२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

म हराएको शहरमा तिमी नआउनु

म हराएको शहरमा तिमी नआउनु

म हराएको शहरमा तिमी नआउनु

म हराएको शहरमा तिमी नआउनु

म हराएको शहरमा तिमी नआउनु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • काशिनाथ गौतम
    भर्खर गाउँबाट शहर छिरेको एक युबा बाटो छिचोल्दै छिचोल्दै शहरको मध्य भागमा आइपुगेको छ । उसले गाउँको दुःख कष्ट बेदना सपना बोकेर शहर पसेको हुनु पर्छ । सुन्दर सपना उज्यालो भविष्य खोज्दै शहर पसेको छ । उसले सानोमा किताब पढ्दा थाहा पाएको थियो शहरमा सबै सुविधा छ । गाउँमा भन्दा धेरै सुविधा भएको कारण शहरमा  भीडभाड बढेको भान हुन्छ । शहरका गल्ली देख्छ आलिसान भवनहरु देख्छ तर उसलाई थाहा छैन शहरको बाटो कस्तो छ । कसरी चलेको छ शहर उसलाई थाहा छैन । उसले देखेको छ । आफ्ना सुन्दर सपनालाई जीवनमा परिर्वतन गर्ने उसलाई थाहा छैन शहर हुनु र गाउँ हुनुमा फरक उसलाई यती मात्र थाहा छ सबै सुबिधा शहरमा छ । त्यही शहरमा आज उ एकलै आइपुगेको छ । त्यही शहरको बाटो हिंड्दा हिंड्दै कति मानिस हराइसके कतिले हिंड्दा हिंड्दै बाटो छिचोलेर उद्देश्यमा चुम्न सके कोही बाटो पत्ता लगाउन नसकेर बाटो बाट नै बेखबर बेपत्ता भए कती अधुरा सपना बोकेर  गाउँ फर्किए यो शहरले कुनै लेखाजोखा गरेको छैन । के शहर गाउँ जस्तै छ ? आफैँलाई प्रश्न गर्छ । उसका दिन गन्ती सुरु भएका छन् । धुवाधुलोसँग चिनारी गर्दैछ । 


    गाउँको सफा हावा शहरको धुलो हावा भन्ने बुझ्दैछ । गाउँको मूलको पानी शहरको  जार बोतलको पानि भन्ने बुझ्दैछ । गाउँमा त्यसै बगेर खेर जाने पानि शहरमा बोतलमा ३० पर्दोरहेछ ।  गाउँमा  छिमेकी अन्टीले भैंसीको दूध एक गिलास त्यसै दिने  शहरमा १०० रुपैयाँ पर्दोरहेछ । गाउँमा गोठमा पाउने दूध शहरमा डेरी दुःध बुझ्दैछ । गाउँमा औचोपैचो शहरको नगद पैसा भन्ने कुरा बुझ्दैछ । उसले बिस्तारै शहर चिन्दैछ । बिहानको समयमा गाई, बाख्राको गोठालो हिंड्ने गाउँमा शहरमा कुकुरको गोठालो जाने बुझ्दैछ । गाउँमा महिला गुनियो चोलीमा देखेको उसले शहरमा नाइटो, तिगा्र देखाउँदै हिडेको देख्दै छ । आज उसले आकाशे पुलमा बसेर चिहाइ रहेको छ । आज शहर गाउँको तुलना गर्दैछ, सबै ब्यस्त देख्छ आफूलाई हेर्छ । शहर सभ्य र सुस्कृत हुनु पर्ने थियो तर यहाँ अराजक र दण्डहिनता मौलाएको जस्तै देखिंदैछ । यहाँ मानिसको मूल्य रहिनछ । 


    यहाँ पैसा नहुनेलाई पशुको व्यवहार गरिने रहिछ । हिजो गाउँबाट सँगै आएको साथीले साथी भुल्दो रहेछ । तिमिलाई गाह्रो केही भए सम्झनु भन्ने दाजुभाइ, इष्ट मित्र एकाएक सम्पर्कविहीन हुँदोरहेछन् ।  आज उसलाई आज कहाँबाट कहाँ ल्याई पुग्यौ, समयले गाउँमा हिंड्दाको बाटो र शहरको बाटो हिंड्दाको अनुभव बटुल्दै छ । 


    कल्कलाउँदो उमेर, चढ्दो बैंशको रापले शहर छिरेको रनभुल्ल छ । कहाँ जाने, कसो गर्ने  मान्छेहरुको ठेलमटेल भिड, श्वासप्रश्वासै रोकिने फोहरका थुप्रा, घरिघरि सडक जाम गराउँदै गुड्ने मन्त्री सांसदका गाडीहरु यहाँ उनीहरुलाई रोक्न सक्ने कोही छैन । हिजो गाउँमा नमस्कार गर्दै मलाई भोट दिएर जिताउनु होस् म गाउँको विकास गर्छु भन्दै हिंड्ने सांसद जितेसँगै गाउँ फर्किएका छैनन् । यही शहरको कुनामा हुनु पर्छ तीनिहरु,  मलाई अब चिन्ने छैनन् ।


    हिंड्दै पुगिने अँध्यारा गल्लीहरु, गल्लीमा फोहोरको थुप्रो, ओहोरदोहोर गर्ने जगल्टे, मुन्द्रे युवाहरु बेस्वादसँग दलिएका युवतिका ओठका राता लालीहरु, सडक पेटीमा चुरोट, चकलेट, कपडा बेच्न बसेका डाले र नाङ्ले पसलेहरु अनगिन्ती छन् । 
    दृश्यजो बुझन् सक्दैनन,् चेतनाहरुले र अनुभव गर्न सक्दैनन् । मान्छेको भीड, भीडसँगै अभाव बढेको देखिन्छ, अभावले बढाएको छ अराजकता । काठमाडौं देशको राजधानी, हरेक नेपालीको सपना दर्दनाक शहर । त्यहि शहरमा विभिन्न जिल्लाबाट आफ्नो नयाँ जिन्दगी बाँच्नको लागि आउनेको एउटा परिवेश आफैँमा कहाँलिलाग्दो छ । मैले सुनेको छु, सरकार यहीँ कतै छ रे । सरकार कस्तो हुन्छ, एक पटक हेर्ने रहर छ । मैले गाउँको दुःख सुनाउनु छ । बत्ती नभएको, अस्पताल नभएको, स्कुल नभएको, बाटो नभएको सबै सरकारलाई सुनाउनु छ । यो सरकार गरिबहरुको सरकार हो  भन्ने सुनेको छु  त्यसैले गरिबहरुका कुरा सुन्छ रे ।


    ठूलो महलको साँगुरो कोठा, एउटै भान्छा, सुत्ने बेड बिस्तारा, कपडा छरपस्ट किताब कपि यत्रतत्र अलपत्र परेका छन्, किताबले उसलाई हेरिरहेको छ । कति दिनदेखि कोठामा खाना पाकेको छैन । कपडाहरु ढुसी परेका छन् । कोठाले उस्लाई गिज्याइ रहेको छ । भित्तामा झुडिको भित्ते पात्रो हेर्छ, शहर आएको  महिनौ भइ सक्यौ । शहर हिंड्दै गर्दा आमाले भन्नु  भएको सम्झन्छ–“छोरा त्यो शहर हामी जस्तो गरिबको लागि हैन, हामी अटाउँदैन ।” जसोतसो यतै खाउँला, यतै बसेर पढौंला भनेको आज जस्तो लाग्छ । एकाएक दिमाखमा सल्बलाउँछ । धेरै कुरा साँेच्न बाध्य बनाउँछ । निदाउन चाहान्छ, निदाउन सक्दैन । कोठामा एकलै पल्टिरहेको छ । सपनासँग पौठाजोरी खेल्दैछ । सोँचेको सपना सपनामा सीमित रहनेहो यात सपनाले पनि केही मार्गदर्शन गदर्छ । यस्तै यस्तै मनमा खेलिरहेको छ । 


    हुनत यहाँ जति बोल्न जति सजिलो छ पढ्न त्यती नै गाह्रो छ । पढ्न जति सरल त्यसलाई व्यवहारमा उर्तान त्यती नै गाह्रो हुँदोरहेछ । काम गर्दा त्यती नै दुःख झेल्नु पर्दोरहेछ । आखिर जीवन तीन घण्टे फिल्म पनि त होइन रहेछ, त्यति सजिलै जिउन सकिने । नत यहाँ फिल्ममा जस्तो देखिने परिर्वतन नै भएको छ । त्यसैले त मनभित्र असाध्यै धेरै कुराहरु खेल्दोरहेछ । दिमाग भित्र अनेकन विचारहरु सल्बलाउँदा रहेछन् । मन र मस्तिष्कका ती सबै बहुरुपी, बहरङ्गी र  भावना र विचारहरुलाई आत्मसात गरेर सुन्दर जीवनमा सजाउन आफैँभित्र अनेक बाधा, व्यवधान र चुनौतीहरु छिचोल्दै र सामाना गर्ने इच्छाशक्ति, विचार र योजनालाई अरुले देखाएर र डो¥याएर सफल र सार्थक जीवन चुम्न नसकिदो रहेछ । खान, पिउन, बस्न र सुत्न पाएर मात्र जीवनलाई नपुग्दो रहेछ । यी त हरेक जीव जन्तुले पाउँछन् मानिसलाई त स्वतन्त्रता चाँहिदो रहेछ । स्वतन्त्रता भित्र माया ममता सदभाव सदविचार र सम्मान पनि नभइनहुँदो रहेछ । आखिर शहर र गाउँमा के परिर्वतन पाउन सकिन्छ । इच्छा शक्ति र चाहानाले मात्र सबै कुरा पूरा हुन नसक्दो रहेछ । 


    बिहानको चिसो चिसो मौसम मानिसहरुको चहलपहल बढ्न थालेको छ । रोडको साइटमा ठेला राखेर बसेका पसलमा मानिसको भीड बढ्दो छ । मानिसको गाइगुइ सुरु भएको छ । मानिसको व्यस्तता बढेको छ । केही थरी मानिसको बिहानदेखि साँझसम्म चर्चा, त्यही राजनीतिक दलको बुढाहरुको पक्ष विपक्षमा राजनीति गफ गर्छन्, मान्नु सरकारले उनीहरुलाई गफ गर्नको लागि मात्र तलब भत्ता दिएर राखेको छ । एक अर्काप्रति रोस पोख्दछन् । मानौ यहाँका जनताको खेती नै राजनीतिक हो । 
    यही राजनीतिले उनीहरुले पेट पालिरहेका छन् । यहाँ राजनीतिलाई दुहुनो गाई बनाएर पेट पाल्नेहरुको ठूलो भीड छ । सबैको हातमा पत्रिका देखिन्छ । पत्रिकाका अगाडि पेजमा भ्रष्टचार, बलत्कार हेड लाइन बनाइएको छ । यहाँ हिजो आज शहरमा हत्या, हिंसा, बलत्कार सामान्य भैसक्यौ, भ्रष्टचार गर्नु, बलात्कार गर्नु कुनै नौलो घटना होइन । जनतालाई सामान्य लाग्न थालिसकेको छ । शहरमा लाजसरम, नैतिकता हराइसकेको जस्तो देखिन्छ । नैतिकता, इमान्दारिता केबल शब्दमा मात्र रहेको छ । यती हुँदा पनि शहर  आउनेको भीडभाड बनेको छ । उ पनि त्यही भीडभाडमा हजारौं सपना बोकेर भौतारीरहेको छ । कहिलेसम्म त्यो भीडमा रहने हो, उ आफैँलाई थाहा छैन ।


     आमालाई घर फोन गरेर भन्छ–आमा मैले साँेचेजस्तो रहेनछ, शहर । गरिबको लागि त शहर जहर नै रहेछ । स्वार्थले भरेको शहर रहेछ । मानवता हराएको रहेछ । यो मानवता हराएको शहरमा मैले कसरी आफूलाई राख्न सक्छु । आज मेरा सपना हराएका छन् । आमा तपाईंको  खुसी लिन आएको म आफैँभित्र हराएको छु । 


    गाउँको दुःख मेटाउँछु भनेर शहर आएको म झन धेरै दुःख झेलिरहेको छु । म यति ठूलो शहरमा एकलो भएको छु, शहर आएसँगै मैले आफैँलाई चिन्ने मौका पाएँ, त्योभन्दा बढी आफन्तलाई चिन्ने मौका पाएँ, आफ्नो हैसियत थाहा पाएँ, पैसाको मूल्य थाहा पाएँ, मैले शहरको पानीको मूल्य थाहा पाएँ, हावाको महत्व थाहा पाएँ । आमा तपाईंले भनेजस्तै यो शहर हाम्रो लागि बनेको रहेनछ । मलाई माफ गर अब तिम्रो शहर आउने छैन । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij