२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विमानस्थल सञ्चालनको मार्गचित्र

विमानस्थल सञ्चालनको मार्गचित्र

विमानस्थल सञ्चालनको मार्गचित्र

विमानस्थल सञ्चालनको मार्गचित्र

विमानस्थल सञ्चालनको मार्गचित्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दुईवटा सुखद खबर आएका छन् । एउटा टिकटदेखि इन्धनसम्म सहुलियत दिने र अर्को वैदेशिक रोजगारीको लागि आवश्यक सबैजसो कामहरु अब रूपन्देहीबाटै हुने निर्णय सरकारले गरेको छ । सरकारले गरेका यी दुई निर्णय स्वागतयोग्य हुन् ।


    विमानस्थल सञ्चालनका लागि यी दुई खबरले यहाँका व्यवसायी उत्साहित हुनु स्वभाविकै छ । गौतमबुद्ध विमानस्थलबाट उडान टिकट भए पनि वैदेशिक रोजगारीका लागि जाने युवाले आवश्यक कागजपत्र बनाउन काठमाडौँ जानुपर्ने बाध्यता झेल्दै आएका थिए । अब यहीबाटै सबै काम हुने भएपछि काठमाडौंँ धाउनुपर्नै बाध्यता हट्ने छ । अहिले बुटवलमा श्रम स्वीकृति दिने कार्यालय छ । यही कार्यालयमा थप जनशक्ति व्यवस्थापन गरी कार्यालयको काम विस्तार हुने छ ।  अब वैदेशिक रोजगारीमा जाने युवा स्वास्थ्य परीक्षणको लागि  काठमाडौँ जानुपर्ने बाध्यता हुने छैन । अब स्वास्थ्य परीक्षण, पूर्व प्रस्थान  अभिमुखीकरण तालिमकेन्द्र, सामाजिक सुरक्षा कोष, बिमा, प्रहरीले दिने चारित्रिक प्रमाणपत्रलगायतका काम यहीबाट हुनेछन् । त्यसैगरी, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा विमानस्थल पूर्ण क्षमतामाा सञ्चालनमा ल्याउन हवाइ टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ ।


    विमानस्थल सञ्चालनका लागि सरकारले गरेका यी दुई निर्णय निकै महत्वपूर्ण छन् । अब विमानस्थल व्यवस्थापनको जिम्मेवारी पनि टुंगो लगाउनुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी भ्रमणका बेला भारतसँग सुल्झिन नसकेको हवाई रुटको विषय टुंगोमा पु¥याउन प्राथमिकता दिनुपर्छ । विमानस्थल बनेपछि होटल व्यवसायमा लगानी गरेका यहाँका व्यवसायी अहिले निराश छन् ।

    लगानीको प्रतिफल आउने टुंगो छैन, महँगो बैंक व्याज तिर्न हम्मेहम्मे भएपछि लगानी डुब्ने जोखिमले निराश व्यवसायीलाई उकास्न राज्य सहयोगी बन्नुपर्छ । पछिल्ला केही महिनायता सरकारले चालेका कदमले छिटो विमानस्थल चल्ने वातावरण बन्दैछ । सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान ढिलाइ गर्न हुन्न । निर्णय हुने, तर कार्यान्वयनमा ढिलासुस्ती हुने नेपालको प्रशासनिक प्रवृत्ति छ । निर्णय फटाफट भएझैँ कार्यान्वयन पनि उत्तिकै छिटो हुनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij