२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गणतन्त्र–कागलाई बेल बाक्यो न हर्ष न बिस्मा

गणतन्त्र–कागलाई बेल बाक्यो न हर्ष न बिस्मा

गणतन्त्र–कागलाई बेल बाक्यो न हर्ष न बिस्मा

गणतन्त्र–कागलाई बेल बाक्यो न हर्ष न बिस्मा

गणतन्त्र–कागलाई बेल बाक्यो न हर्ष न बिस्मा
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१

  • विन बहादुुर कुँवर
    जेष्ठ १५ गते गणतन्त्र दिवस । यो दिन सदाजस्तै सरकारले टुँडिखेलमा गणतन्त्र दिवस मनाउने मात्र कार्यक्रम गर्दै आएको छ । केही समुदायहरुको जुलुस, झाँकी अनि सैनिक परेडका बीच राष्ट्रपति र प्रधानमन्त्रीको मन्तव्य आदिमै सीमित हुँदै आएको छ । देशमा गणतन्त्र आएको पनि १७ वर्ष पूरा भइसकेको छ । तर गणतन्त्रले यो देश र जनताका लागि के दियो र  अब के दिला ? यो चिन्ताकै विषय बनेको छ । देश र जनताको चेहरामा यसले खासै फरक पार्न सकेको छैन । आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्थामा पनि खासै हेरफेर हुनसकेको छैन । देशको राष्ट्रियता र स्वाभिमान अनि स्वतन्त्र सार्वभौमिकता अहिले झन खतरामा परेको अवस्था छ । 


    सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा समावेश गर्ने सरकारी निर्णयप्रति भारत सरकारले कडा आपत्ति गर्दै त्यो चुच्चे नक्साको भूभाग भारतकै भएको भारतीय विदेश मन्त्रीको वक्तव्यप्रति सरकार चुप लागी बसेको  छ । चुच्चे नक्सा बनाउनु मात्र मुख्य कुरा नभई मुख्य कुरा त, त्यो नक्साभित्र समेटिएका भूभाग जस्तो कालापानी, लिपुलेक, लिम्पियाधुरा आदि सम्पूर्णबाट भारतीय सेना धपाई नेपाली सेना त्यहाँ राख्नुपर्ने हुन्छ । त्यसका लागि भारतसँग वार्ता गर्नुपर्दछ । भारतले त्यो नमाने त्यो विषयलाई संयुक्त राष्ट्र संघमा समेत लैजाने हिम्मत गर्न सक्नुपर्छ ।  तर नेपालका शासकहरु भने भारतका अघि नुन खाएको कुखुरा जस्तै झोक्राउने गरेका छन् । विगतमा भारत भ्रमणमा गएका प्रम प्रचण्ड त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु झोक्रिदै केही नगरी फर्किए । 


    गणतन्त्रले एक जहानियाँ राजतन्त्रको त  अन्त्य ग¥यो । तर फेरि यसले यहाँ अनेक खाले राजतन्त्र जस्तै जहानियाँ तन्त्र खडा गराउँदै छ । देउवा कांग्रेसी तन्त्र अनि ओली एमाले र प्रचण्ड माओवादी तन्त्र यहाँ फल्दै र फुल्दैछ । पछि पछि रवि रास्वपा तन्त्र पनि झांगिदै छ । गणतन्त्रले नारायणहिटी दरबारलाई त फाल्यो तर त्यसको ठाउँमा अनेकांै दलीय र पारिवारिक दरबार निर्माण भइसकेका छन् । यिनै तन्त्र र दरबारका बीचको झगडा र लुछाचुंडीले नै नेपाली जनता आकूल व्याकूल भइरहेका छन् । हिजो जनता एक पारिवारिक राजतन्त्र र दरबारबाट पीडित र सताइएका थिए भने अहिले जनता यिनै अनेक तन्त्र र दरबारबाट सताइएका छन् ।  अनेक खाली सानातिना भुरेटाकुरे स्थानीय– प्रान्तीय राजा रजौटा र संघीय नवराजा–रानी अनि नवयुवराजहरुको विगविगी मौलाएको छ । यिनीहरुकै लवाई खुवाई हिंडाई र डुलाईमा नै राज्यको अथाह धनराशि खर्चिएको छ । त्यत्तिले मात्र नपुगी यहाँ ठूलाठूला भ्रष्टाचार, तस्करी र कमिशन यिनीहरुबाट नै भइरहेको छ । नेपालमा यो गणतन्त्र आए पनि जनता सन्तोष छैनन् । जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात । एक तन्त्रका ठाउँमा अब जनता यस्तै अनेक तन्त्रका विरुद्ध पुनः संघर्ष गर्नुपर्ने भएको छ ।  पुनः माओवादी विद्रोही बन्नु परेको छ र पुनः पहिलो र दोस्रो जनआन्दोलन जस्तै तेस्रो जनआन्दोलन गर्नै पर्ने भएको छ । यो परजीवी गणतन्त्रको विकल्पमा फेरि जनगणतन्त्रका लड्न पर्नै बेला आइसकेको छ । 
    यो गणतन्त्र भनिए पनि यो नव सामन्ती, दलाल र नोकरशाही बुर्जुवा गणतन्त्र हो । यसका जरा यहाँ मात्रै होइन अन्यत्र पनि फैलिएका छन् । खासगरी यसको मूल जरो दिल्ली दरबारमा छ भने दुई सहायक जरा पेकिङ र वासिङटन दरबारसँग जोडिएका  छन् । नेपालको मूल शासन सत्ता त्यहीबाट नै चल्ने गरेको छ । कहिले दिल्ली दरबारले भने कहिले पेकिङ र वासिङटन दरबारबाट । भनिन्छ, यो वर्तमान प्रचण्ड–ओली नेतृत्वको सरकार पेकिङ दरबारबाट संचालित छ । त्यसैको आक्रोशमा दिल्ली दरबार पागल बन्दैछ । त्यही भएर नेपाल र नेपालीको बारेमा जे पायो त्यही बोल्दै नेपालीलाई धम्काउन थालिसकेको छ । नेपालको राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानमाथि ठूलो संकट देखा पर्दैछ । चीनको रिस र आक्रोश अनि अमेरिकी साथ र सहयोगमा भारतीय विस्तारवाद नेपालमाथि आक्रमणको मुडमा छ । नेपालका दलाल यी दल र दल नेताहरुको किन बेचका लागि त्यहाँ सौदाबाजी हुँदैछ । फेरि कांग्रेस–एमाले र कांग्र्रेस–माओवादीबीच पुनः सत्ता समीकरणको खेल हुँदैछ । 


    यसैबीच फेरि पार्टी जुट्ने र फुट्ने खेल पनि हुुँदैछ । माओवादीभित्र प्रचण्ड र जनार्दन शर्मा बीच आधाआधी नेतृत्व संख्याको हाराहारीको अन्तर विरोध बढ्दो छ । प्रचण्ड कमरेडको यो पटक पटकको वल्लो घरको नरे पल्लो घरमा सरे प्रवृत्तिले सिंगो माओवादीकै अस्तित्व समाप्त हुने आशंकाले एक थरी माओवादी नेताहरु चिन्तित छन् । सत्ताको यो अपवित्र खेलबाट तत्काल पन्छिएर पूर्व बृहत्त माओवादी पार्टी एकीकरणको पक्षमा लागिहाल्नुपर्ने उनीहरुको मत छ । त्यसमा विप्लव र मोहन वैद्य समूह पनि सकारात्मक देखिएका छन् । डा. बाबुराम  समूहले पनि त्यसको बारेमा विचार गर्दै गरेको पनि बुझिएको छ । माओवादी पार्टी अध्यक्ष प्रचण्ड भने यसमा ससंकित छन् । पूर्व माओवादीहरु बीचको एकीकरणको कुरा गरे पनि अहिले तत्काल यो गराउनेमा उनी देखिंदैनन् । माओवादी पार्टी फुटाउनेमा भित्रभित्रै कांग्रेस–एमाले पनि सक्रिय हुँदैछन् । यी दुवैको मूल मनासय प्रचण्डलाई एक्ल्याउने छ । प्रचण्डले पटक–पटक गरेको षड्यन्त्र र धोकाको बदला लिनेमा कांग्रेस–एमाले यतिसम्मकि उपेन्द्र यादव र बाबुराम समेत छन् ।


    अहिले एमाओवादी पार्टीभित्र प्रचण्ड नेतृत्वको विकल्प खोज्नेहरु धेरै छन् । तर खुलेर त्यो भन्ने आँट यी कसैमा पनि छैन । पहिलो पुस्ताका माओवादी सबै अन्यत्र तितरवितर भइसकेकाले दोस्रा पुस्ताका नयाँ नेताहरुले यो हिम्मत गर्न नसकेको स्थितिमा पूर्व वृहत माओवादी पार्टी एकीकरणको अभियानमा मोहन वैद्यसहित सी.पी. गजुरेल अनि विप्लव समूहबाट विप्लव साथै एमालेबाट रामबहादुर थापालगायत समेटिएमा प्रचण्डलाई कमजोर पार्न सकिने अनुमान उनीहरुले गरिरहेका छन् । यता विप्लव अनि वैद्य – गजुरेल र रामबहादुर पनि व्यक्तिगत रुपमा प्रचण्डको विरोध गरी अलगिदा आफ्ना पुराना थुप्रै नेता–कार्यकर्ताहरु त्यहाँ छोडिएकोमा अहिले पश्चाताप गर्र्दै छन् । माओवादी विद्रोहको धन्धन्नीले केही दिन– वर्ष काम गरे पनि अन्ततः संसदवादी चुनावी रणनीति र कार्यनीति नै अहिलेको लागि उपयुक्त भएको महसुस वैद्य–विप्लवबाट पनि भइसकेको छ । त्यसै घुम्दै फिर्दै फेरि रुम्जाटार भने जस्तै पुनः प्रचण्डकै कार्यदिशामा अग्रसर हुन थालिसकेका छन् । कार्यदिशा प्रचण्डकै तर नेतृत्व प्रचण्ड विनाको गराउनेमा यिनीहरु देखिएका छन् । 


    कुनै बेला एमाओवादी पार्टी नेतृत्वको लागि हानथाप हुँदा विचारमा बहुमत वैद्य–बाबुुरामको तर नेतृत्व प्रचण्डको जस्तो थियो । त्यही क्रममा सरकारमा प्रचण्डको विकल्पमा बाबुरामलाई अघि सारियो । तर पार्टी नेतृत्वमा प्रचण्डको विकल्पमा मोहन वैद्य अघि सर्न सकेनन् । मूल कमजोरी नै वैद्य–बाबुराम र विप्लव आदिको त्यही नै रहयो  । सम्भवत त्यो कमजोरीलाई अहिले वैद्य–विप्लव रामबहादुर अनि बाबुरामले महसुस गरेको हुनुपर्दछ । 


    अब त्यस्तो कमजोरी हुन नदिनका लागि वा पार्टी नेतृत्वका लागि पुनः किरण वैद्यमा जिम्मेवारीबोध भएको हुनुपर्दछ । पार्टी अलग्गिए पछिका केही वर्षमा भएका अनुभवले वैद्यमा त्यो जिम्मेवारीबोध भइसकेको छ । त्यस्तै विप्लवमा पनि । यसरी ढिलोचाडो पूर्व माओवादीहरु वृहत् पार्टी एकीकरणले प्रचण्डलाई मात्रै होइन एमाले लगायतका अरु  वाम  पार्टीहरुलाई समेत ठूलो असर पार्ने देखिएको छ ।  हुन पनि एक पटक नेतृत्वमा पुगिसके पनि बाचुञ्जेलसम्म त्यसैमा टाँसिरहन पर्नै यो प्रवृत्ति सामन्तवादी राजा रजौटे प्रवृत्ति हो । अझ पछि आफ्नो छोराछोरी वा श्रीमतीलाई जिम्मा लगाउने प्रवृत्ति देखिदैछ । कांग्रेसमा देउवा अझै पार्टी सभापति र प्रधानमन्त्री बन्नेमा ¥याल चुहाई बसेका छन् भने एमालेमा ओली अझै २० वर्ष नेतृत्वको आशा अरु कसैले नगरे हुन्छ भन्दै छन् । त्यस्तै एमाओवादी प्रचण्डको विकल्प अझ १० वर्ष नभएको बताउँछन् । अझ अचम्म त  मसाल नेता मोहन विक्रम सिंह ९० वर्षमा अहिले पनि महामन्त्री उनै छन् । बाचुञ्जेल महामन्त्री भइरहने कस्तो पद लिप्सा ?

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij