२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

यातायात व्यवस्था सेवा कार्यालय  परासीद्वारा २० करोड ३८ लाख राजस्व संकलन

जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • परासी ।पश्चिम नवलपरासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ७ हजार १ सय ५६ रुपैया राजस्व संकलन गरेको छ । यातायात व्यवस्था कार्यालयले सबै भन्दा धेरै सवारी साधन करबाट राजस्व संकलन गरेको हाे ।

    सवारी साधन करबापत १५ करोड ४ हजार ७ सय ५१ रुपैया, सवारी चालक अनुमती पत्र २ करोड ७७ लाख १७ हजार रुपैया, सवारी नवीकरणबाट १ करोड ६४ लाख ४३ हजार ७ सय रुपैया, यातायात क्षेत्रको आम्दानी पटके तथा विविधबाट ४० लाख ६७ हजार २ सय ९० रुपैया, आयकरबाट ५५ लाख ७४ हजार ४ सय १५ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख मुक्ती प्रसाद पाण्डेयले  जानकारी दिए ।

    आर्थिक बर्ष २०७९/८० मा १२ करोड रुपैया राजस्व संकलन गरेको कार्यालयले यश बर्ष करिब ८ करोड रुपैया वृद्धि भएको पाण्डेयले बताए । " 

    उनले भने अघिल्लो बर्ष १२ करोड संकलन भएको थियो । अहिले २० करोड भन्दा बढी छ । हामीले करिब ६६ प्रतिसतको हाराहारीमा यस कार्यालयबाट राजस्व संकलनमा वृद्धि भएकाे  पाण्डेले भने ।

     पाण्डेयकाे अनुसार गत असार महिनामा मात्रै १ करोड २६ लाख ५० हजार ७ सय ९० रुपैयाँ राजस्व संकलन भएको बताए 

    आर्थिक बर्ष २०७८/७९ देखि यातायात व्यवस्था सेवा कार्यालय परासीमा खुलेसंगै कार्यालयले राजस्व संकलनमा निरन्तर वृद्धि भइरहेको छ । सेवा कार्यालयले नवलपरासीका सातै पालिका र रुपन्देहीका केहि पालिकाबासीहरुलाई सेवा लिन सहज भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij