२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खजुरा खोला पुल चार वर्षसम्म अलपत्र, स्थानीयलाई  सास्ती

खजुरा खोला पुल चार वर्षसम्म अलपत्र, स्थानीयलाई  सास्ती

खजुरा खोला पुल चार वर्षसम्म अलपत्र, स्थानीयलाई  सास्ती

खजुरा खोला पुल चार वर्षसम्म अलपत्र, स्थानीयलाई  सास्ती

खजुरा खोला पुल चार वर्षसम्म अलपत्र, स्थानीयलाई  सास्ती
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • परासी  । पश्चिम नवलपरासीको बर्दघाटको खजुरा खोलामा बनाउने भनिएको पुल निर्माण अलपत्र परेको छ ।  पुल निमाणर्को योजना परेपनि समयमा निमाणर् नभएपछि स्थानीयलाई सास्ती भएको छ । 


    बर्दघाट नगरपालिकाको वडा न ५ र १६ जोड्ने खजुरा पुल अपलपत्र हुदाँ र नागरिकलाई आवात ¬जावातमा सास्ती खेप्दै आएका छन ।  स्थानिबासीहरु खोला तरेर  वारी पारी गर्नुपर्दा वर्षायाममा निकै जोखिम भएको छ ।  बर्दघाट नगरपालिकाका भित्रका अधिकांस  बिद्यालयहरु खोला पारी नै भएकोले बालबालिकाहरु जोखिम मोलेर खोला तरेर आउने गरेका छन् । 

    pull c.jpg


    चुनावमा राजनितिक दलकोे मुख्य चुनावी नारा नै बर्दघाटको खजुरा खोलामा पुल निमाणर् गर्ने हुन्थ्यो तर निर्माण अलपत्र पर्दा समेत कुनै पनि राजनितीक दलहरुले  आवाज नउठाएका छैनन्  ।


    नागरिकले सास्ती भोग्न परेपछि संघदेखि स्थानीयसम्मका जनप्रतिनिधीमाथि आक्रोश पोख्न् थालेका छन । पूर्व सांसद एवं पुर्व मन्त्री  हृदेश त्रिपाठीले पहल गरी पुलको योजना सहित टेन्डर गरे तर उनी सरकारमा नभएपछि कामले गति लिन सकेन । नवलपरासी क्षेत्र नम्बर १ का बाट निर्वाचित प्रतिनिधीसभा सदस्य एवम्  अर्वपति  बिनोद कुमार चौधरीले सम्बन्धित निकायलाई कुनै पनि खबर नदिई तामझामको साथ बर्दघाटको वडा न ५ र १६ जोड्ने खजुरे खोलाको पुल निकै तामझामका साथ शिलान्यास गरेका थिए ।


    तामझाका साथ खजुरा खोला पुलको शिलान्यास गरेपनि करिब ४ बर्ष सम्म खोलामा पुल काम अपलपत्र परेको छ ।  चौधरीले ०७९ चैत्र १२ गते शिलान्यास गरेका थिए । शिलान्यास गर्ने क्रममा निकै चर्चा र तामझाम पाएको त्यस क्षेत्रको जनताको पुल अब बन्ने भयो भन्दै खुशी भएको तर खजुरे खोला पुल अलपत्र बन्दा स्थानीयमा निराशा छाएको छ । यसरी अलपत्र परेपछी एमालेबाट बर्दघाट क्षेत्रबाट सामानुपतिक प्रतिनिधीसभा सदस्य  रुपमा रहेकी सरिता भुसाल खनालले संसदमा कुरा उठाईकी थिईन ।


    तर सम्बन्धित निकायबाट कुनै पनि सुनुवाई नभएपछि अलपत्र अवस्थाका रहेको स्थानियहरुले बताएका छन् । सांसद चौधरीले शिलान्यस गरेर मात्र नहुने त्यो पुल बनाउने जिम्मेवारी लिनुपर्ने स्थानीयको माग छ । 


    पूर्व मन्त्री हृदेयश त्रिपाठीले भने सांसद चौधरीले हतपत र हतारहतार  तामझामका साथ पुलको शिलान्यस गर्ने तर निर्माणमा चासो नदेखाएको कारण अलपत्र परेको बताए । सांसद चौधरीले शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विश्वप्रेम पाठकको उपस्थितिमै खजुरा खोलाको पुलको योजना  हृदेयश त्रिपाठीको पहलमा आएको बताएका थिए ।   


    पुल नहुँदा  घुमाउरो लामो दुरीको बाटो प्रयोग गर्नु पर्दा स्थानियलाई बर्षायाममा निकै सास्ती हुने गरेको स्थानीय इन्द्र गुरुङले बताए । पुल निर्माण पछि त्रिबेणि धाम सम्म पुग्न र त्यस क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुन्छ । तर पुल निर्माण कार्य अलपत्र बन्दा स्थानिय निरास बनेका छन । समयमा पुल निमाणर् गर्न स्थानियहरुको माग छ।

    निर्माण कार्यले गति लिन नसकेपछि बर्दघाट नगरपालिकाको पटक पटकको ताकेता र पहल पछि निर्माण कम्पनीलाई खोजि गरिदिन सिडिओलाई आग्रह गरेको थियो । केही दिन पछि ठेकेदार सम्पर्कमा आएर काम पनि सुरु गरे तर अहिले फेरि सम्पर्क बिहीन भएपछि निर्माण अलपत्र छ । ४ बर्षसम्म पुलको एउटा मात्रै पिल्लर (फाउन्डेसन) तयार भएको छ ।  

    २०७७ साल पुषमा निर्माण कम्पनी श्रीमृत सन्जिवनी सेवासंग ठेक्का सम्झौता भइ २०७९ चैत्र बाट काम सुरु भएको पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । नौ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुल बजेट अभावमा अलपत्र बनेको हो । ७५ मिटर लम्बाई र ११ मिटर चौडाई रहने पुलको निर्माण कार्य ३० महिना भित्र सक्नु पर्ने थियो ।


    बजेट अभावकै कारण पुल निर्माणको काम ठप्प भएको सडक डिभिजन कार्यालय पुल महाशाखाका ईन्जिनियर सन्तोष भण्डारीले बताए । सुरुमा ६० लाख रुपैयाँ मात्रै बिनियोजन भएको र अहिले चालू आर्थिक बर्षमा ४७ लाख मात्र बिनियोजन भएकोमा ठेकेदारले फाउन्डेसनकै काम  सुरु गर्दा अघिल्लो बर्षकै भुक्तानी लिन बाकी रहेकाले चालू आबको बजेट समेत भुक्तानी भैसकेको भण्डारीले बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij