२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाढी पहिरोका कारण दुनामका ६५ घरधुरी त्रिपालमुनि

बाढी पहिरोका कारण दुनामका ६५ घरधुरी त्रिपालमुनि

बाढी पहिरोका कारण दुनामका ६५ घरधुरी त्रिपालमुनि

बाढी पहिरोका कारण दुनामका ६५ घरधुरी त्रिपालमुनि

बाढी पहिरोका कारण दुनामका ६५ घरधुरी त्रिपालमुनि
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • बुटवल । गत साउन २२  गते बिहान झरेको पहिरोका कारण गुल्मीको मालिका गाउँपालिका २ को दुनाम गाउँका ६५  घरधुरी त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

    ४० घरधुरी पुर्णरुपमा विस्थापित भएका छन् , पहिरोले घर चर्केर उच्च जोखिममा परी कुल ६५ घरधुरीलाई मालिका गाउँपालिकाले त्रिपाल वितरण गरेर बसेका छन् स्थानीय समाज सेवी रविन्द्र विकले भने २०७२  यता यो स्थान उच्च जोखिममा परे पनि स्थानान्तरण लागि नेताहरूले ध्यान दिन सकेनन् । 

    उनका अनुसार २०७२ सालको साउन ९ र  १० गते त्यसै दुनाम गाउँमा पहिरो जाँदा ४८ घरधुरी विस्थापित भएका थिए । झन्डै ४० प्रतिशत दलित समुदायको बसोबास रहेको दुनामको कोशिलाबाङ्ग, गुल्यारा र काभ्राबाङ्गमा गएको उक्त पहिरोले विस्थापित भई त्यहाँका बासिन्दा माथि डाँडामा पाल टाँगेर बसेका थिए ।

    त्यति बेला गुल्मी क्षेत्र नम्बर २ का सांसद  तथा पुर्वमन्त्री गोकर्ण विष्ट लगायतका विभिन्न दलका नेताहरू त्यहाँ पुगेर पहिरोबाट विस्थापितहरूलाई  सुरक्षित बस्तीमा सार्ने र आय आर्जनमूलक कार्यक्रमहरू पारिदिने आश्वासन दिएका थिए । जुन आश्वासन मै सीमित भएको समाज सेवी बिक गुनासो गर्छन् । 

    गाउँको च्यानडाँडा माविको नवनिर्मित ९ कोठे भवन पहिरोले क्षति पुराउँदा ३ वटा कोठा बस्नै नमिल्ने बाँकी कोठाहरू चर्केर जोखिम पुराउँदा बिद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य भएको त्यस विद्यालयले जनाएको छ ।  

    साउन २२ गते देखि त्यहाँको सिद्ध प्रावि र च्यानडाँडा स्वास्थ्य संस्थाको भवनमा एक हप्ता सम्म  सामूहिक बसोबास गरेका ६५ घरधुरीका मानिसहरू अहिले कोही छिमेकीको घरमा त कोही  पालिकाले दिएको त्रिपाल टाँगेर बसेको विकले बताए ।  

    करिब २०  घरधुरीको घरमा राशनको अभाव समेत रहेको विकले बताए ।  दुई जना घाईते मानिसहरूको उपचार भइरहेको छ । टिकाराम घर्तीको एउटा ब्याउने र एउटा लैनो भैँसी बगेर मरेका छन् ।

    उनको लत्ताकपडा , राशन पानी सबै बगाएर क्षति भएको छ । मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले  संघ र प्रदेश सरकारले दुनाम गाउँका बासिन्दालाई सुरक्षित बस्तीमा सार्नका लागि बजेट पारिदिनु पर्ने कुरामा जोड दिएका छन् । प्रारम्भिक राहतका कार्यक्रमका बारेमा छलफल भइरहेको अर्यालले बताउँदै आएका छन् ।  

    बाढी पहिरोमा परी मानिसको ज्यान गए मात्र सरोकारवालाको ध्यानकृष्ण हुने प्रचलनका कारण दुनामका बासिन्दा पटक पटक पहिरोले घर बारी बगाएर क्षति भोग्दै आउनु परेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij