२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बदलिँदो सुस्ता

बदलिँदो सुस्ता

पूर्वाधार विकासले सुस्तावासीको दैनिकी सहज हुँदै गएको छ । नारायणीमा झोलुङ्गे पुल बनेपछि सुस्तावासीको दैनिकी सहज मात्रै भएको छैन, नेपालको लामो पुल हेर्न आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ।

बदलिँदो सुस्ता

बदलिँदो सुस्ता

पूर्वाधार विकासले सुस्तावासीको दैनिकी सहज हुँदै गएको छ । नारायणीमा झोलुङ्गे पुल बनेपछि सुस्तावासीको दैनिकी सहज मात्रै भएको छैन, नेपालको लामो पुल हेर्न आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ।

बदलिँदो सुस्ता
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • परासी । दुःखै दुःख झेलेका सुस्तावासीको अहिले दैनिकी सहज हुँदैछ । बिजुली, सडक, विद्यालयको निर्माण र पहुँच विस्तार भएपछि अहिले नारायाणी नदीमा झोलुङ्गे पुल सञ्चालनमा आएको  छ । डुङ्गाबाट जोखिमपूणर् यात्रा गर्दै आएका नागरिकलाई अहिले नारायणी तर्न सहज भएको छ । 


    नारायाणी नदीमा पुल नहुँदा सुस्तावासी डुङ्गाबाट नारायणी तर्थे । त्यसपछि गाउँपालिका केन्द्र र जिल्ला सदरमुकाम परासी एवं अन्य विभिन्न काम सकेर फर्कन्थे । नारायणी नदीमा झोलुङ्गे पुल सञ्चालनमा आएपछि भारतीय पक्षबाट पटक-पटक अतिक्रमणको चपेटामा परेको सुस्ता सामान्य कामको लागि पनि भारतको भर पर्ने अवस्थाको अन्त्य भएको सुस्ता बचाउ अभियान कार्यबहाक अध्यक्ष  एवं वडा नम्बर ५ का वडासदस्य आदम खानले बताए ।


    ॅपुल नहुँदा हामी भारतीय बाटो भएर हिंड्नु पर्दथ्यो । त्यसबेला भारतीय सीमा सुरक्षा फौज एसएबसीले गाली गर्दा चुप लागेर हिंड्थ्यौं । पुल निर्माण भई सञ्चालनमा आएपछि सुस्तावासीलाई सजिलो भएको छ, पुल बनेपछि छरितो पनि भएको छ ।’-उनले भने  । 


    नारायणी नदी पुल नहुँदा सुस्ताका पारिका विद्यार्थीहरु वारिका स्कुलमा पढ्न आउने भारतीय बाटो प्रयोग गर्थे । डुङ्गाको कष्टपूणर् यात्रा गर्न बाध्य थिए । अब उनीहरुका ती कष्टका दिन सकिएका छन् । ॅबल्ल हामीले विकास देख्न पाएका छौं, राज्यको अनुभूति गर्न पाएका छौँ ।’-स्थानीय जयनारायाण शाहले भने ।


    करिब रु २३ करोड लागतमा निर्माण सम्पन्न भएको  पुलको एक हजार पाँच सय ७१ मिटर लम्बाई छ भने चौडाई १ दशमलवल ६ मिटर रहेको छ ।  २०७२ सालमा निर्माण सुरु भएको भए पनि ठेकेदारको लापरबाहीले ढिलाइ भएको हो ।
    त्यस्तै, नेपाल सरकारको वैकल्पिक सौर्य उर्जा विभाग र गाउँपालिका मिलेर अहिले एक सय किलोवाटको सोलार मिनिग्रिड जडान गरिएको छ । संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्माण गरिएको मिनिग्रिडले अहिले सुस्तालाई झिलीमिली बनाएको छ । सबैका घरमा बत्ती बलेको छ । सडक बत्ती र साना कुटिर उद्योगलाई समेत पुग्ने गरी विद्युत् पुगेको छ । 


    गरिब र विपन्नका लागि सुस्तामा सरकारले आवास निर्माण गरिदिएको छ । संघीय सरकारको लगानी र प्रदेश सरकार तथा गाउँपालिकाको  समन्वयमा दुई सय ५० वटा आवास निर्माण भएका छन्  । 


    सघन सहरी विकासको कार्यक्रमले अहिले चार हजार ६ सय मिटर सडक आरसीसी गरिदिएको छ । त्यहाँको खानेपानीको अवस्था सुधार गर्न ओभरहेड ट्याङ्की निर्माण भएको छ  । पहिले रहेको एउटा स्वास्थ्य इकाई जनशक्तिको अभावमा सञ्चालन हुन सकेको थिएन । अहिले गाउँपालिकाले स्वास्थ्यकर्मीको व्यवस्थापन गरिदिएको छ । स्वास्थ्य इकाई अहिले २४सँै घण्टा सेवा भएको छ । त्यस्तै, गाउँमा नै सशस्त्र प्रहरीको बीओपी निर्माणको काम अगाडि बढेको छ । 
    यता सिँचाइका लागि किसानलाई सोलारबाटै बोरिङको व्यवस्था भएको छ  । 


    सुस्ताको विगत        
    तत्कालीन राजा महेन्द्रले २०२२ सालमा सुस्तामा चार सय परिवारको बस्ती बसाले । त्यसपछि यहाँका बासिन्दा सधैँ भारतीय पक्षबाट कुटपीट र थिचोमिचोमा परे ।
    २०२७ सालमा नापनक्सा गर्न खटिएको टोलीलाई नै भारतीय पक्षले लखेटेका थिए । सरकारले प्रहरी परिचालन गरेर नापनक्सा गरी २०३१ सालमा जग्गा धनीपुर्जा वितरण गरेको थियो । त्यसपछि स्थानीय ढुक्क भएर बसेका थिए । २०३४ सालमा नारायणी नदीले धार परिवर्तन गर्दा बस्ती बगरमा परिणत भयो, स्थानीय बिचल्लीमा परे ।
    सरकारले अधिकांश बाढीपीडितलाई सुरक्षित स्थान भन्दै नारायणी नदीवारि स्थानान्तरण गर्‍यो । तर खनजोत र वर्षभरि गरीखाने जग्गा नारायणी पारि भएकाले विस्थापितहरू बिस्तारै फेरि पुरानै थातथलो फर्किएका थिए ।


    २०४० सालमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा पसेर अतिक्रमण गर्नुका साथै दुव्र्यवहार गर्न खोज्दा सुस्तावासीले लखेटेका थिए । त्यसैलाई कारण बनाएर १० र १५ जना युवाविरुद्ध वारेन्ट जारी गरेर जुनसुकै समयमा पनि पक्राउ गर्न सीमा सुरक्षा बललाई निर्देशन दिएको थियो । 
    सुस्ता गाउँपालिका-५, सुस्तामा करिब पाँच सय घरधुरी छ । वर्षौंदेखि बसोबास गर्दै आएका अधिकांशसँग नागरिकता छैन । सुस्तामा ३ सय ५० जना मात्र मतदाता रहेका छन् । उनीहरुले अब सरकारले नागरिकता दिनुपर्ने माग गरेका छन् ।


    पश्चिम नवलपरासीको नेपाल-भारत सीमामा १६ वटा सीमास्तम्भ छन् । जिल्लाको सनहीदेखि कुडियासम्म सीमास्तम्भ भए पनि सुस्ताको २४ किलोमिटर क्षेत्रमा सीमास्तम्भ छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij