२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

२९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा

२९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा

२९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा

२९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा

२९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • सन्धिखर्क । अर्घाखाँचीको कुल खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका अनुसार कुल ४५ हजार ७१२ खेतीयोग्य जमिनमध्ये २८ हजार ६०९ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । खेती भएको जमिनमध्ये आठ हजार ४४४ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ पुगेको छ । 

    जसमध्ये तीन हजार ८१ हेक्टर क्षेत्रफलमा १२ महिना सिँचाइ सुविधा छ भने पाँच हजार ३६३ हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको । बबईढुङ्गा सिँचाइ बहुद्देश्यीय आयोजनाले शीतगङ्गा नगरपालिका–२ र ४, धादिङ काफेली सिँचाइ आयोजनाले शीतगङ्गा–५ मा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख भेषराज भुसालले जानकारी दिए ।

    सन्धिखर्क नगरपालिका–२ मा पनि सिँचाइ सविधा पुगेको छ । जिल्लाका छ वटा पालिकाका विभिन्न स्थानमा सिँचाइ सुविधा पुगेको भुसालले बताए ।त्यस्तै कार्यालय अर्घाखाँची ९९.८६ प्रतिशत भौतिक र ८८.४७ प्रतिशत वित्तीय प्रगति गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा समग्रमा १९ करोड ९१ लाख बराबरको विभिन्न योजना तथा कार्यक्रम सम्पन्न भएको प्रमुख भुसालले बताए । 

    कार्यालयद्वारा सञ्चालित तथा सम्पादित योजना आयोजनाको वार्षिक समीक्षामा भुसालले भने, “भौगोलिक विकटता र दरबन्दी अनुसार जनशक्ति कमी हुदाँहँुदै पनि राम्रो उपलब्धि हासिल गर्न सफल भएका छौँ ।”

    कार्यालयका १०३ योजनामध्ये एक वर्षमा ९४ योजना सम्पन्न भएका छन् । चार वटा योजना क्रमागत बहुवर्षीय र पाँच वटा योजना कार्यान्वयनमा गएको छैन । सञ्चित कोषमा रकमको कमी हुँदा कार्यान्वयनमा जान नसकेका हुन् । 

    आव २०८०/८१ मा यस कार्यालयबाट विभिन्न सिँचाइ योजनाका आठ वटा बाँध निर्माण, १९.६२ किमी पक्की कुलो, तीन वटा पोखरी, १५ हेक्टरमा थप सिँचाइ सुविधा र १७१ हेक्टरमा सिँचाइ सुदृढीकरण भएको छ । २.३८ किमी तटबन्ध, १.५ हेक्टर जमिन उकास, ४८ वटा घर र १६५ हेक्टर जमिन सुरक्षित भएको भुसालले बताए । 

    कृषि उत्पादनको वृद्धिबिना आर्थिक समृद्धि नहुने भएकाले सिँचाइ पहिलो आवश्यकता रहेको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले बताए । आयोजनालाई थप प्रभाकारी बनाएर सिँचाइ नपुगेको जमिनमा सिँचाइ पुर्‍याएर जिल्लालाई आत्मनिर्भर बनाउनुपर्नेमा उनले जोड दिए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij