२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छुवाछुत विरोधी क्रान्ति

छुवाछुत विरोधी क्रान्ति

छुवाछुत विरोधी क्रान्ति

छुवाछुत विरोधी क्रान्ति

छुवाछुत विरोधी क्रान्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • पशुपतिमा आयोजित कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेर हिन्दु धर्म र संस्कृतिका बारेमा प्रवचन दिनु र सहभागी भक्तजनले ताली बजाउनु सुखद विषय हो । कोटीहोममा ब्यासमा आसिन भएर प्रवचन दिने उनी दलित समुदायका पहिलो व्यक्ति भएको बताइएको छ । 


    हिन्दु समाजमा जातीय छुवाछुतले गहिरो जरा गाडेको र त्यसलाई कानुनी प्रबन्धबाट पनि उखेल्न संभव नभइरहेको बेला कृष्ण दमाईको प्रवचन र दर्शक दिर्घाबाट स्वागत गर्दै ताली बज्नुले समाजमा परिवर्तनको संकेत गरेको  छ ।


    हिन्दु धर्ममा जातीय छुवाछुतको व्यवस्था छैन् । हुँदो हो त कृष्णलाई अभिनन्दन गरिने थिएन् । समाजमा हिन्दु धर्मको आवरणमा  विकृत अवस्थाले कृष्ण दमाईहरुलाई शुद्र बनायो । समाजमा जातीय खाडल गहिरो भयो । 


    समाजमा हिन्दु धर्मलाई नै कमजोर बनाउने गरी चलेको  छुवाछुत उन्मुलनका लागि कोटी होमको व्यासमा बसेर कृष्णको प्रवचन ठूलो सामाजिक क्रान्ति हो । दलित भनिएका व्यक्तिले छोए सुनपानी छर्कने प्रचलन अझै छ । 


    समाजमा उनीहरुलाई बाहुन क्षेत्री जस्ता उपल्लो जात ठानिनेहरुले गर्ने व्यवहार मानवीय खालको पटक्कै छैन् । यस्तो बेला कृष्ण दमाईको प्रवचन सुनेर ताली बज्नुले आगामी दिनमा समाज नयाँ ढंगले अघि बढ्ने संकेत गरेको छ ।


    अब कृष्ण दमाई जस्ता दलित र अरु बाहुन पण्डितहरुले सगैं प्रवचन दिने र सगैं भोजन गर्ने अभियान चलाउनुपर्छ । धर्मको नाममा चलेको विकृतिलाई हटाउन सक्दा सनातन हिन्दु धर्म  संस्कृति जोगिन सक्छ ।


    छुवाछुत समाजको विकृत प्रथा हो । यो प्रथा हटाउन यस्तै अभियान चलाउनुपर्छ । दलितले बाहुनलाई गाली गर्दैमा हट्ने होइन् । यो अभियानमा दलित, बाहुन क्षेत्री सबै सगैं मिलेर अघि बढ्नुपर्छ । 


    एउटा समुदायले अर्कोलाई गाली गर्दा त्यसले मेलमिलाप होइन, समाजमा झगडाको बीउ रोपिन्छ । समाजमा झगडा चर्कदै जाँदा हिंसाको रुप लिनसक्छ । छुवाछुतलाई धर्मको रुपमा मान्ने कट्टरपन्थीहरु अझै समाजमा छन्, उनीहरुलाई पनि सम्झाएर अघि बढ्नुको विकल्प छैन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij