२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तानसेनमा पर्यटन प्रवद्र्धन

तानसेनमा पर्यटन प्रवद्र्धन

तानसेनमा पर्यटन प्रवद्र्धन

तानसेनमा पर्यटन प्रवद्र्धन

तानसेनमा पर्यटन प्रवद्र्धन
बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • तानसेन पर्यटकीय शहर हो । यो शहरमा रहेका साँस्कृतिक स्थल पर्यटकका लागि आकर्षक छन्, प्रकृतिले पनि साथ दिएको छ । श्रीनगरबाट देखिने हिमश्रृंखला र माडी फाँटतिर हेर्दा देखिने बादल र कुइरोको घुम्टो आकर्षक देखिन्छ । संस्कृति र प्रकृतिको संगम तानसेनमा पर्यटन विकासको प्रचुर संभावना हुँदाहुँदै पनि अपेक्षित लाभ लिन चुकेका छौँ ।


    सेनकालीन कला संस्कृति अहिले पनि जीवन्त छ । त्यसपछि बनेका मठमन्दिरदेखि राणाकालीन संरचनाले पनि तानसेनलाई साँस्कृतिक शहरको पहिचान दिएका छन् । यहाँको नेवारी र मगर संस्कृति जीवन्त छ । लुम्बिनी प्रदेशको एकमात्र बौद्ध संस्कृति भएको शहर पनि हो यो । यहाँको मौलिक संस्कृतिलाई बजारीकरण गर्न नसक्दा तानसेनले लाभ लिन सकेन । पर्यटक भुलाउन प्रकृतिले साथ दिएको छ, संस्कृतिले साथ दिएको छ, तर पूर्वाधार विकासमा योजनाबद्ध विकासका पाइला कमजोर भए । त्यसो त केही नभएको पनि होइन । भैरवमन्दिर जीर्णोद्वार भई आकर्षक भएको छ । रानीमहल जाने सडक पक्की भएको छ । सडक पक्की हुँदा रानीमहल पुग्नेको संख्या बढिरहेको छ । पाल्पा दरबार संग्रहालय पर्यटक भुलाउने थलो भएको छ । पाल्पाली ढाका पर्यटकले लैजाने कोसेली भएको  छ ।


    पर्यटकीय पूर्वाधार विकासका काम गर्नुपर्ने धेरै छन् । बुटवल-पाल्पा सडक स्तरोन्नति गरी सुरक्षित बनाउनुपर्ने छ । सिद्धबाबा सुरूङमार्ग निर्माण तीब्र गर्नुपर्नेछ । तानसेन बजारबाट ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय स्थलसम्म पुग्ने सडक भरपर्दो नहुँदा पर्यटक भुलाउन समस्या भएको छ । तानसेनमा खानेपानी सुविधा बढेको छ । यो सुविधाको सुनिश्चितता आवश्यक छ । तानसेन बौद्ध संस्कृतिको खानी हो, जहाँ भिक्षु अमृतानन्द जन्मे । बौद्ध धर्मावलम्बीका आस्थाका धरोहर अमृतानन्दको नाममा एउटा संग्रहालय, पार्क, विपश्यना ध्यान केन्द्रसहितको संरचना बनाउन सक्दा बौद्ध धर्मप्रति आस्थावानहरुको तानसेन आगमन बढाउन सकिन्छ ।


    पर्यटकीय नगर तानसेनमा पर्यटक भुलाउन तहगत सरकारबीच समन्वय आवश्यक छ । तानसेन नगरपालिकाले पर्यटन गुरुयोजना बनाएर प्रदेश र संघीय सरकारसँग कार्यान्वयनका लागि पहल गर्नसक्छ । स्थानीय तहको बजेटले मात्रै गुरुयोजना कार्यान्वयन हुन नसक्ने भएकाले प्रदेश र संघीय सरकारसँग सहकार्य अपरिहार्य भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij