२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सदस्य विस्तार अभियानमा उद्योग ब्यापार संघ

सदस्य विस्तार अभियानमा उद्योग ब्यापार संघ

सदस्य विस्तार अभियानमा उद्योग ब्यापार संघ

सदस्य विस्तार अभियानमा उद्योग ब्यापार संघ

सदस्य विस्तार अभियानमा उद्योग ब्यापार संघ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • बुटवल । उद्योग ब्यापार संघ बुटवलले उद्योगी व्यवसायी भेटघाट तथा सदस्य विस्तार अभियान सञ्चालन गरेको छ ।

    संघले सदस्य भेटघाट, सदस्य बिस्तार, सदस्य नवीकरण, आजीवन सदस्य वृद्धिको १ हप्ते कार्यक्रम सञ्चालन गरेको हो ।

    केही दिनअघि संघका पुर्व पदाधिकारी र कार्यसमिति सदस्यहरुसंग छलफल र अन्तरक्रियापश्चात संघलाई थप बलियो र सुदृढ संस्थाको रुपमा अघि बढाउने लक्ष्य अनुसार यो अभियान सञ्चालन गरिएको संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

    सदस्य विस्तार अभियानमा अध्यक्ष पाण्डेले संघले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्वदेशी उद्योग, व्यवसायको संरक्ष(ण र राष्ट्रिय पुंजीलाई पहिलो प्राथमिकता दिएर अघि बढेकाले अहिले संघको पहुंच  स्थानीयदेखि प्रदेश र केन्द्रसम्म पुगेको, प्रत्येक क्षेत्रमा संघको सहभागिता हुँदै आएको  र उद्योगी व्यवसायीका समस्या समाधानमा अरु संस्था भन्दा एक कदम अगाडि रहेकोले संस्थाप्रति आकर्षण बढेको  बताए ।

    उद्योगी व्यवसायीले समेत यो संस्थाले साना, मझौलादेखि ठूला सबै वर्ग र क्षेत्रका व्यवसायीका हक अधिकार र समस्या समाधानमा अरु भन्दा बेग्लै भूमिका खेलेको हुंदा आफूहरु सदस्य बनेको बताएका संघका उद्योग उपाध्यक्ष पदम जीसीले बताए ।

    वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, महिला उपाध्यक्ष अन्जु पाण्ड,महासचिव यमलाल मरासिनी,सचिव कोशलराज भण्डारी लगायतले संघले सचिवालय भवन, २०८२ सालमा औद्योगिक प्रदर्शनी लगायतका ठूला कार्यक्रम अघि सारेकाले  सदस्यता विस्तारलाई केन्द्रमा रोखर अभियान चलाएको बताए । 

    उनीहरुले अरु संस्था जस्तो राजनीतिक रुपमा गन्ध आउने नभई सबै विचारमा आस्था राख्ने उद्योगी व्यवसायीको साझा संस्था भएकाले संस्थाप्रति सबैको आकर्षण बढेको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij