२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक,  बुटवल र तिनाउगाउंपालिकाले पाए साढे २२ लाख कर

लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक,  बुटवल र तिनाउगाउंपालिकाले पाए साढे २२ लाख कर

लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक,  बुटवल र तिनाउगाउंपालिकाले पाए साढे २२ लाख कर

लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक,  बुटवल र तिनाउगाउंपालिकाले पाए साढे २२ लाख कर

लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक,  बुटवल र तिनाउगाउंपालिकाले पाए साढे २२ लाख कर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१

  • बुटवल । एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिकबसन्तपुर डांडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामादुई लाख बढी पर्यटकलाई भित्राएको छ । डेढ दशकअघिदेखि पहलगरिएपनि सार्थक हुननसकेको बुटवलमा केबलकार सपनाचन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले नेतृत्व लिएपछि गतवर्ष जेठ १५ देखिसञ्चालनमाआएको थियो । बुटवलको गोलपार्क बमघाटमा तल्लो स्टेशन रहेको केबलकारको माथिल्लो स्टेशनपाल्पाको तिनाउगाउंपालिकाबसन्तपुर डांडामा छ ।स्थानीय समेतको लगानी साझेदारीमाकूल ५ अर्बको परियोजनामा केबलकारमामात्रै डेढ अर्ब लगानीभएको कम्पनीले जनाएको छ । 
    सञ्चालनमाआएको एक वर्षको अवधिमाभारतीय र तेस्रो मुलुकका समेत गरी दुई लाख १० हजारपर्यटक केबलकार चढेका कम्पनीकाव्यवस्थापकप्रज्ज्वल घिमिरेले जानकारी दिए । केबलकार चढ्न आउने मध्ये २५ प्रतिशत संख्याभारतीयपर्यटकको रहेको घिमिरेले बताए । 
    एक वर्षमामूल्यअभिबृद्ध कर र स्थानीय कर समेत गरी १३ करोड ५० लाख रुपैयांको टिकट विक्रिभएको कम्पनीले जानकारी गराएको छ । 
    केबलकारले २०८० जेठ १५देखि बैशाख ३१सम्म बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउगाउंपालिकालाई प्रत्येक टिकट शुल्कको एक–एक प्रतिशतका दरले ११ लाख २८ हजार रुपैयांका दरले २२ लाख ५६ हजार रुपैयां स्थानीय कर वापततिरेको छ । 
    २.६ किलोमिटर दूरीको केबलकारको माथिल्लो स्टेशन समुन्द्री सतहबाट करिब १२ सय मिटर उचाईमा रहेको छ । बसन्तपुरमाप्रख्यात शक्तिपीठ कामाख्या देवीको कलात्मकमन्दिर र सय वर्ष अघिदेखि पुजाहुंदै आएको स्थानीयदुर्गा मन्दिर हिन्दु धर्मावलम्बीकालागिविशेष आकर्षण बनेको छ । 
    अष्ट्रियाको डुपलमेयर कम्पनीले बनाएको अत्याधुनिकप्रविधियुक्तमोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए । 
    ‘सञ्चालनमाआएको एक वर्षमैआन्तरिक र भारतीयपर्यटकको आगमनउत्साहजनक छ’–अपरेसन म्यानेजर सैंजूले भने–‘तर सञ्चालनखर्च धान्नकम्तीमा दैनिक एक हजार पर्यटक चाहिन्छ,अहिले घाटामै चलेपनिभविष्यराम्रो होलाभन्ने अपेक्षा छ ।’ भारतको  उत्तर प्रदेश लगायतका प्रान्तबाट अलि ठूलो संख्यामापर्यटक भित्राउन सरकारी तहबाट नीतिगत सुधार र पर्यटकीय पुर्वाधारको बजारिकरणमा सहयोग चाहिने अपरेसन म्यानेजर सैंजूले बताए । 
    केबलकारको टप स्टेशनमा रेष्टुरेन्ट, जीपलाइन, स्काई साइक्लिङ,जियान्ट स्वीङ, किड्स जोन, लभ पोडियम,सेल्फीविङ, हरेक महिनाको १ गते सांझ सन्न्याआरतीपर्यटकका लागिआकर्षण बनेका छन् । दुई वर्षभित्र एक सय ५० कोठा,एक हजार जनाक्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे ३ अर्ब लागतमापांचतारे होटेल बनाउने योजना छ । 
    करिब सय जनालाई रोजगारी दिएको कम्पनीले पांचतारे होटेल सञ्चालनमाआउंदाथप ५ सय बढीलाई रोजगारी दिनसक्ने छ ।
    केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्यथपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि सुस्ताएको स्थानीय अर्थतन्त्रलाई चलायमानबनाउन सघाएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्षहरि अर्यालले बताए । बसन्तपुरमागर्मी मौसममा तराईमाभन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रमकमहुंदाशीतलहुने र हिउंंदमा तराईमा हुस्सु र जाडो हुंदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्रनभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलो बनेको छ । 
    केबलकार बनेसंगै बसन्तपुरलाई प्रदेश सरकारको पर्यटन विकास परिषदले प्रदेशको महत्वपूर्ण पर्यटकीइ स्थलको मान्यतादिंदै सूचिकृत गरेको परिषदका सदस्य सचिव रामु जोशीले बताए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij