२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संवैधानिक मर्मअनुसार बजेट ल्याऊ

संवैधानिक मर्मअनुसार बजेट ल्याऊ

संवैधानिक मर्मअनुसार बजेट ल्याऊ

संवैधानिक मर्मअनुसार बजेट ल्याऊ

संवैधानिक मर्मअनुसार बजेट ल्याऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • तहगत सरकार अहिले बजेट निर्माणमा केन्द्रित भएका छन् । संघीय सरकारले आज जेठ १५ गते बजेट ल्याउँदैछ । प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गते बजेट ल्याउँदैछन् । तहगत सरकार बजेट निर्माणको चटारोमा लागेको बेला प्रदेश र संघीय सरकारको मुकाममा बजेट माग्नेको भीड लाग्न थालेको छ । बजेट निर्माणमा सक्रिय हुनुपर्ने अर्थमन्त्री बजेट माग्नेको लस्करसँग कुराकानी गर्दै समय बितेको छ । मुलुक संघीय शासन प्रणालीमा गए पनि हाम्रो मानसिकता नबदलिँदा अझँै पनि बजेटका लागि केन्द्रकै मुख ताक्ने र बजेट बनाउने बेला मन्त्रालय चहार्ने प्रवृत्ति मौलाएको छ । यो प्रवृत्ति शासन प्रणालीकै लागि मजाक हो ।


    तहगत सरकारका जिम्मेवारी, सीमा र उत्तरदायित्व संविधानले प्रष्ट पारेको छ । संवैधानिक प्रबन्धअनुसार स्थानीय तह सेवा प्रवाहको केन्द्र हो । प्रदेश सरकार मझौला विकास आयोजनाको जिम्मेवारी छ । संघीय सरकारले ठूला र रणनीतिक विकास आयोजनाअघि बढाउने जिम्मेवारी छ । संवैधानिक प्रबन्धअनुसार तहगत सरकार सञ्चालन हुनुपर्नेमा संघीयताको मर्म विपरीत संघीय सरकारले साना स्थानीय तहले विनियोजन गर्नुपर्ने योजनाका लागि बजेट विनियोजन गरेर संघीय शासन प्रणालीको धज्जी उडाएको छ । अझ प्रदेश सरकारहरु मनपरी ढंगले चलेको बारे आलोचना हुँदै आएको छ । स्थानीय तह कतिपय बाहेक आर्थिक अनुशासनमा बाँधिन नसक्दा मनपरी मौलाउँदा अराजकता श्रृजना भएको छ । संघीय सरकारले नै साना  र टुक्रे योजनामा चासो राखेर बजेट विनियोजन गर्दै आएकाले गाउँ—गाउँबाट बजेट माग्दै सिंहदरबार पुग्नेको लर्को छ । प्रधानमन्त्री र अर्थमन्त्रीले यो पालीको बजेट संघीयताको मर्मअनुसार आउने बताइरहेका छन् । कर्मचारी प्रशासनको केन्द्रिकृत मानसिकता र नेताहरुको योजनामा भन्दा मागका आधारमा बजेट विनियोजन गर्ने प्रवृत्ति योपल्ट पनि हटिहाल्ला भन्न सकिंदैन । यद्यपी प्रधानमन्त्री र अर्थमन्त्री सार्वजनिक रुपमै बोलेकाले विश्वासका केही आधार छन् । 


    प्रदेश र स्थानीय तहलाई दिशानिर्देश गर्ने संघीय सरकारले हो । संघीय सरकारले टोल—टोलमा पुग्ने सडक र टोलका साना मन्दिरका लागि पनि संघीय सरकारले नै बजेट विनियोजन गर्ने हो भने संघीय सरकार बाटो बिराएको बटुवा झैँ हुन्छ । बजेट नतिजामुखी हुन्न् । संघीय सरकार बाटो बिराएको बटुवा झैँ भएपछि प्रदेश र स्थानीय तह पनि अलमलमा पर्दछन् । मागका आधारमा नभई संवैधानिक मर्मअनुसार संघीय सरकारले बजेट ल्याउने हो भने मुलुकको समृद्धिका लागि ढोका खोल्छ । प्रदेश र स्थानीय सरकारका लागि पनि बाटो देखाउँछ । अहिले प्रदेश र संघीय सरकारको मुकाममा लागेको भीडका आधारमा हैन, यो व्यवस्थालाई संस्थागत गर्ने गरी अघि बढ्नुको विकल्प छैन ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij