२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा बस्तीमा पसेर पशुचौपाया खाइदिने बाघ नियन्त्रणमा

नवलपुरमा बस्तीमा पसेर पशुचौपाया खाइदिने बाघ नियन्त्रणमा

नवलपुरमा बस्तीमा पसेर पशुचौपाया खाइदिने बाघ नियन्त्रणमा

नवलपुरमा बस्तीमा पसेर पशुचौपाया खाइदिने बाघ नियन्त्रणमा

नवलपुरमा बस्तीमा पसेर पशुचौपाया खाइदिने बाघ नियन्त्रणमा
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ मा बगुबन वस्तीमा बसेर पशुचौपाया खाईदिने बाघलाई नियन्त्रणमा लिइएको छ । साउन ३२ गते बस्तीमा पसेको बाघलाई आज नियन्त्रणमा लिईएको हो ।

    चितवन राष्ट्रिय निकुञ्ज निमित्त प्रमुख अविनाश मगरका अनुसार बाघलाई सोमबार चितवन राष्ट्रिय निकुञ्जको टोलिले मदरबाबा सामुदायिक वन बाट डार्ट गरेर नियन्त्रणमा लिएको हो ।

    अन्दाजी ६/७ वर्षको भाले बाघ अर्को बाघ सँग लडेर घाईते भएको थियो । जंगलमा घाईते भएर बस्ती पसेको बाघले गत साउन ३२ गते विनयी त्रिवेणी गाउँपालिकाको वडा नं १ मा रहेको बगुबनमा दुईवटा बाख्रा र एउटा भैसीलाई आक्रमण गरेर मारेको थियो । 


    बस्तीमा पसेको बाघ चौपायालाई आक्रमण गरे पछि नजिकैक मकै बारीमा पसे पछि स्थानिय त्रसित थिए । मकै बारीमा लुकेको बाघ सोही दिन दिउँसो मदरबाबा सामुदायिक वन प्रवेश गरेको थियो ।

     

    निकुञ्जको टोलिले साउन ३२ गते देखि निरन्तर बाघलाई नियन्त्रणमा लिन कोसिस गरेको भए पनि आज मात्रै सफलता मिलेको हो ।

    बाघ नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली खटिएको थियो । 

    उक्त बाघको पछिल्लो भागमा अर्को बाघसँग जुध्ने क्रममा चोट लागेको छ । उक्त बाघलाई सौराहा लगेर उपचार गर्ने र त्यसपछि निकुञ्जमा छाडिने निमित्त प्रमुख मगरले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij