२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जङ्गली च्याउ खादा गुल्मीमा ८ जना बिरामी

जङ्गली च्याउ खादा गुल्मीमा ८ जना बिरामी

जङ्गली च्याउ खादा गुल्मीमा ८ जना बिरामी

जङ्गली च्याउ खादा गुल्मीमा ८ जना बिरामी

जङ्गली च्याउ खादा गुल्मीमा ८ जना बिरामी
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै रेसुङ्गा वनबाट ल्याएको जङ्गली च्याउ पकाएर खादा रेसुङ्गा नगरपालिका -८ खानीगाउँका ८ जना मानिस बिरामी परेका छन् ।

     सो स्थानका ६५ वर्षीय टोम बहादुर थापा, वर्ष ६२ कि दिल कुमारी श्रीस , उनका ३८ वर्षीय छोरा लक्ष्मण थापा, अर्का २९ वर्षीय छोरा विकास थापा, १० नातिनी दिपिका थापा, अर्की १२ बर्षिया नातिनी बिनिसा थापा, छोरी वर्ष ४२ कि सिर्जना काउछा, अर्की छोरी वर्ष ३९ की गीता थापा बिरामी परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी शंकर पोख्रेलका अनुसार हिजो साँझ त्यस परिवारका ज्वाइँ ओसन काउछाले उक्त च्याउ ल्याएका थिए । च्याउको तरकारी सङ्ग खान खाई सके पछि सबैले बान्ता गरेका थिए । 

     तत्पश्चात् गुल्मी अस्पतालमा ल्याइएको थियो । त्यस अस्पतालले राती १ बजेर १० मिनेट जाँदा आठै जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास रिफर गरेको थियो । 

     बिरामी सङ्गै पुगेका ओसन काउछा सङ्ग अहिले बिहान बुझ्दा सबै जनाको अवस्था सामान्य रहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij