२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिनाउमा अनियन्त्रित उत्खनन् रोक

तिनाउमा अनियन्त्रित उत्खनन् रोक

तिनाउमा अनियन्त्रित उत्खनन् रोक

तिनाउमा अनियन्त्रित उत्खनन् रोक

तिनाउमा अनियन्त्रित उत्खनन् रोक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • तिनाउ नदीमा मनपरी उत्खनन् गर्दा भएको गहिरो खाल्डोमा परेर एक किशोरको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पुरानो सडकका १६ वर्षीय विद्यान्स भुसाल तिलोत्तमापार्कदेखि पश्चिमपट्टि डुबेर मृत्यु भएपछि तिनाउमा भइरहेको मनपरी उजागर भएको छ ।


    तिनाउमा मनपरी अहिलेदेखि होइन । धेरै पहिलेदेखि मनपरी उत्खनन् हुँदा नदी अस्वाभाविक रुपमा गहिरिँदै गएको छ । नदी गहिरिँदा जोखिम बढेको छ । बाढी आउँदा दायाँ र बायाँ कटान बढेको छ । नदी उकास क्षेत्र बढ्दा अतिक्रमण बढेको  छ । त्यही बस्ती कटानको मारमा परेको छ । मानवीय जोखिम बढेको छ । तिनाउ नदीमा भइरहेको अनियन्त्रित दोहन रोक्न पटक्कै चासो छैन । प्रहरी प्रशासन त रमिते छन् नै । स्थानीय सरकार नदी संरक्षण होइन, धेरै राजस्व असुलीको धन्दामै रमाएका छन् । नदी जोगाउँदा जीवन जोगिन्छ भन्ने मान्यतालाई आत्मसात गर्न पटक्कै चासो छैन । नदीको दोहन बहुआयामिक प्रभाव देखिन थालेका छन् ।


    नदी दोहनले गहिरिँदै जाँदा त्यसका असर सतहमा देखिइसक्दा दोहन नियन्त्रणमा पटक्कै ध्यान नजानु भनेको आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्नु हो । ठेकेदारले कति परिणामा निकाल्ने, कति क्षेत्रफलमा निकाल्ने, कति गहिराइमा निकाल्ने भन्ने प्रष्ट तोकिएको हुन्छ । मनपरी निकाल्दा भएको खाल्डो १२ फिट गहिरो भएको र त्यही खाल्डोमा जम्मा भएको पानीमा  भुसाल डुबे । उनको मृत्युले ठेकेदारको मनपरी त छर्लङ्ग भएकोले यस्तो मनपरी नियन्त्रण गर्न चासो नजाने हो भने  आगामी दिनमा अझैँ मनपरी बढ्न सक्छ । नागरिकको जीवन प्रधान विषय हो । अहिले डुबेर एक जना किशोरले ज्यान गुमाए । अब बर्खाको बाढीले अझँै ठूलो क्षति गर्न सक्छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij