२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

युज एण्ड थ्रोमा पारिएका विचरा ! कमरेड

युज एण्ड थ्रोमा पारिएका विचरा ! कमरेड

युज एण्ड थ्रोमा पारिएका विचरा ! कमरेड

युज एण्ड थ्रोमा पारिएका विचरा ! कमरेड

युज एण्ड थ्रोमा पारिएका विचरा ! कमरेड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले आफ्नै पार्टी नेताहरुको आलोचना र घेराबन्दीमा परेका छन् । एउटा उखान छ– ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ ।’ ठीक अहिले क. प्रचण्ड यससैगरी चारैतिरबाट लखेटिन थालेका छन् । ३२ सिटे जाँदुको करामत देखाउँदै आएका प्रचण्डलाई एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी ओली त्यस्तै नयाँ जादुको करामत देखाउँदै सत्ताको कुर्सीबाट गलहत्याई सडकमा ल्याई पछारेका छन् । यसको छट्पटी प्रचण्डमा दिनप्रतिदिन बढ्दो छ । अनेक थरीका आरोप–प्रत्यारोप मात्रै होइन फेरि अर्काे जनयुद्धको धम्की सुनाउँदै हिंड्न थालेका छन् । तर फिस्टा चराको बच्चाको कथा जस्तै अब प्रचण्डका खुट्टी देख्दै पत्याइन्छ कि फेरि उनले अर्काे ‘जनयुद्ध’ गर्ने रे ? झिंगाको श्रापले डिंगा मर्दैन भने जस्तै अब फेरि प्रचण्डको यो धम्कीले कोही पनि डराउनेवाला छैनन् । बरु प्रचण्ड नै दिनप्रतिदिन चारैतिरबाट एक्लिदै छन् । यतिसम्मकि आफ्नै पार्टी नेतृत्व पंक्तिबाट नै एक्लिदै छन् ।


    हाल माओवादी केन्द्रको स्थायी समिति बैठक भइरहेको छ । यसभन्दा पहिले खाली पार्टी अध्यक्ष प्रचण्डको फुर्सदमा मात्र बस्ने यस्तो बैठक यस पटक भने प्रचण्डकै इच्छा बमोजिम कांग्रेस– एमालेलाई तह लगाउने र देखाउन सडकदेखि सदन र सरकारमा समेत संघर्षका लागि बैठक बोलाइएको बताइएको थियो । तर यो बैठकको मोड भने प्रचण्डकै विरुद्धमा जान थालेको छ । हो पनि जुनसुकै बैठक राख्नुको अर्थ खाली आआफ्नो व्यक्तिगत स्वार्थ र कुण्ठा पोख्न र कसैको रिस आवेग साँच्नका लागि मात्र हुँदैन । बैठक बस्नुको मूल अर्थ त पार्टीको विगतको समीक्षा अनि वर्तमानको मूल्यांकन र आगामी कार्य योजना तय गर्नका लागि गरिने हुन्छ । विगत र वर्तमानप्रति आँखा चिम्लिएर खाली व्यक्तिगत स्वार्थ र कुण्ठा पोख्नकै लागि गरिने त्यस्तो पार्टी बैठकले पार्टीलाई सही दिशा प्रदान गर्न सक्दैन । 


    यसपालि पनि प्रचण्डलाई लागेको थियो पार्टी बैठकमा आफ्ना यस्ता केही प्रस्ताव र एजेण्डाहरु राख्ने अनि सबै सदस्यहरुबाट खाली ताली पिटाएर त्यसलाई अनुमोदन गराउने । तर अहिले यो पार्टी बैठकमा त्यो हुन पाएन ।  विगत पार्टीको समीक्षा नगरी खाली तत्कालीन योजना र कार्यक्रम तय गर्ने प्रचण्डको व्यक्तिवादी सोंचमा पूर्णबिराम लगाउने काम भएको छ । यतिसम्मकि स्वयं प्रचण्डलाई नेतृत्वबाट हटनका लागि चुनौती दिइएको छ । पार्टीको चुनावी जनमत कमजोर हुँदाहुँदै पनि किन सत्तामा जान मरिहत्ते गरेको अनि सत्तामा गए पछि पनि कहिले एमाले अनि कहिले कांग्रेसको बुई चढ्दै हिंड्दा हिंड्दै एकाएक कांग्रेस–एमाले दुवैले पल्याङबाजी ख्याएपछि बल्ल मात्र प्रचण्डको बुद्धि फिरेको छ । भन्न थालेका छन् अब सरकारको अफर आए पनि म सरकारमा जान्न । अरु नेताहरुलाई पठाउँछु । यो अंगुर खान हजार प्रयत्न गर्दा पनि नपाएपछि फ्याउराले अंगुर त अमिला रहेछन् भने जस्तै हो । कुनै कारण फेरि मौका आइलाग्यो भने ज्यानजाला प्रचण्डले त्यो छोड्ने वाला छैनन् ।


    निश्चय नै अब माओवादी केन्द्रले प्रचण्डको विगतलाई कोट्याउन नै पर्दछ । प्रचण्डबाट भए गरेका सबैको समीक्षा हुनै पर्दछ । विगतमा भएको सिंगो नेकपा (चौ.म) र पछि मसाल मशाल बीचको फूट र विभाजन । २०४५।०४६ सालमा भएको जनआन्दोलनमा पार्टीको भूमिकाको साथै एकता केन्द्र हुँदै १० वर्षे माओवादी जनयुद्ध । २०६२।०६३ सालको संयुक्त जनआन्दोलन हुँदै संविधानसभाको निर्वाचन र संविधान निर्माण आदि हुँदै पटक पटक प्रचण्डबाट हुने गरेको सरकारको नेतृत्व र हालको पार्टी अवस्था यी सबैको निर्मतापूर्वक समीक्षा नगरी खाली हचुवाका भरमा पुनः पार्टी नेतृत्वमा नै प्रचण्डलाई राखी बनाउने यस्ता नीति कार्यक्रम र योजनाले केही हुनेवाला छैन । फेरि घुम्दै फिर्दै फेरि रुम्जाटार । हात लाग्यो सुन्य मात्र हुनेछ । अझ अहिले पार्टीको यो यस्तो अवस्थामा पनि पुनः पार्टी एकताको नारा अझ नेकपा (एस) सित पनि पार्टी एकताको प्रचार । यो सबै हालको अन्तरपार्टी संघर्षलाई अन्यत्र मोडी आफू पुनः सदाका लागि पार्टी नेतृत्वमा रहिरहने प्रचण्डको षड्यन्त्र मात्रै हो ।
    अहिले पार्टीभित्र प्रचण्डलाई नेतृत्वबाट हट्नका लागि ठूलो दबाब परिरहेको छ । हालको स्थायी पार्टी कमिटी बैठकमा पार्टी नेता जनार्दन शर्माले त्यसका लागि एउटा लिखित प्रस्ताव नै अघि सारेका छन् । त्यसलाई समर्थन गर्नेहरुमा वर्षमान पुन, नारायण काजी, हरिबोल गजुरेल, राम कार्की आदि देखिएका छन् । अन्यथा अरु कुनै जालझेल, षडयन्त्र, लोभलालच आदि केही नगरी खुलम्खुला आआफ्ना मत जाहेर गर्ने दिन हो भने केन्द्रीय समितिको अत्यधिक बहुमत प्रचण्डको विपक्षमा नै हुने देखिन्छ । तर अनेकथरी जालझेल षड्यन्त्र, खुराफाती लोभ लालचा बाँडन माहिर–मास्टर माइन नै भएका प्रचण्डले भने त्यो हुन दिनेवाला छैनन् । अहिले नै नारायण काजी मौन भइसकेका छन् । हरिबोलले फेरि प्रचण्डकै अघि पछि माखा धपाउँदै हिंड्न थालेका छन् । वर्षमान पुनलाई महासचिव बनाउने प्रस्तावमा चुप लागि बस्ने छन् । आखिर जनार्दन शर्मा एक्लै प्रचण्डको निशनामा पारिने छन् । तै पनि जनार्दन शर्माको यो हिम्मतिलो कदमलाई सबैले सम्मान गर्ने पर्ने हुन्छ । 


    वास्तवमा अलिकति राजनीतिक नैतिकता मात्रै प्रचण्डमा भएको भए जनार्दशन शर्माले अहिले यस्तो नेतृत्वबाट हट्ने प्रस्ताव नै राख्नुपर्ने थिएन । जुन दिन कांग्रेस–एमालेले अविश्वास प्रस्ताव पेश गरी प्रधानमन्त्रीबाट हट्न भने त्यही दिन नै प्रचण्डले खुरुक्क पदबाट राजीनामा गरी हट्नु पर्दथ्यो । त्यसको साथै पार्टीमा समेत नैतिकताका आधारमा राजीनामा गरी अध्यक्ष पदबाट हटेको घोषणा गरिसकेको भए सायद पार्टीले उनीप्रति फेरि केही विश्वास गर्ने आधार बन्थ्यो । तर राजनीतिक नैतिकता कुन चराको नाम हो  प्रचण्डलाई के मतलब ? प्रचण्डका लागि राजनीतिक नैतिकता अरुलाई भन्ने र पाठ सिकाउने हो । तर आफूलाई होइन । पहिलेको एउटा उदाहरण भनौ २०४५ साल भन्दा अगाडि नेकपा (मशाल) ले काठमाडौंमा एउटा घटना घटायो । त्यो सेक्टर काण्डबाट चर्चित छ । अर्थात् जनयुद्ध थालनीको नाममा काठमाडौंस्थित तत्कालीन नगर प्रहरी बस्ने केही सेक्टरहरु तोडफोड गराउने काम भयो । त्यो केटाकेटी आए गुगेली खेलाए भने जस्तै भएको थियो । जसअनुसार मोहन वैद्य पार्टी महसचिवबाट हटी त्यसमा प्रचण्ड आएका थिए । हिजो त्यति सामान्य घटनामा पनि त्यस्तो नैतिकताको प्रश्न उठाउने प्रचण्ड तर आज पार्टी यस्तो नाजुक अवस्थामा पुगिसक्दा पनि त्यस्तो नैतिकता देखाएको खोइ ?


    बरु अहिले यसरी सत्ता च्यूत हुनु परेको कारण प्रचण्डले देशी–विदेशी शक्ति केन्द्रका विचौलियाहरुले हो भन्ने गरेका छन् । अझ अहिले त अमेरिकाकै हात रहेको भन्न पनि थालेका छन् । यो आरोप नाच्न नजान्ने आँगन टेडो भने जस्तै हो । तै पनि एउटा सत्यता के होला भने हिजो जसरी प्रधानमन्त्री बन्नका लागि प्रितम सिंह दिल्ली धाएको बताउने प्रचण्ड अहिले त्यस्तै हटाउन  पनि केही दलाल वासिंटन र दिल्ली धाएका पनि हुन सक्छ । हरेक घटना परिवर्तनका लागि मुख्य पक्ष आन्तरिक नै हुन्छ । प्रचण्ड यसरी सत्ता च्यूत हुनुमा मूल कारण आन्तरिक आफैमा छ । देशी विदेशीहरुको हात भन्ने बाह्य पक्ष मात्रै हो । तर यही बाह्य पक्षलाई हाइलाइट गरेर प्रचण्डले आफ्नो आन्तरिक कमजोरी पक्षलाई ढाकछोप गराउँदै छन् । यो प्रचण्डको कमजोरी देखाउनेलाई उनले एमालेको उक्साइट त भनिसकेका छन् । अब विस्तारै उनले यो आरोप जनार्दन पक्षधरलाई अमेरिकी र भारतीय उक्साहट भन्न समेत पछि पर्ने छैनन् । सत्तामा छँदा सदा अमेरिकी र भारतको दलाली र चाकडी अनि सत्ताच्यूत भएपछि फेरि अमेरिकी र भारतीय हात भएको आरोप । यो नेपालका प्रायः सबै दल नेताहरुले भन्दै आएको परम्परा नै हो । नत्र भने वास्तविक देशी तथा विदेशी दलाल को हो र को होइन भन्ने कुरा भारत र अमेरिकाका हरेक गतिविधिहरुले बताइसकेको छ । नेपालमा एमसीसी पारित गरी लागू गराउन सहयोग पु¥याउने अनि भारतलाई नेपालका खोलानाला पुरै सुम्पिने को को हुन् ? सबै छर्लङ्गै छ । बरु अब के हुन सक्छ भने यिनीहरुका लागि प्रचण्ड आउट डेटट अर्थात् थोत्रो । बुढी बाख्रीका जुम्रा जस्तै अब प्रचण्डबाट पाउनु पर्ने केही छैन । त्यसैले साम्राराज्यवादी र विस्तारवादीका लागि युज एण्ड थ्रोमा पारिका विचरा ! प्रचण्ड कमरेड !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij