२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

देवदहमा बढ्दो प्रदूषणको जोखिम

देवदहमा बढ्दो प्रदूषणको जोखिम

देवदहमा बढ्दो प्रदूषणको जोखिम

देवदहमा बढ्दो प्रदूषणको जोखिम

देवदहमा बढ्दो प्रदूषणको जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • देवदह बौद्ध पर्यटकीय स्थल हो । देवदहमा आधा दर्जन पुरातात्विक संरचना भेटिएका ठाउँ छन् । ती स्थलमा भेटिएका पुरातात्विक वस्तु र भग्नावशेषले आगामी दिनमा पर्यटन प्रवद्र्धनको प्रचुर संभावना देखिन्छ । बुद्ध मावली देवदहलाई पर्यटकीय ढंगले विकास गर्ने गरी केही काम भएका छन्, तर पछिल्ला वर्ष देवदहमा बढ्दो प्रदूषणले संभावित पर्यटन प्रवद्र्धनमा असर गरेको  छ ।


    नगरपालिकाले फोहरमैला व्यवस्थापन गर्न नसकिरहेका बेला वायु प्रदूषण बढ्दो छ । देवदहको सिमाना नवलपरासीमा स्थापना भएको पाल्पा सिमेन्ट उद्योगलगायत केही उद्योगले प्रदूषण बढाएका छन् । देवदह नगरपालिकाले गरेको वातावरणीय प्रदूषण निगरानीको प्रतिवेदनअनुसार, मापदण्डभन्दा बढी प्रदूषण भएको देखिएको छ । हावामा धुलोको मात्रा अत्याधिक रहेको अध्ययन प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनमा  पार्टीकलर म्याटर २.५ मा ४० हुनुपर्नेमा ५३ रहेको छ । पार्टीकलर म्याटर १० मा १ सय २० हुनुपर्नेमा १ सय २६ रहेको उल्लेख छ । अत्याधिक धुलो हावामा रहेकाले एलर्जी र स्वासप्रश्वासमा समस्या देखिन सक्ने भएकाले अनिवार्य माक्स प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ । हावामा अत्याधिक धुँलो फैलिँदा त्यसले फोक्सोको क्यान्सरको जोखिम निम्त्याउने भएकाले बेलैमा सावधानी अपनाउन आवश्यक छ । 


    देवदह नगरपालिकाले नगरको प्रदूषणको अवस्था अध्ययन गरेर सकारात्मक काम  गरेको  छ । अब अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न प्राथमिकता हुनुपर्छ । उद्योगहरु चल्नुपर्छ तर न्यूनतम मापदण्ड पालना गर्न समेत उद्योगले ध्यान दिएका छैनन् । सिमेन्ट उद्योगले प्रदूषण नियन्त्रणका लागि तोकेकोे मापदण्ड पालना नगरेको यसअघि नै सार्वजनिक भएको छ । साँस्कृतिक सम्पदालाई प्रदूषण मुक्त बनाउने अभियान नचलाउने हो भने हाम्रा साँस्कृतिक धरोहर विनाश हुँदै जाने जोखिम छ । लुम्बिनीमा पनि बढ्दो प्रदूषणले पुरातात्विक वस्तु र संरचना जोखिम बढ्दै गएको यस अघिको अध्ययनले औँल्याएको छ ।


    देवदहलाई प्रदूषणमुक्त बनाउन फोहरमैला व्यवस्थापनको मोडल तयार गरी कार्ययोजना बनाएर काम गर्न पालिका नेतृत्वले ढिलाइ गर्न हुुन्न । अर्कोतिर बढ्दो वायु प्रदूषणलाई न्यूनीकरण गर्न सिमेन्टलगायत उद्योगलाई प्रदूषण मापदण्डको पालनाका लागि आग्रह गर्नुपर्छ । त्यो आग्रह नमाने कानुनी कारबाहीको दायरामा ल्याउनु नै उत्तम विकल्प हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij