२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा भारी वर्षा, सतर्क रहन आग्रह, ठाउँठाउँमा बाटो बगायो

नवलपुरमा भारी वर्षा, सतर्क रहन आग्रह, ठाउँठाउँमा बाटो बगायो

नवलपुरमा भारी वर्षा, सतर्क रहन आग्रह, ठाउँठाउँमा बाटो बगायो

नवलपुरमा भारी वर्षा, सतर्क रहन आग्रह, ठाउँठाउँमा बाटो बगायो

नवलपुरमा भारी वर्षा, सतर्क रहन आग्रह, ठाउँठाउँमा बाटो बगायो
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • नवलपुर । नवलपुरमा आज विहान ३ बजेदेखि निरन्तर भारी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । 

    डण्डा क्षेत्रमा पछिल्लो ६ घण्टामा १६४.८ मिलिमिटर वर्षा मापन गरिएको छ । कम्तिमा दिउँसो १२ बजेसम्म सतर्क रहन भनिएको छ । 

    लगातारको भारी वर्षाका कारण कालिगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यसैगरी भारी बर्षाका कारण नवलपुरका ठाउँठाउँमा बाटो बगाएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बौदीकाली गाउँपालिकाका वडा नं. ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । रातीदेखि लगातार पानी परिरहेकाले पानी रोकिएपछि मात्र सडक मर्मतको काम सुरु हुने पौडेलले बताए ।


    त्यसैगरी मध्यविन्दु नगरपालिका वडा नम्बर ९ बसन्तपुर स्थित भुपु मिलन टोलमा पर्ने  अठेरीखोलाको पुल भत्किएको छ । रातिदेखि आएको बर्षका कारण पानी ठूलो भई पुल भत्किएको हो । अठेरी खोलामा बाढी आएका कारण मध्यविन्दु ९ को बसन्तपुर र मध्यविन्दु ७ अम्रसामा आवतजावत ठप्प भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij