२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नक्कली अनुमतीपत्र प्रकरणमा एक पक्राउ, तिन जना विरुद्ध पक्राउ पुर्जी जारी

नक्कली अनुमतीपत्र प्रकरणमा एक पक्राउ, तिन जना विरुद्ध पक्राउ पुर्जी जारी

नक्कली अनुमतीपत्र प्रकरणमा एक पक्राउ, तिन जना विरुद्ध पक्राउ पुर्जी जारी

नक्कली अनुमतीपत्र प्रकरणमा एक पक्राउ, तिन जना विरुद्ध पक्राउ पुर्जी जारी

नक्कली अनुमतीपत्र प्रकरणमा एक पक्राउ, तिन जना विरुद्ध पक्राउ पुर्जी जारी
घिमिरे  अर्घाखाँचीमा रहेर समसामयीक विषयमा कलम चालाउँछन् ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • अर्घाखाँची । भुमिकास्थानमा रहेको चुनढुंगाको उत्खनन् अनुमती-पत्र नक्कली प्रकरणमा एक जना पक्राउ परेका छन् ।भुमिकास्थान नगरपालिका वडा नम्बर ९, पातलेखोलामा रहेको चुनढुंगा उत्खननको अनुमती-पत्र नक्कली रहेको भन्दै नगरपालिका प्रमुख झविलाल थापाले प्रहरीमा उजुरी दिएपछी छानबिन गर्न प्रहरीले कम्पनीका प्रतीनिधी नवाफ अलीलाई पक्राउ गरेको हो ।

    प्रकरणमा थप अनुसन्धान गर्न भन्दै तिन जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेका अलीले बयानका क्रममा आफुलाई नगरको अनुमती सहितको पत्र दिएको बताएपछी तिन जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, भुमिकास्थान नगरपालिकाका वडा नम्बर ४ का वडाअध्यक्ष बाबुराम पन्थी सुनार र जागृत केसीका नाममा पक्राउ पुर्जी जारी भएको श्रोतले जनाएको छ । उनिहरु अहिले सम्पर्कविहिन छन् ।जिल्लाका हाईप्रोफाईलको नाम जोडिएपछी यो प्रकरणले चर्चा पाएको छ ।

    454470001_1020595159797774_3066043048440049037_n.jpg

    कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्स प्रालीले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खनन्को अनुमती-पत्र पाएको थियो । गत २०८० मंसिर ५ गते नगरपालिकाले खानी तथा भूगर्भ विभागलाई स्विकृती सहितको आशय पत्र पठाएको देखिन्छ । तर, नगरप्रमुखले यसलाई किर्ते भन्दै आएका छन् ।

    आफुले कुनै प्रकारको पत्र नदिएको र कागजपत्र नक्कली रहेको उजुरी दिएपछी प्रहरीले छानबिन थालेको हो । मेयर थापाको हस्ताक्षरसहितको पत्र खानी विभागमा पुगेपछी खानी विभागले अनुमती-पत्र (लाईसेन्स) प्रदान गरेको थियो । नगरको लेटरप्याड र मेयरको हस्ताक्षर सबै नक्कली रहेको नगरले दावी गर्दै आएको थियो ।


    मेयरको हस्ताक्षर नक्कली नै रहेको पुष्टी भएको छ । काठमाण्डौ स्थित विधि विज्ञान प्रयोगशालामा गराएको जाँचमा खानी विभागमा पुगेको पत्रको हस्ताक्षर मेयरको नभएको पुष्टी भएको हो । हस्ताक्षर भिडाउँदा नमिलेको विधि विज्ञान प्रयोगशालाले बताएको छ ।

    मेयरको दावी सही भएपछी प्रहरी थप अनुसन्धान अँघीं बढाएको छ । विजया सिमेन्ट्स प्रालीका प्रतिनिधी नवाफ अलीलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनि विरुद्ध पक्राउ पुर्जी जारी भएपछी प्रहरीमा आफै आएका थिए ।

    मेयर थापाले गत २०८० चैत २० गते कम्पनी र नवाफ अली विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । अहिले आफ्नै नेताहरु मुछिएपछी उनिमाथी ठुलो दवाब छ । आफैले दिएको उजुरीमा आफ्नै नेताहरुको नाम आएपछी यो प्रकरणले उनलाई नै पोलेको छ ।

    जनमोर्चाका नेताहरुले यो षड्यन्त्र भएको बताएका छन् । ठुला दलहरु मिलेर फसाउन खोजिएको उनिहरुले अभिव्यक्ती दिंदै आएका छन् । आफ्ना मान्छे जोगाउने र अन्यदललाई फसाउने प्रपञ्च भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij