२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बंगलादेशको सैनिक शासनः दुर्भाग्यको सूचक

बंगलादेशको सैनिक शासनः दुर्भाग्यको सूचक

बंगलादेशको सैनिक शासनः दुर्भाग्यको सूचक

बंगलादेशको सैनिक शासनः दुर्भाग्यको सूचक

बंगलादेशको सैनिक शासनः दुर्भाग्यको सूचक
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  •  
    १.बंगलादेश हाम्रो छिमेकी मित्र देश हो ।  बंगलादेशमा हालै राज्य विप्लव भयो । सन् १८७१ मा पाकिस्तानबाट अलग र स्वतन्त्र भई विश्व मानचित्रमा उदय भएको नवीन देश बंगलादेश हो । करिब १६ करोडको हाराहारीमा त्यहाँ जनसंख्या रहेको बताइन्छ ।

     
    २. हालै यही हप्ता बंगलादेशमा राज्य विप्लव भयो । निर्वाचित प्रधानमन्त्री शेख हंसिनालाई आवरणमा देखिएको विद्यार्थी आन्दोलनमा घ्यू, तेल थप्ने पूर्व सैनिक र गैर बर्दीधारी सैनिकहरुकोे पृष्ठपोषणबाट निर्वाचित सरकारको प्रधानमन्त्री पद हिंसा नभड्कियोस्, थप जनधनको क्षति नहोस् भनेर प्रधानमन्त्री पदबाट राजीनामा दिई भारत सरकार समक्ष शरण परिन् । 


    ३.हाल त्यहाँ निर्वाचत सरकारका ठाउँमा सैनिक सरकार स्थापना भएको छ । अर्थात् सैनिक ॅकु’ भएर सैनिक सरकार भएको हो । सैनिक विद्रोह हुनुलाई र  सैन्य शासन हुनुलाई राम्रो मान्न सकिंदैन । यो दुर्भाग्य नै हो । जे भयो हुन नपर्ने भयो । 


    ४.कथित विद्यार्थी आन्दोलनको मुद्दा के हो र के थियो त ? सर्सर्ती हेर्दा सन् १८७१ मा पूर्वी पाकिस्तानबाट स्वतन्त्र र अलग बनाई बंगलादेश बनाउन आन्दोलनमा शरिक भएका र मृत्युवरण गरेका परिवारका सन्ततिलाई हालसम्म राज्यका तर्फबाट आरक्षणमा सरकारी सेवामा प्रवेश गराउने नीतिले हामी विद्यार्थीहरु वा नयाँ युवा पिढी सरकारी सेवाबाट वञ्चित हुनुपर्‍यो, यो खारेज गर भन्ने प्रमुख मुद्दा वा माग रहेको पाइयो । अरु तपसिलमा के के छन् पछि थाहा हुँदै जाला ।

    ५. बंगलादेशको ॅकू’पछि नेपालतर्फ केही कथित  क्रान्तिकारीले भन्दैछन्- अब बंगलादेशमा त ॅकू’ भयो भयो । राम्रो भयो । अब नेपालमा पनि ॅकू’ गर्नु पर्छ र  नेताहरुको झेंको झार्नुपर्छ भनेर सामाजिक सञ्जाल फेसबुकलगायत रंगाउन कोसिस गर्दैछन्  ।


    ६. बंगलादेशको सैनिक ॅकू’लाई स्वागत गर्न सकिन्छ र ? हुन्छ के उपलब्धि यसबाट ? के निर्वाचित सरकारभन्दा सैनिक सरकार राम्रो हुन्छ र ?


    ७. विगत दश वर्षे द्वन्द्वकाल एक किसिमको द्वैध सैनिक शासन काल हो । राजाको सैनिक शासन र नेकपा माओवादीको शासन । कस्तो कहाली लाग्दो रह्यो ।


    ८. कस्तो कहाली लाग्दो हुन्छ सैनिक शासन मुक्त भोगीलाई मात्र थाहा हुन्छ । २०१७ सालदेखि २०४६ चैत २७ गतेसम्म चलेको पञ्चायती शासनकाल राजाकै नेतृत्वमा चलेको सैनिक शासन हो ।


    ९. त्यस्तो सैनिक शासनको स्वागत, सत्कार र पृष्ठपोषण नेपाली जनताले गरेनन् र यस्तो सैनिक शासनलाई नेपालीले स्वागत गर्न सुहाउँदैन । तर जुन कुनै लोकतान्त्रिक पार्टीका नेताको नेतृत्वमा निर्वाचित सरकार बने पनि त्यसलाई नकार्ने, नकारात्मक दृष्टिकोण र विचार राख्नु नकरात्मक विचारको भकारी बन्नु बाहेक अरु केही होइन । कतिपय मान्छेहरु, कुनै पनि घटना परिघटनाको विचारै नगरी स्वागत गर्न पुग्छन् । यो राम्रो प्रवृत्ति होइन ।


    १०. कसैले पनि आफ्नो शिरमा बञ्चरो हानेर मन नपरेका नेता, मन नपरेको सरकार र मन नपरेका दलको विरोध गरेमा आफैँले हानेको प्रहार आफ्नै शिरमा पर्छ । आँखामा खुर्सानी हाले त ढुकुर आफँै मर्छ र मासु खान पाइन्छ भनेर मजाक गर्ने चलन छ । तर आफ्नो आँखामा खुर्सानी हाले त आफ्नै आँखा बिग्रिन सक्छ । ढुकुर मर्ने त कुनै सम्भावना नै हुँदैन । 


    ११. त्यसैले बंगलादेशपछि नेपालमा पनि दुर्भाग्यपूणर् घटना घटाउन सकिन्छ कि भनेर जोखना हेर्न कै लागि कोही कसैैले लेख्न सक्छ, बोल्न सक्छ । तर नेपाली जनता त्यति अबुझ छैनन्, मूर्ख छैनन् ।  लामो समय लडेर प्राप्त गरेको लोकतन्त्र र गणतन्त्र उम्काएर दुलाभित्र हात हाल्ने हाम्रो नेपाली समाज होइन । न्याउरी मारी पछुतो गर्ने पक्षमा नेपाली जनता छैनन् । 


    १२. विषय हो आरक्षण को, विषय हो द्वन्द्वकालमा क्रान्तिका लागि योगदान गरेकालाई निश्चित पेशा व्यवसाय, सुविधा आरक्षण दिनुपर्छ भनेर वृहत् शान्ति सम्झौतामा भनिएको छ । अब कानुन पनि बन्दै छ । सरकार र जिम्मेवार दलहरु सर्प पनि मरोस् र लठ्ठी पनि नभाँचिसोस् भन्ने पक्षमा छन्, मलाई त्यस्तो लाग्छ । तर यहीं कुरामा पनि असहमति राख्ने मान्छेहरु समाजमा हुन सक्छन् । 
    यस्तो मुद्दामा हाटहुट गरेर हतारमा गरिनु हुँदैन । हराएका, बेपत्ता पारिएका पनि नेपाली नागरिक नै हुन् । सबैले न्याय पाउनुपर्छ । न्याय दिँदा आपत्ति जनाउनु हुँदैन । शान्ति स्थापना गरी समृद्धिको यात्रामा सबैले हातेमालो गरी हिंड्नु आजको आवश्यकता हो । अरुको कुरा कटाउनु पहिले हेर्नु र आफ्नो कर्तव्यमा जुट्नु नै आवश्यक छ ।  


    १३. लाशमा सास र आश हुँदैन । तर कोही कोही प्रतिगमनलाई मीठो मान्नेहरु लाशमा पनि आश गर्छन् । त्यो भनेको के हो भने देशमा फेरि राजतन्त्र आउँछ कि भनेर नै हुन सक्छ ? एक आउँदैन, दुई आउँदैन, तीन आउँदैन नेपालमा राजतन्त्रको पुनरावृत्ति हुँदैन । अब त्यो त गैसक्यो लाश भइसक्यो । आर्यघाट गइसक्यो ब्रहम्नाल धराशयी भइसक्यो । अब त्यसबाट आउने भनेको कुगन्ध र दुर्गन्ध हो, सुगुन्ध होइन, सुवास होइन । 


    १४.तर दौंतरीहरु !
    बंगलादेशको घटनाबाट नेपालले पाठ सिक्न सक्छ । 

    १४.१ कतिपय आरक्षण कति वर्ष राख्ने ?
    १४.२ निर्वाचन प्रणाली यस्तै राख्ने कि सुधार गर्ने ?
    १४.३ संविधानको अक्षर र भावना राष्ट्र र जनता भावना राष्ट्र र जनताको आवश्यकता बमोजिम संविधान संशोधन, कानुन संशोधन निर्माण र परिमार्जन गर्न हिचकिचाउनु हुँदैन ।  वर्तमान नेपालको सरकारले त्यहीं कुरामा जोड दिएको पाइन्छ । 
    १४.४ नेपालको संविधान वेद वा  कुरान जस्तो असंशोधनीय छैन, प्रगतिशील छ । 


    १५.निचोडः
    राजा महेन्द्रले २०१७ सालमा सैनिक विद्रोह गराएर ३० वर्ष हुकुमी शासन चलाए । महेन्द्रको पञ्चायती हुकुमी शासनको अन्त्य गर्न ३० वर्ष संघर्ष गर्नु परेको थियो । त्यस्तै ज्ञानेन्द्रको सैनिक शासन पनि त कष्टपूणर् थियो । यसलाई पनि लोकआन्दोलन गरेरै लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो । त्यसैले बंगलादेशको सैनिक प्रतिगमनबाट खुसी हुने र स्वागत गर्ने सवाल हुनै सक्दैन । बंगलादेशको सैनिक ॅकू’ र गठित सैनिक सरकार दुर्भाग्य हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij