बुटवल । एकेडेमी अफ बार टेण्डर एण्ड बारिष्टा बुटवलको आयोजनामा बुटवलमा मास्टर क्लास सम्पन्न भएको छ ।
वल्ड क्लास विनर अफ यूएई एण्ड ओमनका कुमार चौलागाईको प्रशिक्षण रहेको कार्यक्रममा रुपन्देही,कपिलवस्तु, पोखरा,काठमाडौंका करिब दुई सय जना बार टेण्डरहरु, होटेल म्यानेजमेन्टका विद्यार्थीहरु र हस्पिटालिटी क्षेत्रका युवा युवतीको सहभागिता थियो ।
कार्यक्रममा चौलागाईले बार टेण्डर र बारिष्टा क्षेत्रको क्यारियरलाई कसरी अघि बढाउने, विश्व बजारमा कसरी राम्रो काम गर्ने लगायतकास विषयमा जानकारीमूलक र मोटिभेसनल प्रशिक्षण दिएका थिए ।
सहभागीहरुलाई प्रशिक्षक चौलागाई, एकेडेमी अफ बार टेण्डर एण्ड बारिष्टा बुटवलका म्यानेजिङ डाइरेक्टर रमेश मल्ल,कार्यक्रम संयोजक एवं प्रशिक्षक आदित्य कालिराजले प्रमाणपत्र वितरण गर्दै पछिल्लो समय बार टेण्डर र बारिष्टाको सीप सिकेकाहरुलाई रोजगारीको राम्रो अवसर रहेको भन्दै सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव दिए । प्रशिक्षार्थी असीम गुरुङले कार्यक्रम निकै प्रभावकारी भएको बताए ।




