२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पहिरोले पोल बगाए पछि चार सय घरधुरी अन्धकारमा

पहिरोले पोल बगाए पछि चार सय घरधुरी अन्धकारमा

पहिरोले पोल बगाए पछि चार सय घरधुरी अन्धकारमा

पहिरोले पोल बगाए पछि चार सय घरधुरी अन्धकारमा

पहिरोले पोल बगाए पछि चार सय घरधुरी अन्धकारमा
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • गुल्मी । गुल्मीको ह्वाङ्गदी स्थित महभिर गाउँमा  मंगलबार अविरल वर्षा सँगै झरेको पहिरोले ३ घरधुरी विस्थापित भएका छन् । मालिका गाउँपालिका वडा नम्बर ३ मा पर्ने ह्वाङ्गदीको महभिर  गाउँका  ७ घरधुरी उच्च जोखिममा परेका  छन् । 

     

    बिद्युतका पोल  ढलेर  त्यस वडाका ४ सय भन्दा बढी घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । १५ घरधुरीका पिउने पानीको ट्याङ्की बाढीले बगाएर ती परिवारलाई खानेपानीको अभाव भएको त्यहाँका वडा सदस्य शेरबहादुर थापाले जानकारी दिए । 


    गत वर्ष मात्रै १० लाख खर्चेर बनाइएको ५ घना मिटरको खानेपानी ट्याङ्की बगाएर पुर्णरुपमा क्षति भएको छ । त्यस्तै ३ घना मिटरको  पुरानो ट्याङ्की पनि बगाएर क्षति भएको छ ।  

    त्यस वडाका पूर्व वडाध्यक्ष राजकुमार बिक , ढालबहादुर विश्वकर्मा र अजय घर्तीको घर ढल्नै  लागेको छ । सात घरधुरीलाई मालिका गाउँपालिकाले त्रिपाल वितरण गरेको वडा सदस्य थापाले बताए । बिद्युत् र खानेपानी सुचारु गर्ने पहल भई रहेको वडाध्यक्ष  तथा त्यस पालिकाका प्रवक्ता ज्ञानकुमार बुढा मगरले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij