२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेश सभामा प्रतिवेदन सहित पेश हुदै स्थानीय सेवा ऐनको विधेयक

दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • दाङ। लुम्बिनी प्रदेश सभाको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदन सहित पेश हुने भएको छ ।

    आज बुधवार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २६ औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक पेश गर्ने कार्यसूची रहेको छ । 

    यो विधेयक बैशाख ३० गते प्रदेश सभामा पेश भएको थियो । दफावार छलफलका लागी प्रदेश सभाले प्रदेश मामिला तथा कानून समितिमा पठाएको थियो । विधेयकभित्र स्थानीय तहमा कार्यरत महिला कर्मचारीले महिनाको एक दिन महिनावारी बिदा लिन पाउने व्यवस्था राखिएको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि यो विषय राखिएको थियो ।  

    यस्तै स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरुवा गर्न सक्ने, स्थानीय तहका कर्मचारी सरुवा भई जाँदा दुवै पालिकाको अनुमति नचाहिने व्यवस्था राखिएको छ । हाल अन्तरपालिका सरुवा हुन खोज्दा दुवै पालिकाको अनुमति चाहिने प्रावधान छ ।

    यस्तै मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij