२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फल्चाले नेवार समुदाय उत्साहित

फल्चाले नेवार समुदाय उत्साहित

फल्चाले नेवार समुदाय उत्साहित

फल्चाले नेवार समुदाय उत्साहित

फल्चाले नेवार समुदाय उत्साहित
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • बुटवल । बुटवलको हाटबजार देखी गोलपार्क जाने सडकको छेउमा रहेको नेपाल परिवार नियोजन संघको छेवैमा परिधिसहितको एउटा भौतिक संरचना बनेको छ । 


    देख्दा घर जस्तो तर ढोका र कोठा नभएको भौतिक संरचना देख्दा यसले आवतजावत गर्नेको ध्यान खिचिरहेको हुन्छ । परिवार नियोजन संघ र कृषि विकास निर्देशनालय बिचमा करिब आधा कठ्ठा क्षेत्रफलमा बनेको यो संरचना हो ‘फल्चा’ । 


    फल्चा भनेको परम्परागत विश्राम स्थल हो । यो खासगरी नेवारी समुदायका जेष्ठ नागरिकहरु एक आपसमा भेटघाट गर्ने, आराम गर्ने स्थान हो । मनोरञ्जनका अन्य साधन नहुने समयमा फल्चामा बसेर भजनकिर्तन गर्नुका साथै अन्य मनोरञ्जनका क्रियाकलापहरु हुने गर्थे । 


    बुटवलको ऐतिहासिक सम्पदा तथा संस्कृतिहरुको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले उजिरसिंह  फल्चा निर्माण गरेको हो ।


    वडा नं. ५ स्थित हाटबजार लाइनको उत्तर तर्फ ढुंगेधारासहितको फल्चाको सोमबार उद्धाटन गरिएको छ । 
    बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको ऐतिहासिक पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उदेश्यले फल्चा  निर्माण गरीएको बताए। 


    नेवार संस्कृति र परम्पराको संरक्षणका लागि फल्चा निर्माण गरिएको बताउँदै उनले अन्य जातजातीको परम्परा, संस्कृति झल्कने संरचनाहरु पनि निर्माणको क्रममा रहेको बताए।
    उनले भने, ‘बुटवलमा हामीले सबै जाती धर्म तथा भाषिको लागि सम्मानजनक बातावरण बनाईरहेका छाँै । फल्चा पनि नेवार समुदायको लागि निकै महत्वको विषय हो । राम्रो प्रतिक्रिाहरु पाएका छौँ । ’


    नगरका विभिन्न स्थानमा फल्चा, चौतारी, विश्रामस्थलहरु निर्माण गरी नगरको ऐतिहासिक तथा सांस्कृति पहिचान उजागर गरीने उनले बताए।


    नगरको सौन्दर्यीकरणका लागि सरसफाइ, छाडा चौपाया नियन्त्रण, मुख्य सडकका दाँयाबाँया हरियाली बनाउने, ठाँउ ठाँउमा पिउने पानी, सार्वजनिक शौचालय निर्माणका कामहरु अगाडी बढेको नगरप्रमुख पाण्डेयले बताए।


    हाटजार जनशक्ति टोल विकास संस्थामार्फत उपभोक्ता समिति मार्फत निर्माण गरिएको फल्चाको लगानी २५ लाख रुपैयाँ रहेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए । उनले फल्चा भवन सहित उजिरसिंह-रामापिथेकसको मूर्ती,  चौतारो व्यवस्थापन र खानेपानीको पधेरो निर्माण भएको बताए । 


    उनले संस्कृतिसंग जोडिएको विषय भएकोले काठमाण्डौबाट कालिगढ बोलाएर नै फल्चामा आवश्यक डिजाईनको काम गरिएको उनले जानकारी दिए । 


    उनले भने, ‘हामीले नेवार समुदायको संस्कृतिसंग जोडिएको विषय भएकोले सानो सानो कुरामा पनि ध्यान दिने भनेर काठमाडौ बाट नै कालिगढ बोलाएर निर्माण गरेका हाँै । हामीले निगरानीमै राखेर यो निर्माण गरिएको हो ।’
    २०८० चैतको अन्तीम तिरबाट शुरु भएको निर्माण कार्य साउनको दोस्रो हप्ता सकिएपनि उद्धाटन भने सोमबार मात्रै भएको उनले जानकारी दिए । 


    नगरका प्रवक्ता रानाले बुटवललाई सबै जातजातीको अपनत्व हुने गरी सांस्कृतिक महत्व झल्काउने खालका संरचनाहरु निर्माण भइरहेको बताए। 


    सार्वजनिक क्षेत्रमा टहरा राखेर चिया पसल सहित बिभिन्न व्यवसाय गरिरहेका चार वटा टहरा हटाएर फल्चा बनाईएको बुटवल वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए । उनले केहीलाई सम्झाई बुझाई गरि र केहीलाई बल प्रयोग गरेर नै भएपनि हटाएर फल्चा निर्माण गरेको जानकारी दिए । उनले बुटवलले कला संस्कृतिका क्षेत्रमा सबैलाइ समेटेर लैजान सांस्कृतिक महत्वका संरचना निर्माणलाई प्राथमिकतामा राखेको बताए।


    लुम्बिनी प्रदेशको कृषि निर्देशनालय गेटबाट बाँया र परिवार नियोजन संघबाट दाँयातर्फ निर्माण भएको फल्चा सहितको संरचना ऐतिहासिक स्थल समेत रहेको स्थानीययहरु बताउँछन् । स्थानीय एवं बुटवल वडा नं. ५ का अध्यक्ष श्रेष्ठले फल्चासंगै रहेको बर पिपल करिब २ सय वर्ष पुरानो रहेको बताउँछन् । उनले २०२० सालतिर शाक्य थरका ब्यक्तिले बनाएको चौतारोलाई पुननिर्माण सहित संरक्षण स्वरुप यो काम गरिएको बताए । 


    बुटवल उपमहानरपालिकाले नेवार सहित अन्य जातीहरुको सम्मानमा बिभिन्न कामहरु गर्दै आएपछि उनीहरुले खुसी ब्यक्त गरेका छन् । बुटवलका नेवार समुदायका अगुवा महेन्द्र श्रेष्ठले बुटवल उपमहानगरपालिकाले नेवारी समुदायको संस्कृति संरक्षणमा काम गरेको भन्दै धन्यवाद ब्यक्त गरे । उनले फल्चा सहित नागरिक बडापत्र समेत तयार पारेकोमा समुदाय सकारात्मक रहेको बताए । अहिलेको पुस्ताले फल्चाको नाम र यसको बारेमा जानकारी दिनको लागि बुटवलले बनाएको संरचनाले विशेष सहयोग पुग्ने उनको भनाई छ । 


    पछिल्लो समय मानिससंग समयको अभावका कारणले भेट्ने लगायतका गतिविधिहरु कम हुँदै जानु र मनोरञ्जनका अन्य साधानहरुको पर्याप्तताले फल्चाको महत्व केही कम भएको मान्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij