२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

घरजग्गा कारोबारमा १२ प्रतिशतको वृद्धि

घरजग्गा कारोबारमा १२ प्रतिशतको वृद्धि

घरजग्गा कारोबारमा १२ प्रतिशतको वृद्धि

घरजग्गा कारोबारमा १२ प्रतिशतको वृद्धि

घरजग्गा कारोबारमा १२ प्रतिशतको वृद्धि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • बुटवल । चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा घरजग्गाको कारोबार १२ प्रतिशतले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो । 

    चालू आवको साउन महिनामा भने ४३ हजार आठ सय ३५ वटा यस्तो कारोबार भएका छन् । गत आव ०८०/८१ को साउनमा ३९ हजार दुई सय ६३ वटा घरजग्गा किनबेच भएका थिए । गत आर्थिक वर्षभरिमा भने पाँच लाख ३७ हजार दुई सय ९५ वटा कारोबार भएका थिए । लिखित पारितका आधारमा यतिका घरजग्गाका कारोबार भएका हुन् । 

    सामान्यतः साउन महिनामा घरजग्गा कारोबार कम हुन्छन् । तर, सोही महिनामा यस्तो कारोबार बढेको तथ्यांकले पुष्टि गरेको छ । सरकारले कित्ताकाटमा गरेको कडाइ, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव तथा उच्च ब्याजदर र आर्थिक शिथिलतालगायतका कारण पछिल्लो दुई वर्षयता नेपालमा घरजग्गा कारोबार सुस्ताएको थियो ।

    तर, चालू आवमा त्यस्तो कारोबार बढ्ने संकेत देखिएको छ । यद्यपि, यस्तो कारोबार पहिलाको अवस्थामा अझै पुगेको छैन । पहिला मासिक ७०–८० हजार हाराहारीमा यस्तो कारोबार हुने गथ्र्याे ।  

    साउनमा काठमाडौं उपत्यकामा मात्रै झन्डै चार हजारवटा घजग्गा कारोबार भएको देखिन्छ । उपत्यकाभित्रका भूमिसुधार तथा मालपोत कार्यालयहरूबाट साउनमा तीन हजार नौ सय २१ वटा घरजग्गा कारोबार भएका छन् । 

    काठमाडौं जिल्लाका डिल्लीबजार मालपोतबाट एक सय ८४, चाबहिल मालपोतबाट चार सय ५३, कलंकी मालपोतबाट ६ सय ५४, मनमैजु मालपोतबाट दुई सय ९४, साँखु मालपोतबाट चार सय १४ र टोखा मालपोतबाट एक सय ७१ वटा घरजग्गा खरिद–बिक्री भएका छन् । 

    राजस्व संकलनमा वृद्धि
    समीक्षा महिनामा घरजग्गा कारोबारबाट सरकारलाई तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । यो गत आवको सोही महिनाको तुलनामा ३२ प्रतिशतले बढी हो ।

    गत आवको साउन महिनामा घरजग्गा कारोबारबाट दुई अर्ब ९१ करोड चार लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो । गत आवभरमा घरजग्गा कारोबारबाट ४२ अर्ब एक करोड ३२ लाख रुपैयाँ राजस्व उठेको थियो ।

    घरजग्गा खरिद–बिक्री गर्दा विभिन्न शीर्षकमा कर तिर्नुपर्छ, सोहीअनुसार सोबराबरको राजस्व उठेको हो । सरकारको आम्दानीमा यसको हिस्सा पनि उच्च हुने गर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij