२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बजेटको तयारीमा सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीले सुनाए चार वटा मापदण्ड

बजेटको तयारीमा सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीले सुनाए चार वटा मापदण्ड

बजेटको तयारीमा सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीले सुनाए चार वटा मापदण्ड

बजेटको तयारीमा सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीले सुनाए चार वटा मापदण्ड

बजेटको तयारीमा सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीले सुनाए चार वटा मापदण्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बजेट निर्माणमा नयाँ नीति लिने भएका छन् । आज मुख्यमन्त्री तथा मुख्यमन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहले बजेट निर्माणका ४ वटा आधार तय गरेको जानकारी गराएका हुन् ।

    मुख्यमन्त्री शाहले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने जनाएको छ । आवश्यकता र औचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्ययोजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने भएको छ ।

    त्यस्तै प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने जनाएको छ ।साथै प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत गरिने आधार तय भएको मुख्यमन्त्री शाहले बताए ।

    असार १ गते प्रदेश सरकारले ल्याएको बजेट पारित नभएपछि अहिले प्रदेशमा बजेट शून्यताको अवस्था सृजना भएको छ । सरकारले नयाँ बजेट ल्याउँदा चार वटा मापदण्ड तयार गर्ने जनाएको छ ।

    यस अघि बिचौलियाहरूले बजेट प्रभावित गरेको आरोप झेलिरहेका बेला मुख्यमन्त्री शाहले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट बनाउन निर्देशन दिएसँगै केही सुधार हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij