बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरमा अवस्थित क्यानन मा. वि. ले श्रुतिलेखन कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो बार्षिक शैक्षिक क्यालेन्डर अन्तर्गत शुक्रबारीय कार्यक्रम गरिएको हो ।
विभिन्न तहमा गरिएको कार्यक्रममा प्ले ग्रुप देखि कक्षा एक सम्म कक्षागत टेस्टिङ टेस्ट प्रतियोगितामा प्ले ग्रुप बाट साइमन ठाडा, प्रिन्सा खन्डालु र प्रशम्सा घिमिरे, कक्षा नर्सरी बाट दिक्षा थारु, मिलन सोतिमगर र सोनिस नेपाली, कक्षा एल. के. जी बाट शुसान्त जि. सी, अरबिन पुन र आकांक्षा ज्ञवाली, कक्षा यु. के. जी रोज बाट आर्यन अधिकारी, प्रतिमा थापा र इन्सु सोति कक्षा यु. के. जी जस्मीन बाट गौरभ राना, बिविसन पराजुली र सम्भव ज्ञवाली, कक्षा एक स्काई बाट अन्सु बस्नेत, कृतिका ढुङगाना र सेजल थारु, कक्षा एक स्टार बाट शिसिर महत, सेजल घिमिरे र सेन्सा ज्ञवाली क्रमशः प्रथम, द्वितिय र तृतिय भएका थिए ।
यसैगरी प्राइमरी, नि.मा.वि र मा. वि तहमा गरेको श्रुतिलेखन कार्यक्रममा पनि कक्षागत रुपमा मुल्याङकन गरिएको थियो भने कक्षा २ बाट एरोन खनाल, कृतिमा गिरी र प्रमिस क्षेत्री क्रमशः प्रथम, द्धितिय र तृतिय भएका थिए ।
कक्षा ३ बाट सायना राना, रोजिना क्षेत्री र प्रशान्त पान्डे /शार थापा कक्षा ४ बाट इसानी पान्डे, विवेक फुलेल/दिपिका आचार्य र आयुष्का अर्याल, कक्षा ५ बाट आरध्या सापकोटा, सुप्रिम रिजाल/सोर्णिम थापा र अनमोल थापा कक्षा ६ बाट आयदिन गौतम, अजिता ज्ञवाली र प्रकृति परियार कक्षा ७ बाट युमिन आले, नवकृति डुम्रे र दिपशिखा खरेल कक्षा ८ बाट अपेक्षा बस्नेत, सरस्वती कार्की र सुप्रिम घिमिरे, कक्षा ९ बाट मिक्सार राना, सागर क्षेत्री र अनिश राना र कक्षा १० बाट रसिम थापा, समिक्षा ज्ञवाली र निकुञ्ज बस्याल क्रमशः प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेको अतिरिक्त कियाकलाप प्रमुख मिनराज गिरीले जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य शंकर भण्डारीले यस विद्यालयले गर्दै आएका यस किसिमका अतिरिक्त कार्यक्रमले विद्यार्थीहरुको मनोबल बढाउने साथै उनिहरुको सर्वाङ्गिण विकास हुने बताए ।




