२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ओम्स नेपालको प्रथम महाधिवेशनका लागि मूल समिति र ९ उपसमिति गठन

ओम्स नेपालको प्रथम महाधिवेशनका लागि मूल समिति र ९ उपसमिति गठन

ओम्स नेपालको प्रथम महाधिवेशनका लागि मूल समिति र ९ उपसमिति गठन

ओम्स नेपालको प्रथम महाधिवेशनका लागि मूल समिति र ९ उपसमिति गठन

ओम्स नेपालको प्रथम महाधिवेशनका लागि मूल समिति र ९ उपसमिति गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • बुटवल । बजार व्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल को प्रथम रास्ट्रिय महाधिबेशनका लागि ५० सदस्यीय मूल समिति र विभिन्न ९ वटा उपसमिति गठन भएका छन् ।

    ओम्सको महाधिवेशन भदौ ८ गते बुटवलमा हुने तय भएको छ ।    बुटवलमा बसेको कार्यसमिति वैठकले महाधिबेशनका  लागि संस्थाका अध्यक्ष सुर्य पराजुलीको संयोजकत्व ५० सदस्यीय मूल आयोजक समिति र बिभिन्न उपसमितिहरु चयन गरेको हो । 


    मूल आयोजक समितिमा सहसंयोजक बसन्तराज सिग्देल र सचिब नवराज भुर्तेल रहेका छन् । ४७ जना सदस्य छन् । 
    यस्तै जनक ढकालको संयोजकत्वमा १० सदस्यीय प्रचार प्रसार उपसमिति गठन भएको छ । 

    यस्तै ११ सदस्यीय आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय कोषाध्यक्ष सूर्यप्रसाद पराजुली  रहेका छन् । उक्त उपसमितिमा  गङ्गा सागर पन्थी,सतिश कसौधन,अर्जुन नेपाल,जगदीश घिमिरे ,राम भण्डारी,हिम केसी,झपेन्द्र भट्टराई,पुस्कर आचार्य,भिम भुसाल र झबिन्द्र भट्टराई सदस्य छन् । 
     

    यस्तै ऋषि अधिकारी संयोजक रहेको ४ सदस्यीय अतिथि सत्कार उपसमिति,राम भण्डारी संयोजक रहेको  ४ सदस्यीय स्टेज तथा गेट सजावट उपसमिति, देव प्रसाद शर्मा संयोजक रहेको  ७ सदस्यीय सुरक्षा तथा स्वयमसेवक उप समिति, हरि चुदाली संयोजक रहेको ५ सदस्यीय व्यवस्थापन तथा दर्ता उप समिति गठन भएका छन् ।

    यस्तै विजय पाण्डे संयोजक रहेको ३ सदस्यीय   स्वास्थ्य शिबिर उपसमिति,हरि कुवर संयोजक रहेको ५ सदस्यीय खाना तथा नास्ता उपसमिति र अमर बस्नेत संयोजक रहेको ९ सदस्यीय सुपरिबेक्षण तथा रेखदेख उपसमिति गठन भएको उपमहासचिव जनक ढकालले जानकारी दिए । 

    ओम्स नेपाल मजदुरहरुको ट्रेड यूनियन संस्था जिफन्टसंग आवद्ध संस्था हो । महाधिवेशनमा बजार व्यवस्थापन तथा विक्रि कर्मचारीका हक हित, उनीहरुलाई सामाजिक सुरक्षा सहित सम्मानजनक तलब ,वीमा लगायतका विषयमा छलफल हुने र सरकारलाई श्रमिकमैत्री नीति निर्माणका लागि दवाव दिइने अध्यक्ष सूर्य पराजुलीले बताए ।

    संस्थामा देशभरका करिब ५ हजार जना सदस्य रहेको अध्यक्ष पराजुलीले बताए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij