । 


    सो अवसरमा वातावरण संरक्षण सँगै बीउ बाट बिरुवा कसरी बन्छ भन्ने जानकारीमूलक २० प्रकारका हरियो तरकारी र हरियो फलफूलको रुपमा प्रदर्शनी राखिएको विद्यालयका ब्लक ए संयोजक कमला पाण्डेयले जानकारी दिइन् । सो अवसरमा प्री प्राईमेरीका ३०० विद्यार्थीले कला प्रदर्शन गरेको उनले जानकारी दिइन् । 


    कक्षा ४ सेक्सन अर्थका अभिन्या भण्डारीको अध्यक्षता  विद्यालयका प्राचार्य बाबुराम बन्जाडेको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा रोहिणी गापा अध्यक्ष एवं अभिभावक बिद्या प्रसाद यादबको सहभागिता रहेको थियो भने कक्षा ५ का विद्यार्थीहरू आयुस कुमार झा, अभियान पन्त , दीपिका पन्त, दीप्ति तिम्सिना , जेस्मिन अन्सारी लगायतले बोलेका थिए । 


    कार्यक्रमको पूर्वसन्धयामा र्‍याली समेत निकालिएको थियो । विद्यालयमा कक्षा ४ र ५ मा अध्ययनरत २ सय ५० बढी बिद्यार्थीहरु सहभागी  र्‍याली स्कुलबाट सुरु भएर ईटाभट्टि परिसर घुमेर स्कुलमै फर्किएको थियो। विद्यालयका दुई ब्लकमा गरि १४ सय विद्यार्थी तथा १२० शिक्षक कर्मचारी रहेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij