२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बजेट खर्च गर्ने क्षमता बढाऊ

बजेट खर्च गर्ने क्षमता बढाऊ

बजेट खर्च गर्ने क्षमता बढाऊ

बजेट खर्च गर्ने क्षमता बढाऊ

बजेट खर्च गर्ने क्षमता बढाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ  ११ खर्ब ४० अर्ब  ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ  ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब  २८ करोड अर्थात १९.७४ प्रतिशत रहेको छ ।


    यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो । अर्थतन्त्र शिथिल रहेको र तत्काल छलाङ मार्ने अवस्था नरहेकोले संशोधित अनुमानलाई ख्याल गरेर बजेट ल्याउन अर्थमन्त्री चुकेका छन् । स्थानीय तहलाई बजेट बढाइएको छ, तर स्थानीय तहमा काम गर्नका लागि जनशक्ति व्यवस्थापन नहुँदा बजेट कार्यान्वयन प्रभावकारी हुन समस्या छ । स्थानीय तहले नतिजामुखी ढंगले बजेट खर्चको अपेक्षा गर्ने हो भने जनशक्ति व्यवस्थापन पहिलो शर्त हो ।


    ६ प्रतिशतको आर्थि वृद्धिको लक्ष्य लिनु सकारात्मक भए पनि यो यथार्थबाट टाढा छ । विकास आयोजनाको लागि विनियोजन भएको बजेट खर्च गर्ने सामथ्र्यको बलियो नभइरहेको बेला र अर्थतन्त्र शिथिल भएकाले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न संभव छैन । राजस्व संकलन भन्सार केन्द्रित भएको र उपभोग गर्ने युवा जनशक्ति विदेश पलायन भइरहेकोले भन्सार राजस्वमा तत्काल सुधार आउने अपेक्षा गर्न सकिंदैन । कमजोर निर्यातलाई बढाउने बलियो संयन्त्र बनाउन सरकार चुकेको  छ । कृषिजन्य र औद्योगिक उत्पादनको निर्यात बढाउने गरी कार्यक्रम सञ्चालन गर्न सरकार चुकेको  छ । तेस्रो मुलुक निर्यात गर्न संभव हुने र भारत तथा चीनमा निर्यात गर्न सक्ने उत्पादनको  संभाव्यता अध्ययनसँगै उत्पादन बढाउनेकार्यक्रम अघि बढाउन सरकार चुकेको छ ।
    बजेटमा लुम्बिनी प्रदेशमा केही दुरगामी महत्वका आयोजना अघि बढाउनले उल्लेख छ । अर्थमन्त्री पुनले २ सय ८० मेगावाटको नौमुरे जलविद्युत् आयोजना शुरु गर्ने घोषणा गरेका छन् । त्यसैगरी, दमौली न्यू बुटवल, न्यू बुटवल-लमही, लमही-दोधारा ४ सय केभी प्रसारण लाइनको विस्तार गरिने उल्लेख छ । न्यू बुटवल-गोरखपुर ४ सय केभी प्रसारण लाइन सम्पन्न गर्ने घोषणा अर्थमनत्रीले गरेका छन् । बुटवलमा सूचना प्रविधि पार्क बनाइने भएको छ । गुरिल्ला टे«ल र बुद्ध परिपथ बनाउने बजेटमा उल्लेख छ । यीसहित समग्र पर्यटन पूर्वाधारका लागि ५ अर्ब ४६ करोड विनियोजन गरिएको  छ ।


    पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत गोरूसिंगे-बुटवल, भालुवाङ- लमहीको काम सुरु गर्ने अर्थमन्त्रीले बताएका छन् । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन गरिएको  छ । लुम्बिनीलाई बर्थिङ हब बनाउने सरकारको तयारी छ । बजेटमा आएका यी विषय नाराका रुपमा नभएर नतिजादेखिने गरी कार्यान्वयनमा आउनुपर्छ । नौमुरे र कालीगण्डकी-तिनाउ डाइभर्सनको विषय कार्यान्वयन गर्ने भन्दा नाराको रुपमा बढी आएको देखिन्छ । यद्यपी बजेट कार्यान्वयन गर्ने सरकारी संयन्त्रलाई फराकिलो बनाउँदै सरकार अघि बढ्यो भने अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij